रत्गैयाको ‘ठुन्यार–ठुन्यार’ गीत


सन्तोष दहित
दाङ, फागुन २२ गते । ‘तिमीले मुटु टुक्रा पा¥यो नि, माया गर्छु भनी’ बोलको गीतबाट गीत संगितमा उदाएका हेकुली–३, मौली दाङ निवासी रोशन रत्गैया अहिले जुनेली ताराजस्तै चम्किदैछन् । शिक्षण पेशा छोडेर गायनक्षेत्रमा लागेका रत्गैया अहिले काठमाण्डौमा बसी शास्त्रीय संगीतिक अध्ययनसंगै दर्जनौ गीत गाइसकेका छन्, ।

छोटो समयमा चर्चा बटुलेका रत्गैयाको पछिल्लो गीत ‘ठुन्यार–ठुन्यार’ बोलको गीत हो । हालैमात्र सार्वजनिक भएको थारुभाषाको ‘ठुन्यार–ठुन्यार–ठुन्यार बाठिन कलियुगके, मै आजकाल्हिक छैला सबके’ बोलको गीत अहिले गाउँदेखि शहरसम्म र फेसवुकदेखि युवट्युवसम्म भाइरल बनेको छ ।

पछिल्लो पटककोे गीतले स्रोताहरुको मन जित्न सफल भएका रत्गैया खुशिहुदै भने–‘यो गीत यति धेरै चर्चामा आउला भनेर सोचेको पनि थिएन, तर युवापुस्ताको लागि निकै लोकप्रिय भयो ।, ‘यहि गीतले स्रोताहरुको मन जितेसंगै मलाई व्यवासयीक बनायो ।’

‘ठुन्यार–ठुन्यार’ बोलको गीतमा हेकुली ८, हेकुली दाङ निवासी मोडेल नविन दहित र तुलसीपुर नगरपालिका तुलसीपुरकी लोसिना लामिछानेले अभिनय गरेका छन् ।

‘थारुबहुल क्षेत्रमा रहेको जिल्लामा हुने अधिकांश ब्यापारीक महोत्सव तथा रमाइलो मेला, साँस्कृतिक कार्यक्रममा आफ्नो गीत सुन्नलाई आयोजकमार्फत स्रोताहरुको निकै मागगरेको रत्गैयाले बताए । उनले भने–‘जहाँ–जहाँ मलाई बोलाउनु भयो, त्यहि जिल्लाको स्टेजमा आउनासाथ स्रोताहरुले हुटिङगर्दै ‘ठुन्यार–ठुन्यार’ गीत गाउन निकै अनुरोध गर्नुहुन्छ ।, ‘यो गीतलेगर्दा तराईका करिब १२ वटा जिल्लामा जाने अवसर मिल्यो ।’ प्रत्यक्षरुपमा स्रोताहरुको वीचमा गाउन पाउँदा निकै आनन्दको अनुभुति हुनेरहेछ, रत्गैयाले भने ।

फिरोज चौधरीको शब्द र संगीतमा रहेको गीतको स्वरमा रोशन रत्गैयासंगै समिक्षा चौधरीको पनि साथ रहेको छ । यो गीतको भाइरलसंगै भीडियो पनि सार्वजनिक गरिएको छ । ‘ठुन्यार–ठुन्यार’ बोलको गीतमा हेकुली ८, हेकुली दाङ निवासी मोडेल नविन दहित र तुलसीपुर नगरपालिका तुलसीपुरकी लोसिना लामिछानेले अभिनय गरेका छन् । म्यूजिक भिडीयोको निर्देशन दिपक चौधरीले गरेकाछन् । यो गीतको छायाँकन दाङको विभिन्न क्षेत्रमा गरिएको थियो ।

२०६८ बाट गायन क्षेत्रमा प्रवेश गरेका रत्गैयाको पहिलो गीत भने ‘तिमीले मुटु टुक्रा पा¥यो नि, माया गर्छु भनी’ हो । त्यसपछि रत्गैयाको ‘सोल्टीनीको माया’, ‘हे, मरना त मरली, बरा बरा मुर्घा’, ‘रहर ट रहर हो’, सिटरी बयाल बहल मनम बहार छाईल, सुनो सुनो डिडी बहिन्या, सुनो डाडु भैइया माघी टिउह्वार आइल’, ‘टुँहार आँखिसे जुझल म्वार आँखी जबसे’, ‘अखिर कजरा’, लगायतका गीत हुन भने पछिल्लो र थारुभाषाको गीतमध्ये चर्चित गीत ‘ठुन्यार–ठुन्यार’ हो । गायक रत्गैयकोअनुसार अझै ४ वटा गीत रेर्कडिङमा रहेकाछन्, ।

तपाईको प्रतिक्रिया