राष्ट्रियसभा अध्यक्षको निर्वाचन भोलीः शिर उचो पार्ने काम गर्छुः तिमिल्सिना
लक्की चौधरी
काठमाडौं, फागुन २९ गते । राष्ट्रियसभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत हुने भएका छन् । नेकपा (एमाले) को तर्फबाट तिमिल्सिनाले संघीय संसद भवनमा पुगेर सोमबार साढे १२ बजे उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन बुधबार हुँदैछ ।
अरु दलबाट सो पदमा उम्मेदवारी नपरेपछि तिमिल्सिना अध्यक्षमा सर्वसम्मत हुने...














