प्रेम रतन धन पायो ले तोड्यो रेकर्ड


8

मुम्बई । कात्तिक २६ गते विहीबारदेखि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘प्रेम रतन धन पायो’ले फिल्मी बजारमा धमाका शुरु गरेको छ ।
सञ्चारमाध्यमका अनुसार बक्स अफिसमा तहल्का मच्चाउँदै बलिउड दबंग स्टार सलमान खान र अभिनेत्री सोनम कपुरद्धारा अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ले प्रदर्शनको पहिलो दिन ४०.३५ करोड रुपैयाँ कमाउन सफल भएको छ ।
यसअघि सलमान खानकै किकले पहिलो दिनमा २६.४० र बजरंगी भाइजानले २७.२५ करोड कमाएको थियो ।
अन्य फिल्मजसरी ‘प्रेम रतन धन पायो’को खासै समिक्षा नभएपनि यसले बलिउडको पहिलो दिनको कमाई रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको  छ । भाइटिकाको अघिल्लो दिन रिलिज भएको फिल्मले शुक्रबार ३१.०३ करोड गरी दुई दिनमा करिब ८२ करोड भारु कमाई गरेको छ । ४९ वर्षिय सलमानको यसअघिको फिल्म बजरंगी भाइजानले राम्रो बजार पिटेको थियो ।

पहिलो दिनको कमाई मात्र हिन्दी संस्करणको हो । तमिल र साउथ को कमाई जोडिन अझै बाँकी छ । फिल्ममा सलमान, सोनमका अलावा अनुपम खेरको पनि मुख्य भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया