विकास रोज्ने कि निकास !

लक्की चौधरी

लक्की चौधरी

Lucky latest

विकासको परिभाषा समयसँगै बदलिएको छ । परम्परागत विकासको मोडललाई अहिले विकास भनिदैन । विकासे मोडललाई मात्र विकास देखिन्छ । तर त्यसको जग भनेकै परम्परागत विकास हो । अहिले विकास भनेर पुग्दैन, दीगो विकास भन्नुपर्छ । अर्थात् विकास पनि वातावरणमैत्री हुनुपर्छ । आजको विकासले भविष्यमा पनि विकासको सकारात्मक प्रभाव पार्नुपर्छ । पुस्तौंपुस्ताले त्यसको फल चाख्न पाउनुपर्छ । विकास गतिशील छ । मानवीय चेतना जागृत हुनु । सोचाइमा सकारात्मक परिवर्तन आउनु । समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिक, भाषिक एवं वातावरणीय दृष्टिकोणले परिवर्तन हुनु विकास हो । तर त्यो विकास मानवीय र वातावरणमैत्री हुनैपर्छ । विकासको मूलध्येय मानवीय सुख, सुविधा, रहनसहन, जीवनशैलीमा आउने परिवर्तन हो । विकास मानवकेन्द्रीत, वातावरणकेन्द्रीत नभए विकासको परिभाषा अधुरो हुन्छ । हाम्रो स्थिति अलि बेग्लै छ । राजनीतिमा भाषिएका छौं । राजनीतिक् संक्रमण भन्दै उम्किरहेका छौं । विकासका नाममा निकास खोज्दैछौं । ‘एनिहाउ कामचलाउ’ हाम्रो मूल एजेण्डा बन्दैछ । निकासले मात्र के सार्थक विकास देला ? घोत्लिनै पर्छ ।

आफ्नै बारीमा कामगर्न लाज मान्यौं । परायको घरगोठ स्याहार्नमै विकास देख्यौं । घरखेत बाँझो राखेर भारतीय सडक र विदेशमा चौकीदारी गर्न तम्सियौं ।

हाम्रा हजुर‘बा’हरु रसी, दाम्लाका लागि बाबियो काट्न तराईबाट पहाड उक्लिन्थे । हप्तौंदिनसम्म पहाडकै बास गरेर बाबियोको रास लगाउँथे । वर्षौवर्षसम्म त्यही बाबियोको रसी बाटेर घरको कामकाज चलाउँथे । गाई, गोरु, भैसी, बाख्रा, भेडा बाँध्नलाई त्यही बाबियाको रसि प्रयोग गर्थे । आफ्नै स्रोतसाधनको भरपूर सदुपयोग हुन्थ्यो । हजुरबा, ठूलबा, बा, काकाहरु सबैमा रसी बाट्ने र दाम्लो बनाउने सीप थियो । घरमा सुत्ने खटिया त्यही बाबियोको रसी बाटेर बुन्थे । मालुको बोक्रा छोडाएर रसी बनाउँथे । घरखेतमा जुट उत्पादन हुन्थ्यो । त्यसको रसी बाटेर घरको अन्य कामकाजमा प्रयोग गर्थे । सबै स्रोतसाधन स्थानीयरुपमै उपलब्ध थियो । बजारको मुख ताक्नुपर्ने अवस्था थिएन । तर हामीले त्यसलाई विकास देखेनौं । बजारको रङ्गीविरङ्गी प्लाष्टिकको रसीतिर लहसियौं । घरको खाट पनि प्लाष्टिकको डोरीले बुन्न थाल्यौं । स्थानीयरुपमा प्रयोग गर्ने बाबियोको रसीलाई प्लाष्टिकले विस्थापित ग¥यौं । प्लाष्टिक रसी हाम्रो उत्पादन होइन । बाहिरबाट आयात हुन्छ । हामी त्यसैमा विकास देख्यौं । के त्यो सही विकास हो त ?

हाम्रा पुर्खाहरुले बेत, बाँस आदिको चोया छोडाएर डोको, डाला, सुप्पा, धडिया, छत्री आदि बनाउँथे । सबै कच्चापदार्थ स्थानीयरुपमै उपलब्ध थियो । अलिबेसी मेहनत पथ्र्यो । घरखेत, घरबारी र दैनन्दिन प्रयोगमा आउने सामानको उत्पादन स्थानीयरुपमै सम्भव थियो । बजारिया सामानको भर पर्नुपर्ने थिएन । त्यही सीपले धेरैको घरगुजारा चलेको थियो । सीप हुनेले त्यो सामानलाई धान, अन्नसँग साटेर सहजै जीविकोपार्जन गर्थे । परम्परागत त्यो सीपलाई हामीले विकास देखेनौं । दैनिक हातमुख जोड्ने समस्या थिएन । तर पनि हामी त्यसलाई विकास मानेनौं । आफ्नै बारीमा कामगर्न लाज मान्यौं । परायको घरगोठ स्याहार्नमै विकास देख्यौं । घरखेत बाँझो राखेर भारतीय सडक र विदेशमा चौकीदारी गर्न तम्सियौं । आफ्नै बारीमा पसिना चुहाएर सुन फलाउन सकिन्छ भन्ने सोच हामीमा आएन । यहाँ पनि हामी विकास हैन निकास रोज्यौं ।

हाम्रा हजुरआमा, ठूलीआमा, आमा, काकी, दिदीहरुले घरमै स्थानीय स्रोतसाधन प्रयोग गरेर धान, अन्न राख्ने, माटोका भकारी (डेहरी), ढकिया, गुन्द्री, माछामार्ने जाल, हेल्का, डिलिया, लगाउने लेहंगा, थरिथरिका पोशाक बुन्थे । त्यो सीपको पनि नयाँ पुस्तामा हस्तान्तरण हुन सकेन ।

हाम्रा परम्परागत सीप पनि मासिए । आफ्नै पाखापखेरा, वनजंगल र डाँडामा हुने उत्पादनको सदुपयोग गर्न छाड्यौं । हजुरबा, बा, काकाहरुसँग भएको सीप, ज्ञानको पुस्तान्तरण हुन सकेन । परम्परागत ज्ञान, सीप करिब लोप भयो । के त्यो विकास थिएन ? हामी मेहनत गर्न बिस्र्यौं । सस्तो चिजको पछिलाग्यों । सजिलै उपलब्ध हुने चिजवस्तुमा ध्यान दियौं । यसले एकातिर हाम्रो परम्परागत ज्ञान, सीप पनि बिर्सायो, अर्कोतिर व्यर्थको खर्च बढायो । मेहनत, परिश्रम गर्ने जाँगर चलेन । विनापरिश्रम उपलब्धी खोज्न थाल्यौं । पैसामुखी भयौं । पैसाकालागि इमान, जमान, नैतिकता सबै बेच्यौं । राजनीतिको पछिलागेर दण्डहिनता बढायौं । मान, सम्मान, आदर, सत्कार सबै बिर्सियौं । ठूलालाई आदर गर्ने, सानालाई मायागर्ने हाम्रा पुर्खाले सिकाएको ज्ञानलाई लत्यायौं । ऐन, नियम, कानूनलाई पैसासँग साट्न खोज्यौं । विधिको शासनको खिलाप गयौं । गल्तीगर्ने र राजनीतिक आडलिएर उम्किने बाटो रोज्यौं । के हाम्रा पुर्खाले सिकाएको विकास यही थियो त ? पुर्खाले विकास सिकाए कि निकास ? आज फेरि त्यसमा घोत्लिऊँ ।

हाम्रा हजुरआमा, ठूलीआमा, आमा, काकी, दिदीहरुले घरमै स्थानीय स्रोतसाधन प्रयोग गरेर धान, अन्न राख्ने, माटोका भकारी (डेहरी), ढकिया, गुन्द्री, माछामार्ने जाल, हेल्का, डिलिया, लगाउने लेहंगा, थरिथरिका पोशाक बुन्थे । त्यो सीपको पनि नयाँ पुस्तामा हस्तान्तरण हुन सकेन । अहिलेको पुस्ता आधुनिकतामै लहसियो । धान, अन्न राख्न टिनका भकारी, टिन र फलामका दराज, बाकस तथा प्लाष्टिककै जाल, गुन्द्रीहरु, रेडिमेट कपडाको प्रयोग हुनथाल्यो । हाम्रा सीप पनि विलायो र पैसा पनि व्यर्थमा खर्च भयो । यहाँ पनि हामी चुक्यौं । हाम्रो सीपको सदुपयोगमा हामीले विकास देखेनौं । सस्तो लोकप्रियता र बजारमुखी हुनुमै विकास देख्यौं । विकासभन्दा सहज निकासको बाटो रोज्यौं । सीप नहुनेले, परम्परागत ज्ञान नहुनेले गाउँघरमा गएर विकासे भाषण थोक्यौं । गाउँघरका मान्छेलाई पाखे देखेर आफूलाई विद्वान सावित गर्न खोज्यौं । यसरी हुन्छ त विकास ? हामी विकासे पथमा छौं कि सहज निकासको पथमा ? मनन गरौं ।

कृषिगणना २०६८ अनुसार ९६ प्रतिशत कृषक परिवारले आफ्नो उपभोगका लागि मात्र उत्पादन गर्छन् । चार प्रतिशत कृषकले मात्र उत्पादित वस्तुको विक्री गर्छन् ।

हाम्रो देश कृषिप्रधान हो कि कृषक प्रधान ? कृषिप्रधान भनौं भने तीन महिना आफ्नै उत्पादनले खान पुग्दैन । पछिल्लो प्रतिशत हेर्दा करिब ६६ प्रतिशत कृषिमा हामी निर्भर छौं । कृषक नै कृषकले देश भरिएको छ, तर उत्पादन हुँदैन । कृषिगणना २०६८ अनुसार ९६ प्रतिशत कृषक परिवारले आफ्नो उपभोगका लागि मात्र उत्पादन गर्छन् । चार प्रतिशत कृषकले मात्र उत्पादित वस्तुको विक्री गर्छन् । आफ्नालागि उत्पादन गर्ने कृषकको वर्षदिन उपभोग गर्न पुग्दैन । वार्षिक १५ अर्वबढीको हामी प्याज आयात गर्र्छौ । ४ अर्व बढीको आलु । २० अर्वजतिको मासुजन्य सामान आयात गर्छौ । अनि हामी कृषिमा कहाँ छौं निर्भर ? अघिल्लोवर्ष ८६ अर्वको निर्यात गर्दा सात खर्बको सामान आयात गरेको हाम्रो तथ्याङ्क छ । कृषिमा हामी निर्भर हुनेकुरा बढी गर्छौं तर काम गर्दैनौं । खेत बाँझो राखेर विदेश भासिन्छौं । रातारात करोडपति हुने सपना बुन्छौं । आफ्नो धरातल हेर्दैनौं । तर पनि हामी विकासका ठूला कुरा गर्न छाड्दैनौं ।

पछिल्लो राजनीतिक समिकरण फेरिएको छ । नयाँ संविधान कार्यान्वयनको चरणमा छ । हिजोसम्म नयाँ संविधानलाई नश्लवादी र मधेसी, थारु आदिबासीको खिलापमा देख्नेहरु अहिले त्यही संविधानलाई भ¥याङ् बनाएर सत्तामा पुग्ने दाउमा छन् । संविधान पुनरलेखनको माग गरेर आन्दोलन छेडेकाहरुले संशोधनको पक्षमा आएका छन् । राम्रो कुरा हो । हाम्रो प्रबृत्ति अचम्मको छ । हाम्रो प्रबृत्तिले विकास कहिल्यै देखेन । अरुले गरेको विकासलाई विकास भन्नै सकेन । आफू भए सब ठीक, नभए बेठीकको प्रबृत्ति हामीमा हावी भयो । प्रधानमन्त्री हुनैलाग्दा संसदमा आफ्नो प्रस्ताव पेश गर्नेक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वार्षिक ५२ अर्वको बाह्य ऋण लिएर सरकारको साधारण खर्च चलाउनुपर्ने बाध्यता छ, विकास कहाँ सम्भव छ ? अरुको सहयोगविना त विकासको परिकल्पनासम्म गर्न नसकिने तथ्य प्रस्तुत गर्नुभयो । यो तथ्यले हाम्रो हवीगत प्रष्ट्याउँछ । हामी विकासका ठूलो गर्छौ, हाम्रो स्रोतसाधनको सदुपयोगमा लाग्दैनौं । विदेशकै भर परेर योजना बनाउँछौं । अनि हाम्रो विकास कसरी सम्भव ?

कसैलाई गाली गर्नुछ ‘महेन्द्रवादी चिन्तन’ भनिदिन्छौं । जानेर हो या नजानेर थाहाछैन । तर महेन्द्रकोजस्तो दूरदृष्टि भएको कामगर्न हाम्रो ल्याकतले भ्याउँदैन । पूर्वपश्चिम राजमार्गको शुरुवात उनले नगरेको भए आजको नेपाल कहाँ हुन्थ्यो ? अहिले विकासको मेरुदण्ड त्यही राजमार्ग बनेको छ ।

संघीय गठबन्धनले तीनबुँदे सहमति गरेर वर्तमान सरकारलाई समर्थन ग¥यो । त्यसमध्ये दुई नम्बर बुँदालेमात्र उनीहरुको मागमा खास सरोकार राख्छ । आन्दोलनका क्रममा घाइतेको उपचार, मृतकलाई शहिद र उचित क्षतिपूर्ति, राजबन्दीको रिहाई र मुद्दा खारेज गर्ने कुरा । यो काम वर्तमान सरकारले इमान्दारिता देखायो भने फेत्त गर्नसक्छ । एक नम्बर बुँदामा संविधान संशोधनको विषय छ । गठबन्धनको प्रमुख माग भनेको पश्चिमको दुई जिल्ला र पूर्वको तीन जिल्लालाई थरुहट र मधेसमै मिलाउनु हो । त्यो मागमा ठूलो दल कांग्रेस नै भोलि तयार हुँदैन । पूर्वको कुरामा कांग्रेसले सहमति जनाउन सक्ला तर पश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुर थरुहटमा मिलाउन कांग्रेसले हिम्मत गर्दैन ।

संविधान संशोधनका लागि दुईतिहाई बहुमतको आवश्यकता पर्छ । वर्तमान सत्तागठबन्धनसँग त्यति मत छैन । संशोधनका लागि एमालेसहितको दलको सहयोग आवश्यक पर्छ । एमाले त्यसका लागि तयार हुँदैन । यो कुरा गठबन्धनदललाई पनि थाहा छ । त्यसैले ओली नेतृत्वको सरकार विघटनमा सहज निकासका लागि मात्र तीनबुँदे गरिएको हो भन्ने प्रष्टै छ । मधेसी मोर्चा सम्मिलित गठबन्धनलाई आन्दोलन थामथुम गर्ने कारण चाहिएको थियो । दक्षिणको पनि चाहना ओली नेतृत्वको सरकारलाई विघटन गर्नु थियो । गठबन्धनदल प्रेसरमा थियो । कुरा हामी देशको विकासको गर्छौ, काम निकासको । एउटा जवर्जस्तरुपमा उठाउने गरेको विषय ‘महेन्द्रवादी चिन्तन’को हो । कसैलाई गाली गर्नुछ ‘महेन्द्रवादी चिन्तन’ भनिदिन्छौं । जानेर हो या नजानेर थाहाछैन । तर महेन्द्रकोजस्तो दूरदृष्टि भएको कामगर्न हाम्रो ल्याकतले भ्याउँदैन । पूर्वपश्चिम राजमार्गको शुरुवात उनले नगरेको भए आजको नेपाल कहाँ हुन्थ्यो ? अहिले विकासको मेरुदण्ड त्यही राजमार्ग बनेको छ । महेन्द्रवादी चिन्तन भनेर आलोचना गर्नेहरुले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्ग तत्काल निर्माण गरेर देखाउन सक्नुपर्छ । अब साच्चिकै विकास गर्ने चिन्तनको खाँचो छ, नकि निकासको ।

तपाईको प्रतिक्रिया