शक्ति सिमेन्ट बोराको तौल कम भेटियो, डिपोमा नापतौल विभागको छापा
लक्की चौधरी
काठमाडौं, फागुन १४ गते । हेटौडा सिमेन्ट लि.को ‘शक्ति’ सिमेन्टको तौलमा घटी देखिएको छ । ५० केजीको बोरामा चार किलोग्रामसम्म तौल कमी पाइएको हो । विक्री डिपो टेकुको साझा स्टोरमा सोमबार नेपाल गुणस्तर तथा नापतौल विभागले महानगरीय प्रहरी वृत्त कालीमाटीको सहयोगमा छापा मारेको छ ।
विक्री डिपो सञ्चालक चन्द्रमान महर्जनले...














