धनगढी, पुस ११ गते । सानैदेखि गायन प्रतिभा रहेकी आशा डंगौरा थारु एसपिए सिंगीङ स्टार टप वानको छनौटमा पार्न आफूलाई भोटिङ गर्न आग्रह गरेकी छिन् ।
कैलालीको घोडाघोडी नगरपालिका–४ कीर्तिपुरकी डगौंरा थारु सुदुरपश्चिम एकेडेमी धनगढी कक्षा ११ मा अध्ययनरत छिन् । टप टेनमा आफूपर्ने विश्वास रहेको उनी अब आफूलाई एसपिए सिगीङ स्टार टप वानमा पार्न आग्रह गरेकी हुन् ।
छनौटका लागि प्रत्येक शनिबार हुने प्रतियोगितामा सुरुमा २०६ जना सहभागीमध्ये छनौट भएर ७८ मा पुगेकी थिइन् । त्यसैगरी ३० जना सहभागीमध्ये २० मा पुगेकी हुन् । अहिले उनी टप टेनमा पुगेकी छिन् । अब उनी आफूलाई टप वानमा पु¥याउनका लागि भोटिङ गरी सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीको क्यापिटल एसि बीचमा एक स्पेस दिएर जिरो सेवन टाइप गरी थ्री सेबेन टु सबेन टु मा (AC 07 त्यसपछि 37272) पठाउन व्यवस्था मिलाइएको छ ।
भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीको क्यापिटल एसि बीचमा एक स्पेस दिएर जिरो सेवन टाइप गरी थ्री सेबेन टु सबेन टु मा (AC 07 त्यसपछि 37272) पठाउन व्यवस्था मिलाइएको छ ।
डगौरा थारु कक्षा ८ मा पढ्दैगर्दा दर्शन घोडाघोडी’एल्बममा सजाए फोटो’भन्ने नेपाली गीत गाएर आफ्नो गायनयात्रा सुरु गरेकी थिइन् । सबैको एक–एक भोटले डगौंरा थारुको जित पक्का छ ।
भविष्यमा सफल गायिका बन्ने लक्ष्य रहेकी आशा डंगौराथारु एसपिए सिंगीङ स्टार टप टेनकालागि थारु सामुदायकी एक्लै प्रतिस्पर्धी छिन् । ए कल्याप मिडियाजद्वारा आयोजित कार्यक्रममा टप वानमा पर्ने एकजनालाई पचास हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।