प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध
काठमाडौं, फागुन २५ गते । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखका लागि उहाँको मात्र उम्मेदवारी परेपछि महरा निर्विरोध हुनुभएको हो । औपचारिक घोषणा भने भोलि (आइतबार) हुनेछ ।
महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने प्रतिवद्धता जनाउनु ...













