विपन्नका आर्थिक उत्थानकालागि घोडीघोडा लघुवित्त


Ghodaghodi

प्रेम चौधरी
बेलौरी, (कञ्चनपुर) असार ३ गते । विपन्न वर्गका आर्थिक उत्थानका लागि कञ्चनपुरको बेलौरीमा घोडीघोडा लद्युवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय शुक्रबार विधिवत उदघाटन भएको छ ।

सो संस्थाको उदघाटन नेपाल राष्ट्र बैंक धनगढीका क्षेत्रीय निर्देशक विश्रुत थापाले गर्नुभएको थियो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका क्षेत्रीय निर्देशक थापा घोडीघोडा लघुवित्त वित्तीय संस्थाले ग्रामीण क्षेत्रका विपन्नबर्गका आर्थिक उत्थानमा टेवापुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँ नेपाल राष्ट्र बैक विनाधितो ऋण प्रवाह गर्नसक्ने गरी ‘घ’वर्गको लघुवित्त वित्तीय संस्था अब ग्रामीण क्षेत्रको आर्थिक कारोबारमा बृद्धि, उन्न्ती होस भन्दै अवधारण ल्याएको बताउनुभयो । क्षेत्रीय निर्देशक थापा लघुवित्तलाई संस्थागत सुशासनमा लाग्ने र पुँजी बढाउन आग्रह गर्नुभया ।

संस्था विना धितो साधारण कर्जा, मौसमी कर्जा, विशेष कर्जा, आकस्मिक कर्जा, वैकल्पिक कर्जा, घरयासी कर्जा, घर निर्माण कर्जा दिँदै आएको छ ।

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकले घ’वर्गको इजाजतप्राप्त १० जिल्ला कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेतमा कार्यक्षेत्र रहेको संस्थाका कार्यकारी प्रमुख कुन्नुनारायण चौधरी बताउनुभयो ।

वित्तीय संस्थाको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको उहाँले बताउनुभयो । वित्तीय सेवाको पहुँच नभएका विपन्न परिवारलाई घरदैलोमा सहज तरिकाले लघुवित्त सेवा प्रदान गर्र्न, विपन्न परिवारको सीप र दक्षता तथा स्रोतलाई पूर्णसहयोग गरी उत्पादन उत्पादकत्व बुद्धिगर्नका लागि घोडीघोडा लघुवित्तको स्थापना गरेको उहाँले बताउनुभयो ।

त्यस्तै विपन्न समुदायको आवश्यकता, चाहना अनुरुप तिनीहरुलाई स्वःनिर्भर बनाउन सचेतना अभियान पनि सञ्चालन गरिने कार्यकारी प्रमुख चौधरीले बताउनुभयो ।

संस्था विना धितो साधारण कर्जा, मौसमी कर्जा, विशेष कर्जा, आकस्मिक कर्जा, वैकल्पिक कर्जा, घरयासी कर्जा, घर निर्माण कर्जा दिँदै आएको छ । नेपालभर रकम पठाउने तथा प्राप्त गरिने र विदेशवाट पठाएको रकम प्राप्त गर्न सकिने उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बंैक केन्द्रीय कार्यालयका सहायक निर्देशक प्रेम आचार्य घोडीघोडा लघुवित्त वित्तीय संस्था ग्रामीण क्षेत्रमा स्थापना भई विपन्न वर्गको आर्थिक विकासमा ईटा थपेको बताउनुभयो ।

बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष टेकबहादुर साउद ग्रामीण बचतलाई परिचालन गरी कर्जा वितरण प्रणालीलाई सुदृढ गरेर विपन्न परिवारको उत्पादनशील क्षमता बढाउन आग्रह गर्नुभयो ।

संस्थाले उद्घाटनको पहिलो दिन २० लाख रुपियाँको ऋण प्रवाह गरेको छ ।

संस्थाका सदस्य मालामति रानाथारुले संस्थावाट चुलाचौकामा सीमित पछाडि परेका विपन्न वर्गका आर्थिक उत्थान हुने बताउनुभयो ।
सिद्धबाबा सहकारी संस्था लिमिटेड बेलौरीका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बेलौरीमा आवश्यकताअनुसार घोडीघोडा लघुबित्त संस्था आएको र यसवाट आर्थिक समुन्नती हुने बताउनुभयो ।

संस्थाका अध्यक्ष प्रभातकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चौधरीले संस्थाको कार्यक्षेत्र फराकिलो भएको भन्दै थारु, गैरथारुलाई अवस्था हेरेर विना धितो ऋण प्रवाह गर्ने बताउनुभयो ।

संस्थाको सेयरसदस्य १ सय १९ जना रहेको संस्थाले जानकारी गराएको छ । संस्थाको सञ्चालक समितिको बैठकवाट तत्काल धनगढी, पवेरा, जोशीपुर र डोटीको बुडरमा शाखा कार्यालय खोल्ने निर्णय गरेको छ । संस्थाले उद्घाटनको पहिलो दिन २० लाख रुपियाँको ऋण प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया