टीकापुरमा थारु आन्दोलन कसरी सुरु भयो ?
अहिले मात्र होइन, नेपालमा जति पनि थारु आन्दोलन भए, त्यो सबै कैलाली जिल्लाबाटै सुरुवात भएको हो । यसअघि लक्ष्मण चौधरीको नेतृत्वमा भएको थारु आन्दोलन पनि टीकापुरबाटै सुरु भएको थियो । कैलालीको टीकापुर, धनगढीका थारुहरु सचेत छन् । यहाँका थारुहरु अखण्ड सुदूरपश्चिमको बोर्डरमा पनि पर्छन् । कहीँ कतै हामीलाई छुटाइन्छ । अधिकारबाट वञ्चित गरिन्छ । सचेत वर्गमा पर्ने भएकाले त्यो ठाउँबाट आवाज उठ्नु स्वभाविकै हो । जति आवाज उठाउँदै आएको छ, ती जायज आवाजहरु हुन् । त्यसमा कुनै नाजायज पक्ष खेप्नु अर्को दुर्भाग्य हो । तर वास्तवमा राज्यले सुन्नुपर्ने आवाज कैलाली टीकापुरले उठाउँछ ।
नाजायज पक्ष भन्नु भो, नाजायज पक्ष को हुन् ?
राजनीतिमा खेल हुन्छ । अहिले टीकापुर घटना भयो । यो एउटा दुर्घटना हो । लाखौं जनताको बीचमा ८ जना सुरक्षाकर्मी र एउटा बालकको देहान्त भयो । हामीले एकले अर्कालाई मार्ने खेल खेल्दैनौं । मार्ने खेल भनेको नराम्रो घुसपैठहरुले गर्ने हो । ती घुसपैठियाहरुको छानबिन राज्यले गर्नुपर्छ । राज्यले घुसपैठियाहरुलाई कारबाही गर्नैपर्छ । यसको मतलब सम्पूर्ण थारुहरुलाई दबाउन खोज्नु, सबै थारुलाई त्यही मुद्दा लगाएर जीवन बर्बाद गर्न खोज्नु, त्यही निहुमा थरुहट आन्दोलनलाई तुहाइदिन खोज्नु, त्यही निहुमा थारुहरुलाई अधिकार नदिन खोज्नु, यो अर्को एउटा दमन हो । यो दमन क्षणिक हुन्छ । यस्तो दमन निस्तेज पार्न अर्को समूहको जन्म हुन्छ, त्यसपछि परिस्थिति भयावह हुन्छ ।
भदौ ७ को घटना कसरी घट्न गयो ?
यसको बारेमा म अलि अन्दाज छु । अखण्ड सुदूरपश्चिम पक्षधर र हामीबीच एक किसिमको कुराकानी भयो । वार्ताको माध्यमबाट जानुपर्छ भन्ने सल्लाह भयो । त्यही सल्लाहअनुरुप साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा थरुहट र अखण्डबीच एक किसिमको सम्झौता भएको थियो । त्यहाँ एकले अर्काको कार्यक्रममा डिस्टर्ब नगर्ने उल्लेख थियो । तर भदौ १ गतेको कार्यक्रममा अखण्ड पक्षधरले हाम्रा कार्यकर्तामाथि संघातिक हमला ग¥यो । ट्याक्टरमाथि आक्रमण भयो । त्यसबाट थरुहट आन्दोलनकारी अलिकति विच्किन पुगे । भदौ ३ गते अखण्ड पक्षधरले जुन शान्तिपूर्ण जुलुस गरेको थियो त्यो पटक्कै शान्तिपूर्ण थिएन । त्यो दिन तोरियापुरका १७, १८ जनाका घरका टायलहरु फुटाइए, मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष टेकबहादुर चौधरीको घरमा रहेको ३२ वटा मोटरसाइकल पिस–पिस बनाइयो। काम नलाग्नेगरी फुटाइएको छ । त्यस्तो किसिमको घटनाहरु दोहिरिरहँदा र थारुहरुको मात्रै क्षति भइरहँदा थरुहट पक्षधरले नराम्रो लिनु स्वभाविक हो ।
भदौ ७ गते ‘थरुहट स्वायत्तः प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरको संयोजक भएको नाताले मैले सम्पूर्ण साथीहरुलाई आज गाविसमा मात्रै लेखौं, नगरपालिकामा नलेखौं भनेर सम्झाउने प्रयत्न गरेकै हुँ । तर यति धेरै जनता ओर्लिए कि मेरो केही लागेन । त्यहाँबाट बर्दिया जाने बेला यस्तो घटना भएको सुन्नमा आयो । जुन घटना घटयो दुःख लाग्दो हो । त्यो घटनाको छानबिन हुनु राज्य पक्षको दायित्व हो । दमन गर्ने राज्यको नीति होइन ।
राज्यले नै तपाईँलाई घटनाको मुख्य योजनाकारको रुपमा लिएको छ नि ?
त्यो भन्नु स्वभाविकै हो । म यहाँमात्रै होइन, काठमाडौं बस्दा पनि थुप्रै काम गर्थे । अरुणा लामा दिदीलाई, विश्व साइकल यात्री पुष्कर शाहदेखि सगरमाथा चढ्ने पेम्बाछिरी शेर्पालाई, कोइलीदेवी दिदीलाई चन्दा उठाउँदै हिँड्थे उहाँहरुको उपचारका निमित्त । म टीकापुर फर्किएपछि पनि कहिले टीकापुरको बाटो बनाउने, शालिक बनाउने, पार्क निर्माण गर्ने, कमैयालाई झुल बाँड्ने र कहिले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कामहरु गर्थे । थारु युवाले गरिखाएको त्यो समुदायमा नपचेको पक्कै हो । मैले रेडियो सञ्चालन गर्दा पनि घटनाहरु घटे । हाम्रो रेडियो स्टेशन म्यानेजर रञ्जिता श्रेष्ठमाथि त्यहाँ प्रबुद्ध व्यक्तिहरुबाट पटक पटक आक्रमण भयो । गेट भत्काउनेलगायत सानातिना घटना त भइरहन्थ्यो । त्यसकारण हामी सहिरहेका थियौं । यदि यो आन्दोलनको संयोजक नभइदिएको भए पनि मेरो घरमा आगो लाग्थ्यो । जुन मलाई निश्चित थाहा थियो । म संयोजक भइसकेपछि त उहाँहरुलाई मसाला मिल्यो । मलाई थाहा छ कस्तो वर्गको उक्साहटबाट यो घटना घटेको हो । मलाई दुःख लाग्छ । सबै वर्गलाई म दोष दिन चाहन्न । सबै व्यक्तिहरु त्यस्तो हुनुहुन्न । उहाँको पनि राम्रो समूह छ, राम्रो समाज छ । तर उशृंखल समूहलाई काँधमा लिने प्रवृत्ति छ, त्यो प्रवृत्तिले टीकापुरको समग्र विकास हुन नसक्नुको कारण एउटा यो पनि हो ।
टीकापुरमा राम्रो मान्छेले व्यवसाय गर्न नसक्नु, राम्रो मान्छे नआउनु, राम्रो मान्छेले घर बनाउन नचाहनु, त्यसैकारणले हो, यो कुरा टीकापुरका विद्वत वर्गले बुझ्नुपर्छ । टीकापुर घटना भइसकेपछि आजको मितिसम्म १६३ थारुहरुले आफ्नो घडेरी बेचिसक्नुभएको छ । उहाँहरुलाई टीकापुर ब्यापार गर्ने इच्छा छैन । हामी टीकापुरमा सुरक्षित छैनौं भन्ने धेरै थारुको मन लागिसक्यो । अब हामीलाई टीकापुरमा बस्न दिने जिम्मा कसको रु राज्यको हो कि होइन रु टीकापुरमा चरेस बेच्ने, गाँजा खाने, कोकिन बेच्ने, हिरोइन खानेहरुले घरमा दिनदहाडै आगो लगाइरहेका छन् । त्यो प्रवृत्तिको मान्छेसँग टीकापुरको सुरक्षाकर्मीहरुको सम्बन्ध बढ्दै गएको छ । सुरक्षाकर्मीहरु उहाँहरुको संगतमा हुनुहुन्छ । राति राति हाम्रो घरको इटा लुट्न पठाउनुहुन्छ । हाम्रो रुख काट्न पठाउनुहुन्छ । हाम्रो घरको सामान लुट्न पठाउनुहुन्छ । राज्य अहिले ट्यापे मुन्द्रेहरुको संगतमा छ, टीकापुरको घटनापछि । राज्य यसरी हिँड्न मिल्छ रु यो त थारुहरुमाथि चरम दमन हो ।
टीकापुरको नवलपुरमा एक रातमा कति केटीहरु बलात्कृत भए रु सबैले सुनेका छन् तर बोल्न कोही चाहँदैन । बर्दियाको मैनापोखरमा हेर्नुस् । देशका सारा मिडियाहरु छन् । त्यहाँ सिडिओ, एसपी हुनुहुन्छ । घटना कसरी घट्यो, त्यहाँ प्रहरी कसरी मर्नुभयो सबैलाई थाहा छ । आफ्नै गोलीबाट मरेर रातभरि थारुका महिलाहरुलाई बलात्कृत गर्ने रु दुई तीन हजार महिलाले अर्धनग्न जुलुस निकाल्दा यो देशको पत्रकार, यो देशको प्रशासन, यो देशको प्रहरी हुँदाहुँदै मिडियामा नआउनुको अर्थ के हो रु यस्ता कुराहरुमाथि राज्यले आफ्ना नागरिकका लागि आफैँले सोच्नुपर्छ । थारु पनि यो देशका नागरिक हुन् भनेर राज्यले सोचिदिनुपर्छ । यिनलाई अधिकार दिलाउनुपर्छ भनेर सोचिदिनुपर्छ ।
उहाँहरुले लगाइदिएको आरोप सत्य छ भने म कठघरामा उभिनुपर्छ । मलाई कानुनबमोजिम कारबाही गरिनुपर्छ । यदि म निर्दोष छु भने मैले निर्दोषताको प्रमाणपत्र पेस गर्न पाउनुपर्छ । मलाई लाग्छ, म सतप्रतिशत निर्दोष छु । उहाँहरुलाई मलाई दोषी प्रमाण गर्ने कुनै अधिकार छैन ।
निर्दोष हुनुहुन्छ भने किन लुक्दै भाग्दै हिँड्नुभएको ?
यो स्वभाविक प्रश्न हो तपाईँको । म लुक्दै भाग्दै हिँडेको होइन । म समाज मिलाउनलाई हिँडेको हो । म फेरि टीकापुर फर्केर ल है साथी हो फेरि आन्दोलन गरौं, हिंसात्मक आन्दोलन गरौं, मारपिटको आन्दोलन गरौं भनेपछि नउक्सिने वर्ग होइन । त्यसै पनि थारुहरु एकदमै खुम्चिएर बसिरहनुभएको छ । उहाँहरुले नेतृत्व खोजिरहनुभएको छ । तर त्यसकिसिमको दुर्घटना फेरि नदोहोरियोस्, हामी त्यो चाहन्छौं । र, अर्को कुरा प्रहरी मिडियाले एकपक्षीय रुपले आरोप लगाउनु मिडियाबाजी होइन । म भाग्दै हिँडेको होइन, उहाँहरुले यतिमात्र बुझिदिनपर्यो कि म समाज मिलाउन चुप बसेको मान्छे हुँ ।
कहिले मिल्ला त रेशमजी ?
यो राजनीतिक घटना हो । कसैले कसैको घरमा गएर बलात्कार गरेर मान्छे मारेको छैन । कसैले कसैलाई गएर निरभावरुपमा हत्या गरेको होइन । दुईबीचमा भएको भीडन्त हो मैले जानेबुझेअनुसार । यसलाई राजनीतिकरुपमा निकास दियो भने सार्थकता पाउँछ । होइन भने सबैको इतिहास एउटै छ । जहाज अपहरण गरेर देशको ३० लाख लुटेर लग्यौं भन्नेहरु प्रधानमन्त्रीको कुर्सीमा बसेकै हो । झापा काण्डमा मान्छेको टाउको काट्दै हिँड्नेहरु पनि प्रधानमन्त्रीको कुर्सीमा बसेकै हो । १७ हजार मान्छेको हत्या भएको एउटा झुन्डको समूह सरकारमै छ । यो थरुहट आन्दोलनमा हाम्रोतर्फबाट त कम क्षति भएको हो नि । यसभन्दा अघिको थरुहट आन्दोलनमा पाँच जना थारुलाई मारिएको होइन रु अहिलेको आन्दोलनमा तेत्रा जनाले शाहादत प्राप्त गरेका छन्, त्यो थरुहट आन्दोलनका कारणले होइन रु थारु मधेसीहरु मर्दै जाने ती दोषी हुने, सरकारको बन्दुकले अर्काको गोली ठोक्दै जाने त्योचाहिँ निर्दोष हुने भन्ने कुरा हुँदैन ।
दुई पक्षको भीडन्त भन्नुभयो । भदौ ८ गते जुन थारुका घर, पसल र तपाईँकै रिसोर्ट जलाइयो । त्यो दुई पक्षीय भीडन्तको उपज थियो रु
होइन । त्यो त राज्य पक्षकै दोष हो । सरकारले कफ्र्यू लगाएको बेलामा मान्छेको उत्तेजित समूहले गएर कसरी अर्काको घरमा आगजनी गर्न सक्छ । कफ्र्यु भनेको घरमै बस्नुस् भनेको होइन । थारुलाई चाहिँ लाठी भाटाले कुट्ने, थारुका बडघरहरु लखेट्ने, थारुलाई दमन गर्ने अनि अर्को पक्षलाई आगो लगाउने छुट दिने रु त्यसमा सेना प्रहरी अगाडि पछाडि हिँड्ने रु हामीसँग प्रमाण छ, भदौ ८ गतेको सम्पूर्ण प्रमाण हामीसँग छ । यदि अन्तर्राष्ट्रिय नियोगलाई साक्षी राखेर अनुसन्धान गर्ने हो भने भदौ ७, ८ दुबै घटनाको छानबिन गर्न तयार छौं । तर ८ गते त सरकारले कफ्र्यु लगाउँदा लगाउँदै, सेनाको उपस्थितिमा, सशस्त्र र जनपथ प्रहरीको उपस्थितिमा भएको घटना हो ।
म त यतिसम्म कन्फिडेन्स छु कि राज्यले निर्दोषलाई कहिले पनि दमनको राजनीति ल्याउनु हुन्न । दोषीलाई छोड्नु हुन्न । मैले चाहेको पनि त्यही हो । मलाई दोषी प्रमाणित गर्न राज्यको तागत छ रु छैन । राज्य के चाहन्छ भने कतिखेर रेशम चौधरीलाई समातौं र यसलाई अंगभंगरहित बनाऔं । कुन बेला मारौं ।
प्रमाण छ भने उजुरी किन गर्नुहुन्न ?
राज्यले उचित न्याय दिएन भने उजुरी त गर्र्छौं । हामीसँग प्रमाण छन्, फोटा छन्, भोलि छानबिनका क्रममा निस्किन्छन् । त्यतिबेला राज्यले सुनेन भने अन्तर्राष्ट्रिय नियोगमा जान्छौं । अन्तर्राष्ट्रिय कठघरामा जान्छौं हामीले भनिसक्यौं । भोलि छानबिन दुबै पक्षबाट हुनुपर्छ । ८ गतेको घटनामा जसरी सुरक्षाकर्मीको संलग्नतामा थारुहरुका घर जलाइएका छन्, त्यसमा राज्य पक्षको दोष छ । कफ्र्यु लाग्दा लाग्दै थारुका घरमा, पसलमा छानी छानी अगो लगाउनु र उनीहरुको निर्देशनमा काम हुनु एकदमै दुःख लाग्दो कुरा हो । मेरो रिसोर्टबाट त विद्युत प्राधीकरणको गाडीमा रक्सी बोकिएको छ । ती प्रमाण हामीसँग छन् । मेरो रिसोर्टबाट लुटिएका सामान कसरी लगे सबै प्रमाण छन् । म एउटा एउटा फोटो प्रदर्शनी गर्न सक्छु ।
तपाईँको मात्र कति क्षति भयो ?
मेरो रिसोर्ट, एफएम, गाडी, मोटरसाइकल, मेरा पैतृक सम्पत्ति सबै गरेर साढे दस करोडजति ।
रेशम चौधरीले मधेसी नेताहरुलाई टीकापुर बोलाएर सम्प्रायिकता भड्काउने खालका भाषण गर्न लगायो भन्ने आरोप छ । साउन २८ गतेको त्यो आमसभामा खास के भएको थियो रु
यो एकदमै गलत कुरा हो । अमरेश कुमार सिंहजी नेपाली कांग्रेसको सांसद हुनुहुन्छ । राजेन्द्र महतोजी सद्भावना पर्टीको अध्यक्ष हुनुहुन्छ । उपेन्द्र यादवजी पनि एउटा पार्टीको अध्यक्ष हो । गोविन्द चौधरी पनि एउटा पार्टीको नेता हो । त्यस्तै फोरम लोकतान्त्रिकबाट सांसद जनक चौधरीजी आउनुभएको छ । नेता लक्ष्मण थारु, सुरेन्द्र चौधरीजी हुनुहुन्छ ।
यत्रो लोकतन्त्रको जामानामा एउटा आमसभामा कसले के बोल्छ भनेर हामीले भन्न सक्दैनौं । कसले के बोल्छ त्यो उनीहरुले जिम्मा लिनुपर्ने हो । जसले जे बोलेको छ, उनीहरु कानुनविपरीत बोलेका छ भने उहाँहरुलाई मुद्दा राज्यले लगाउनुपर्छ, मैले होइन । मैले छेकबार लगाउन पनि सक्दिन । मन्चमा कसले के बोले अघिपछिका कुरा भयो । उहाँलाई कारबाही गर्ने नगेर्ने राज्यको कुरा हो । मैले बोलायो भन्ने कुरा छ, त्यो त म क्षेत्रीय संयोजक हो । राजमनम चौधरीजी चाहिँ संयोजक होइन रु अमरेश सिंहलाई त रामजनमले पठाएको हो । त्यसैले रामजनमले पठायो मैले पठायो भन्ने होइन । आन्दोलन हो भोलि हामीलाई कसैले चितवन बोलाइदिन सक्छ । हाम्रै बोलीका कारण दुर्घटना भयो भनेर भन्न सकिँदैन । मुख्य कुरा के हो भने थारुहरु अहिले पनि तराईका जिल्ला र विशेषतः कैलालीमा सहेर बसेका छन् । यही कुरा बर्दियामा नहुनु, दाङमा नहुनु । हेर्नुस् त बाग्लुङ, पोखरातिरका पहाडी समुदाय कति सभ्य छन् । त्यही कुरा बर्दिया बाँकेमा हुन्न तर कैलाली र कञ्चनपुरमा हुन्छ किन रु डोटेली र अछामी समुदायको साथीहरुले यस्तो नीति लिनुहुन्छ, निकै दमनको नीति लिनुहुन्छ । थारुहरुलाई दबाउने क्रममा भएको यो एउटा दुर्घटना मात्र हो ।
मेरो अवस्था पनि बहुत नाजुक छ । प्रत्येक छाकको लागि मैले पनि सोच्नुपर्छ । प्रत्येक दिन प्रत्येक छाक अरुको भरमा बस्नुपर्ने स्थिति छ । यो पनि दुःखलाग्दो अवस्था हो । मैले आन्दोलनमा लगाएको त्यही कुर्ता लगाएर तपाइँसँग कुरा गरिरहेको छु । मसँग नि धेरै जोर कपडा छैन । कुनै साथीहरुले दयामया गरेर कपडा किन्दिए हो भने लगाउँछु नत्र भने आफ्नै साम्थ्र्यले लगाउने मसँग केही पनि छैन ।
थरुहट पक्ष र अखण्ड पक्ष भनिन्छ । कस्तो पक्ष हो यो ? कसरी जन्मिए यो समूह ?
रेशम चौधरी एउटा सचेत व्यक्ति हो । सचेत व्यक्तिले सचेत समूहको कुरा गर्छ । मेरो जीवनभरि कैलाली र कञ्चनपुर थरुहट प्रदेशमा हुनुपर्छ भनेर भन्छु । किन भन्छु भन्दा योभन्दा पहिले राज्यले क्रस दिएको छ । सामथ्र्य र पहिचान भनेको के हो रु इतिहासले प्रमाणित गरेकै छ त थारुहरु ८, १० हजार वर्षअगाडि आएका हुन् । औंलो पचाएको थारुहरुलाई मात्र किन सिकलसेल लागिरहेको छ । यी सबै वैज्ञानिकले प्रमाणित गरेका कुरा हुन् । आजभन्दा ३०, ४० वर्ष पहिलेकै आँकडा हेर्ने हो भने २००७ सालमा ९८ प्रतिशत थारु थिए । अहिले त्यो संख्या घटेर ४८ प्रतिशतमा आइपुगेको छ । यो हुँदै जानुको पछाडि थारुको सोझोपन हो । थारुलाई नेपाल सरकारले जुन जग्गा नापेर दिएको छ, त्योभन्दा एक इन्ची जग्गा हडपेको छैन । तर पहाडी समुदायबाट हेर्नस् त कैलाली कञ्चनपुरमा कहाँ कब्जा गरिएन रु सारा राजमार्गका बजार रुखहरु कब्जा गरे । लम्की बौनियार, अत्तरिया कब्जा गरिएकै बजारहरु हुन् । महेन्द्रनगरको झलारीहरु कब्जा गरिएकै बजारहरु हुन् । यसरी पहाडी समुदाय आएर जग्गा कब्जा गरेर सरकारी समूहसँग मिलेमतो गरेर लालपूर्जा लिएका हुन् । थारुहरुमा पहचिानका कुरा गर्नुस् । उहाँहरुको आफ्नै पहिचान छ, आफ्नै संस्कृति छ । पहाडी समुदायको पनि आफ्नै परम्परा संस्कृति छ । कम्तीमा तराईमा बसोबास गर्ने नवलपरासीदेखि कञ्चनपुरसम्मको एउटा प्रदेश छुट्याउनुदिनुपथ्र्यो । सामथ्र्य र पहिचान पनि मिल्थ्यो । त्यही आन्दोलन सुर्खेतमा भयो चुप भयो, त्यही आन्दोलन जुम्लामा भयो चुप भयो । कसैलाई पानीको फोहोरा हान्ने कसैले एसपीको गाडीमा बन्दुक हान्दा पनि घटना नहुने, सुर्खेतमा भएको होइन रु एसपीको गाडी जलाउन खोजेको होइन रु त्यहाँ आगो लगाउँदा केही पनि भएन । टीकापुर घटना हुनेवितिकै दनादन गोली चल्यो, रातारात कयौं चेलीबेटीहरु बलात्कृत भए । सयौं मान्छेहरु भारतमा निर्वासित छन् । पाँच पाँच हजार मानिस अहिले भारतमा छन् । यो अवस्था कि आइलाग्यो त रु यो अवस्थाको कारण को हो त रु राज्य किन चाहँदैन यिनलाई मिलाउन रु राज्य किन यो दुर्घटना हो भन्न चाहँदैन । राज्यले नश्लवादी राजनीति गर्छ । त्यही राज्य माओवादीसँग वार्ता गर्दाको अवस्था हेर्नुस् । दोस्रो वार्ता भंग हुँदा अन्कन्टाहा ठाउँमा राज्यले हेलिकप्टरबाट उनीहरुलाई छोड्ने । बन्दुकको गोली चलाउनेहरुलाई छोड्ने । त्यही दुर्घटनालाई सारा थारुहरुलाई आरोप लगाउनु यो त अत्यन्त दुःख लाग्दो कुरा हो । म त यतिसम्म कन्फिडेन्स छु कि राज्यले निर्दोषलाई कहिले पनि दमनको राजनीति ल्याउनु हुन्न । दोषीलाई छोड्नु हुन्न । मैले चाहेको पनि त्यही हो । मलाई दोषी प्रमाणित गर्न राज्यको तागत छ रु छैन । राज्य के चाहन्छ भने कतिखेर रेशम चौधरीलाई समातौं र यसलाई अंगभंगरहित बनाऔं । कुन बेला मारौं । भदौ ७ गते पछाडि म आफैं आएको होइन, धेरैले भने गृहमन्त्रीज्यूको तपाईँलाई गोली ठोक्ने आदेश छ । सबै साथीहरुले भन्नथाले पुलिसको गोली ठोक्ने आदेश छ । तपाईँ बाँच्नको लागि जानुस् । बाँच्नको लागि भए पनि म भाग्नपर्ने स्थिति थियो ।
यत्रो थारु आन्दोलन हुँदा, कैलाली बल्दा, थारुहरुको लागि दुई हात जोड्दै हिँड्दा विजय गच्छदार र रामजनम चौधरीले थारुहरुलाई एउटा कुनामा पन्छाइदिए । थारुको मुद्दा एउटा कुनामा पोको पारेर सरकारमा जान उहाँहरुलाई लाज लाग्नुपर्ने हो । अत्यन्त दुर्घगन्धित राजनीति गर्नुभएको छ उहाँहरुले ।
तपाईँ त बाँच्नु भो, तपाईजस्तै अन्य थारुहरु जेल परेका छन् । जेलमा चरम यातना दिइएको सुनिन्छ । उनीहरुको परिवारको अवस्था उतिकै नाजुक छ । कतिबेला छुट्लान् र दुई छाक सजिलो गरी टर्ला भन्ने चिन्ता छ उहाँहरुको । उनीहरुलाई कहिले निकाल्नुहुन्छ रु
मेरो परिवारको अवस्था नाजुक छैन रु मेरी श्रीमतीले मलाई रोयर फोन गर्नहुन्छ । मेरो बच्चाको एडमिसन भएको छैन । लाखौं रुपियाँ अरुलाई चन्दा दिने म, आज मेरी श्रीमती छाक छाकको लागि रोइरहेकी छन् । म भारतमा बस्दाखेरी पनि एक एक छाकको लागि रोइरहेको छु । म यता बस्दा पनि यतिकै दुःख छ । म उहाँहरुको लागि नै पहल गरिरहेको छु । स्वतन्त्र भएर मिडियासँग, नेताहरुलाई घच्घच्याइरहेको छु । जुन जेल भएको भए सायदै सम्भव हुन्थ्यो ।
मेरो अवस्था पनि बहुत नाजुक छ । प्रत्येक छाकको लागि मैले पनि सोच्नुपर्छ । प्रत्येक दिन प्रत्येक छाक अरुको भरमा बस्नुपर्ने स्थिति छ । यो पनि दुःखलाग्दो अवस्था हो । मैले आन्दोलनमा लगाएको त्यही कुर्ता लगाएर तपाइँसँग कुरा गरिरहेको छु । मसँग नि धेरै जोर कपडा छैन । कुनै साथीहरुले दयामया गरेर कपडा किन्दिए हो भने लगाउँछु नत्र भने आफ्नै साम्थ्र्यले लगाउने मसँग केही पनि छैन ।
तपाईँहरुले राज्यले विभेदकारी नीति लियो । कसैलाई काखा, कसैलाई पाखा ग¥यो भनेर पीडा पोख्नुहुन्छ । आफ्नै देशका नागरिकलाई राज्यले कसरी विभेदको नीति लिन्छ ?
यो नश्लवादी राजनीति हो । नेपालका मध्य मागका पहाडी साथीहरुको समुदाय अत्यन्त चेतनसिल र अत्यन्त बुझक्कड छन् । हामीले आशा गर्ने उहाँहरुबाट हो । पूर्वतिरका सथीहरु एकदम चलाख हुन्छन् उहाँहरुबाट कोही सक्दैन । पश्चिमतिरको साथीहरु एकदमै दमन, अत्यन्त उत्तेजक र अत्याचार गर्नेबाट ललायित हुनुहुन्छ ।
पहिलो थरुहट आन्दोलनताका वार्ता हुँदा कुरा गरौं । राज्यले अखण्ड पक्षधरलाई बुद्ध एयरको टिकट काटेर वार्ता गर्न बोलाउनुभयो । खल्ती २०,२० हजार पैसा हाल्दिनुभयो । थारुहरु आफ्नै हिसाबले वार्तामा आए । राज्यको विभेद् त यहीँबाट देखिन्छ नि । म सम्पूर्ण समाजलाई दोष दिन खोजेको होइन, उहाँहरुको सम्पूर्ण व्यक्तिहरुलाई दोष दिन खोजेको होइन, तर एउटा वर्ग छ, उनीहरुले जहिले पनि थारुहरुलाई दबाएर लगौं भन्ने सोच्नुहुन्छ । अहिले पनि त्यही अवस्था छ । टीकापुरका सबैलाई थाहा छ नि रेशम चौधरी निर्दोष छ । त्यहाँका सबै पत्रकार, व्यापारीलाई थाहा छ । तर के छ भने रेशम चौधरी आयो भने फेरि अर्को दुर्घटना आउँछ, फेरि हजारौं लाखौं मान्छे ओराल्छ । फेरि आन्दोलन गराउँछ भनेरमात्र मलाई दबाइएको हो ।
चुनावको घोषणा पत्रमा सबैले लेख्ने, थरुहट प्रदेश थारुवान प्रदेश दिन्छु भन्ने । चुनाव भइसकेपछि बिर्सिने रु दमन गर्ने रु यो नीति राम्रो होइन । मलाई एउटामात्र राजनीतिक दलसँग नजोड्नुस् । म सँच्चा नेपाली नागरिक हुँ । नेपाली भएर भन्न चाहन्छु, नैसर्गिक अधिकार सबैलाई दिनुपर्छ । कर्णाली मुगु डोल्पा उपेक्षित छ, उनीहरुले पनि अधिकार पाउनुपर्छ । थारुहरु उपेक्षित छ उनीहरु पनि अधिकार पाउनुपर्छ ।
पत्रकारलाई थाहा हुँदाहुँदै किन तपाईँ दोषी होइन भनेर लेख्दैनन् त?
पत्रकारलाई म दोष दिन चाहन्न । तर यहाँ धेरे राष्ट्रवादी पत्रकारिता भन्दै पीत पत्रकारिता गर्दै हुनुहुन्छ । यो गलत कुरा हो । म पनि पत्रकार र मिडिया चलाउँछु । मैले कहिले एउटा पक्षलाई मात्र च्यापेर हिँडिन । उहाँहरुको पत्रकारिता म यहाँ आएर देखेँ, कति दुःख लाग्दो पत्रकारिता । सुदूरपश्चिमको पहिलो व्यवसायिक रेडियो चलाएको लाग्छ, पत्रकार महासंघले विज्ञप्ती निकाल्दैन । पत्रकार महासंघले त्यो रेडियो खोल्नुपर्छ भनेर लाग्दैन । रेशम चौधरीको त के कुनै आतंककारीको रेडियो भए पनि खोल्नुपर्छ भन्ने मान्यता पत्रकारले राख्नुपर्छ । एउटा पत्रकारलाई चोट लाग्दो लाखौं रुपैयाँ उठाउन पत्रकार तयार हुन्छ, राज्य तयार हुन्छ । एउटा सिंगै मिडिया जल्दा पत्रकार महासंघ बोल्दैन । त्यो मिडियालाई स्थापित गर्न अग्रसर हुँदैन । त्यसैले पत्रकार साथीहरुले वर्षौदेखि पत्रकारिता गर्दै आएको, कलाकारिता गर्दै आएको मान्छेको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हेक्का राख्नुपर्छ । मजस्तो २५ वर्ष पत्रकारिता गरेको मान्छेलाई त राज्यले यस्तो दमन गर्न सक्छ भने सर्वसाधारण थारुको अवस्था के होला रु
थारुहरु पनि सरकारमा गए, मन्त्री बने । उहाँहरुले तपाईँलगायत थारुका लागि पहल गरेनन् ?
उहाँहरु परिपक्व राजनीति खेलाडी हो । धेरै वर्षदेखि सांसद मन्त्री बन्नुभएको छ । रामजनमजी विगतमा तीनतीन पटक मन्त्री बन्नुभएको छ । २०,२२ वर्ष भो उहाँ सांसद हुँदै आएको । म उहाँहरुलाई दोष दिन चाहन्न । तर उहाँहरु पक्का राजनीतिक खेलाडी हो । यत्रो थारु आन्दोलन हुँदा, कैलाली बल्दा, थारुहरुको लागि दुई हात जोड्दै हिँड्दा विजय गच्छदार र रामजनम चौधरीले थारुहरुलाई एउटा कुनामा पन्छाइदिए । थारुको मुद्दा एउटा कुनामा पोको पारेर सरकारमा जान उहाँहरुलाई लाज लाग्नुपर्ने हो । अत्यन्त दुर्घगन्धित राजनीति गर्नुभएको छ उहाँहरुले ।
जाँदाजाँदै उनले भने
मैले जिन्दगीभरि आफ्नो कार्यक्रममा राष्ट्रिय गीतबाहेक अरु बजाइन । मलाई राष्ट्रियताको माया थिएन । मलाई देशको माया छैन । अहिले पनि त्यतिकै छ । तर यसरी देशको माया गर्ने नागरिकहरुलाई तिमीहरु देशद्रोही हौ, तिमीहरु अपराधि हौ । तिमीहरुले गलत काम ग¥यौ । कसरी भन्न मिल्छ । हामीले हाम्रो भूभाग माग्न नपाइने । दिन्छु कसले भन्या हो ? यो कुरा राजनीतिक दलले पहिल्यै नउठाइदिएको भए नि हुन्थ्यो । चुनावको घोषणा पत्रमा सबैले लेख्ने, थरुहट प्रदेश थारुवान प्रदेश दिन्छु भन्ने । चुनाव भइसकेपछि बिर्सिने ? दमन गर्ने ? यो नीति राम्रो होइन । मलाई एउटामात्र राजनीतिक दलसँग नजोड्नुस् । म सँच्चा नेपाली नागरिक हुँ । नेपाली भएर भन्न चाहन्छु, नैसर्गिक अधिकार सबैलाई दिनुपर्छ । कर्णाली मुगु डोल्पा उपेक्षित छ, उनीहरुले पनि अधिकार पाउनुपर्छ । थारुहरु उपेक्षित छ उनीहरु पनि अधिकार पाउनुपर्छ ।
(साभारः नागरिक न्यूजबाट)