निर्वस्त्र सुत्नु स्वास्थयका लागि बढी फाइदा


अमेरिकामा हालै गरिएको एक अध्ययनले राती नांगै सुत्नु पुरुषको यौन तथा प्रजनन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने देखाएको छ ।

राती लुगा नलगाइकन सुत्ने र दिउसो पेन्टी लगाउने गर्नाले पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि हुने र प्रजनन क्षमता पनि बढ्ने अध्ययनले पुष्टि गरेको छ।

अमेरिकी नेसनल हेल्थ इन्स्िटच्युट अफ चाइल्ड हेल्थ एण्ड ह्युमन डेभलपमेन्ट र स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको संयुक्त अध्ययनको नतिजा हालै अमेरिकाको बाल्टिमोरमा आयोजिता अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिनको शिर्षक बैठकमा प्रस्तुत गरिएको थियो ।

शोधकर्ताहरुले निकै कसिलो अन्तरवस्त्रले पुरुषमा शुक्रकिटको गुणस्तरमा असर पार्ने र प्रजनन सफलता घटाउने बताएका छन् ।

शोधकर्ताले ५ सय जना पुरुषमा १२ महिनासम्म अध्ययन गरेका थिए र त्यस क्रममा दिउसोमा उनीहरुले लगाउने अण्डरवेयर तथा रातको पहिरनका साथै शुक्रकिटको गुणस्तरको तथ्यांक विश्लेषण गरेका थिए ।

अनुसन्धानबाट के पुष्टि भएको छ भने दिउसो मात्र पेन्टी लगाउने र रातको समयमा नांगै सुत्ने पुरुषमा शुक्रकिटको डिएनए टुक्रिने जोखिम २५ प्रतिशतले कम हुन्छ ।

यसअघिका अध्ययनले पनि अण्डकोषणमा तातो बढाउँदा तथा कसिलो अण्डरवेयर लगाउँदा पुरुषको प्रजनन क्षमतामा नकारात्मक असर पुग्ने देखाएको थियो ।

स्मरण रहोस् सन् २०१४ मा बेलायतमा गरिएको एक अध्ययन अनुसार ४० प्रतिशत बेलायती पुरुषहरु रातमा नांगै सुत्ने गर्दछन् ।

6

तपाईको प्रतिक्रिया