गायक परियारले थारु गीतमै करियर बनाउने


भगतराम थारु
नेपालगञ्ज, वैशाख १९ गते । बाँके राप्ती सोनारी गाउँपालिका १ बैजापुरका विश्वसागर परियार थारु गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार थारु गायनलाई करियर कै रुपमा लैजाने सोचरहेको बताउनुहुन्छ ।

थारुगाउँमा जन्मेहुर्केका गायक परियार थारु गितलाई निरन्तरता दिने बताउनुहुन्छ । आधा दर्जन थारुगीतमा स्वर दिएका गायक परियार कहाँ जाइतो गोरी लचकाइके कमरिया बोलको गीतबाट आफ्नो गायन क्षेत्रलाई सुरु गर्नुभएको थियो ।

थारुगीतलाई माया गर्ने, थारु संस्कृति जगेर्ना र विकास गर्ने सोच रहेको परियार चन्चल चन्चल बानी तोहार, अनलाइन अइहो हो छैली फेसबुकमा च्याट करवी, फोन करहो हो छैली कोहलपुरमा भेट करवी, गोल गप्पा जैसिन तोहार गाल, तु मोर ज्यान ज्यान हो तु मोर प्राण हो लगायत विभिन्न थारुगीत गाउनुभएको छ ।

परियारले दुईवटा थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिका निर्वाह गर्नुभएको छ । थारु फिल्म बन्दीदी र प्रेमके बस्तिमा अभिनय गरिसकेका गायक परियार पछिल्लो समयमा थारुगीतलाई प्रथामिकता दिदै थारु गायककोरुपमा स्थापित हुनुभएको छ । थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहनुभएका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच रहेको बताउनुहुन्छ ।

युवायुवतीले मन पराउनेखाले थारुगीत निकाल्ने सोच रहेको बताउने गायक परियारले गायन क्षेत्रलाई निरन्तरता दिने बताउनुहुन्छ । तीनवटा थारुगीत वजारमा ल्याउने तयारी भैरहेको गायक परियारले बताउनुभयो । झुम झुम झुमका वाली बठनिया रे, तु मोर ज्यान ज्यान हो तु मोर प्राण प्राण हो र कहो न का तुहिन कर्ना विचार बा लगायतको गीत बजारमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया