सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने


राम दहित
धनगढी, २८ माघ । सुदूरपश्चिमको प्रवेशद्वार अत्तरियामा पहिलो पटक अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

अगामी बैशाख १४ गतेदेखि हुने प्रतियोगिता अत्तरियास्थित ससस्त्र प्रहरीबलको खेल मैदानमा सञ्चालन हुने आयोजक यूनाइटेड अत्तरिया स्पोर्टस् क्लबले जनाएको छ । देशको पहिलो राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता झन त्यसमा सर्वाधिक धनरासीको पुरस्कार समेत रहेको आयोजक क्लबका अध्यक्ष रवि खनालले शुक्रबार प्रतियोगिता बारे पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

चार लाख रुपियाँ राशिको पुरस्कार भएको प्रतियोगितामा विजेता टीमलाई नगद दुईलाख, उपविजेतालाई नगद एकलाख पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद २५ हजार, प्लेयर अफ द म्याचलाई हरेक खेलमा नगद तीन हजार, उत्कष्ट व्याटिङ, बलर र उत्कउष्ट विकेट किपरलाई नगद दशहजार पुरस्कारको व्यवास्था गरिने जनाइएको छ ।

प्रतियोगितामा देशभरिकै उत्कृष्ट क्लबहरुको सहभागिता जनाउन पाउने र हरेक टीमले चारजना विदेशी खेलाडी समेत राख्न सकिने आयोजक क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया