बाँकेमा महानायक हमालको नागरिक अभिनन्दन


बाँके, चैत ३० गते । महानायक राजेश हमाललाई बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको छ । नेपालगञ्जमा रथयात्रा गरी महानायक हमाललाई नागरिक अभिनन्दन गरिएको हो ।

नेपालगञ्जमा बुधबारदेखि सुरुभएको दोस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको उद्घाटनमा महानायक हमाललाई बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब सदस्यसचिव सनत रेग्मी लगायतले अभिनन्दन गर्नुभयो ।

दोस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको उद्घाटनमा महानायक हमाललाई बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब सदस्यसचिव सनत रेग्मी लगायतले अभिनन्दन गर्नुभयो ।

महानायक हमाललाई मध्यान्हको चर्को गर्मीको प्रवाह नगरी नेपालगञ्जबासीले रथयात्राकाक्रममा स्वागत गरेका थिए । नेपालगञ्जको कारकादौंदेखि धम्बोझीसम्म रथयात्रा गरिएको थियो ।

महानायक हमालले आफु कुनै योजना लिएर सिनेमा क्षेत्रमा प्रवेश नगरेको बताउनुभयो । सिनेमाको सशक्तिकरणले आकर्षित गरेको उहाँले बताउनुभयो । आफुलाई सामान्य मानिस भन्दै उहाँले दर्शकहरुको सम्बन्ध भने विशेष आत्मिय भएको बताउनुभयो ।

बिहिवारसम्म चल्ने फिल्म फेस्टिबलमा नेपालका १३ सहित २५ वटा चलचित्र प्रदर्शनी गरिने नन्द देवकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम फिल्मलाई ५० हजार, दोस्रोलाई ३५ हजार र जुरी अवार्ड २५ हजार राशीको पुरस्कार छ ।

तपाईको प्रतिक्रिया