पहिचानसँग जोडिएको सखिया नाच
सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक नाच हो । थारु समुदायमा नाचहरुमध्ये यो नाच समयको हिसाबले सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भइ दसैँ तिहारसम्म नाचिने संस्कृति हो ।
कहिलेकाही दसैँ आउनुभन्दा अगाडि करिब एक हप्ता अगाडिबाट पनि...














