पाकिस्तानले गर्यो सार्क सम्मेलनको मिति प्रस्ताव


काठमाडौं, कात्तिक ३० गते ।  पाकिस्तानले १९ औं सार्क शिखर सम्मेलनको मिति प्रस्ताव गरेको छ । अर्को वर्ष पाकिस्तानमा हुने सार्क सम्मेलनका तीन विकल्प सहित पाकिस्तानले मिति प्रस्ताव गरेको हो ।

सार्क सम्मेलनका लागि सन् २०१६ को नोभेम्बर १० र ११ को मिति पाकिस्तानले प्रस्ताव गरेको छ । पाकिस्तानले नोभेम्बर १३ देखि १८ र २० देखि २५ को मिति पनि प्रस्ताव गरेको छ । पाकिस्तानले अर्को वर्ष नोभेम्बर १३ देखि १८ भित्र सम्मेलन गर्ने प्रस्ताव सार्क मुलुकलाई पठाएको छ । गत वर्ष काठमाडौंमा भएको १८ औं सार्क सम्मेलनले अर्को १९ औं सार्क सम्मेलन पाकिस्तानमा गर्ने तय गरेको थियो । पाकिस्तानले सार्क प्रोग्रामिङ कमिटीको मिटिङ अर्को वर्षको नोभेम्बर ६ मा गर्ने प्रस्ताव गरेको छ । पाकिस्तानको प्रस्ताव अनुसार विदेशमन्त्रीहरुको बैठक अर्को वर्ष नोभेम्बर ९ मा हुनेछ ।

सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटान र अफगानिस्तान देश छन्  । पहिलो सार्क सम्मेलन सन् १९८५ मा बंगलादेशको ढाकामा भएको थियो । तर, ३० वर्षमा १८ वटा मात्र सम्मेलन भए । भारत र पाकिस्तानवीचको आपसी तिक्तताले सार्क सम्मेलन प्रभावित हुने गरेको छ ।

16

तपाईको प्रतिक्रिया