सर्वोच्चले भन्यो विष्टलाई नहटाउ


काठमाडौं, कात्तिक ३० गते । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियारले गरेको सिफारिस कार्यान्वयन नगर्न भनेको छ ।

न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय फाइल मगाएको छ ।

अख्तियारले असोज १८ मा सदस्य सचिव विष्टलाई हटाउन सिफारिस गरेको थियो । अख्तियारको सिफारिसविरुद्ध विष्ट सर्वोच्च गएपछि कात्तिक १३ गते सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

14

तपाईको प्रतिक्रिया