नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टासम्म रोकिने

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टासम्म रोकिने
चितवन, पुस ७ गते । नारायणगढ–मुग्लिन सडकखण्ड विहिबारदेखि दैनिक चारघन्टा रोकिने भएको छ । विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको...

कैलालीमा गहुँबाली सुपरजोनको उद्घाटन, कृषि आधुनिकीकरण हुने

कैलालीमा गहुँबाली सुपरजोनको उद्घाटन, कृषि आधुनिकीकरण हुने
राम दहित कैलाली, पुस ६ गते । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक पार्टीहरुको सहमतिमा सबैलाई मान्य हुनेगरी स्थानीयतहको निर्वाचनमा जानुको बिकल्प नभएको बताउनुभएको छ । बुधबार कैलालीमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन’को यहाँ उदघाटन गर्दै प्रधानमन्त्रीले संसदमा सरकारले दर्तागरेको संविधान संशोधनको प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्नुभयो । राजनीतिक गतिरोध अन्त्यकालागि राजनीतिक पार्टीहरुको...

नागरिक पार्टीको तराई चक्काजामको प्रभाव परेन, केही पक्राउ

नागरिक पार्टीको तराई चक्काजामको प्रभाव परेन, केही पक्राउ
काठमाडौं, पुस ६ गते । नागरिक समाजवादी पार्टीको आव्हानमा बुधबार तराई चक्काजामको खासै प्रभाव पर्न सकेन । मंगलबार साँझको मसाल जुलुश प्रदर्शन नै फितलो भएपछि चक्काजामको प्रभाव कम परेको हो । चक्काजाममा थारु कल्याणकारिणीसभा, थरुहट थारुवान संयुक्त संघर्ष समितिको समेत ऐक्यवद्धता नदेखिएपछि चक्काजाम प्रभावकारी हुन नसकेको बताइएको छ । नेता राजकुमार...

जनजाति महासंघमा जगत बराम निर्वाचित, महासंघमा थारु शुन्य

जनजाति महासंघमा जगत बराम निर्वाचित, महासंघमा थारु शुन्य
चित्तवन, पुस ६ गते । चितवनको नारायणगढमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा ३१ मत ल्याएर बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट...

प्रवक्ता माधव थारुको शल्यक्रिया सफल, अवस्था सुधारोन्मुख

प्रवक्ता माधव थारुको शल्यक्रिया सफल, अवस्था सुधारोन्मुख
काठमाडौं, पुस ५ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको ढाडको शल्यक्रिया सफल भएको छ । करिब साढे पाँच घण्टा समय लगाएर चिकित्सकले थारुको पछाडिको मेरुदण्डको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि प्रवक्ता थारुलाई अहिले राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा राखिएको छ । २४ घण्टासम्म थारुलाई आइसियूमा राखिने चिकित्सकले...

जाँचबुझ आयोगमा उजुरी परेन, अहिलेसम्म पीडितको एउटा उजुरी

जाँचबुझ आयोगमा उजुरी परेन, अहिलेसम्म पीडितको एउटा उजुरी
लक्की चौधरी काठमाडौं, पुस ५ गते । तराई, मधेस र थरुहट लगायतका क्षेत्रका विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनकोक्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायतका घटनाको सत्यतथ्य छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा एउटा मात्र उजुरी परेको छ । मंसिर १६ देखि पुस १५ गतेसम्म एक महिनाको समय निर्धारण गरेर आयोगले उजुरी आव्हान गरेपनि...

झेल्ली राजनीतिले विद्रोह जन्माउँछ !

झेल्ली राजनीतिले विद्रोह जन्माउँछ !
पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन नगरिकनै पन्डित्याइ गर्ने...

जाँच गराउन सहज भएपछि सिकलसेलको विरामी झन बढ्दै

जाँच गराउन सहज भएपछि सिकलसेलको विरामी झन बढ्दै
कैलाली, पुस ५ गते । कैलालीमा सिकलसेल भयावह बन्दै गएको छ । रोग पत्ता लगाउने मेशिन धनगढीमा जडान भएपछि सिकलसेलका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ । टीकापुर अस्पतालका डा. रामकुमार दासले उपचारका लागि आउने करिब २ सय बिरामीमध्ये ५०, ६० प्रतिशत सिकलसेलका हुने गरेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय...

कटैनी नदीको पुल माघ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी

कटैनी नदीको पुल माघ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी
राम दहित कैलाली, पुस ४ गते । कैलालीकोे पवेरास्थित कटैनी नदिमा बन्दै गरेको निर्माणाधिन पुल अगामी माघ महिनाभित्रै निर्माणकार्य सम्पन्न हुने भएको छ । हुलाकी निर्माण आयोजना धनगढीका प्रमुख तुरन्त मण्डल निर्माणाधिन कटैनीपुल माघ मसान्तसम्म तयार हुने बताएका छन् । प्रमुख मण्डल निर्माणाधिन कटैनीपुल दुई महिनाभित्रै ढलान गरीसक्ने जानकारी गराएका छन्...

लक्ष्मण थारुले गच्छदारको पार्टी त्यागे, न्याय पाउने आशा

लक्ष्मण थारुले गच्छदारको पार्टी त्यागे, न्याय पाउने आशा
राम दहित धनगढी, पुस ४ गते । थरुहट नेता तथा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले सो पार्टीबाट राजिनामा दिएका छन् । विजयकुमार गच्छदार नेतृत्वको सो दलको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट पुस ४ गतेदेखि लागुहुनेगरी राजीनामा दिएको पत्र प्रेसित गरेका छन् । नेता थारुले आफ्नो...