महिला सशक्तिकणमा अब्बल उत्थान समाज, माघी महोत्सवको तयारी


सुनिल चौधरी
झुम्का, पुस ९ गते । यसअघिसम्म घरको चुलोचौकामा सीमित रहेका थारु महिलाहरु समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न थालेका   छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरी संस्थाको उत्कृष्ट काम कर्तब्यले यहाँका महिलाहरु एकजुट हुदै नेतृत्वमा अब्बल बन्दै गएका हुन् ।

महिला हिंसाबिरुद्ध शसक्त आवाज उठाउदै आएको उत्थान समाजले नेतृत्व विकास तथा जनचेतनाका बिभिन्न कार्यक्रम स्थानीयस्तरमा गर्दै आएको छ । संस्थाको कार्यक्रमले स्थानीयरुपमा अधिकांश महिलाहरुको सशक्तिकरणमा बृद्धि भएको स्थानीयको भनाई छ ।

समाजमा महिलाको भुमिकाको सम्मान गर्ने संस्कार चेतनाकालागि रामधुनीका बिभिन्न गाउँ टोलका एकसय भन्दा बढी महिलाहरुको सहभागितमा भर्खर बनभोज कार्यक्रम आयोजना गरेको छ । उत्थान समाजले माघी महोत्सव, जितिया महोत्सवसहित जनचेतननामूलक अभियान र प्रशिक्षण कार्यक्रमसमेत गर्दैआएको छ ।

थारु समुदायमा महिलाहरु कामबिशेषले घरबाहिर जाँदा बिभिन्न नाकारात्म टिकाटिप्पणी गर्ने संस्कारले महिला हिंसा बढदोक्रममा रहेको हुँदा बनभोजको आयोजना गरेरै भएपनि उत्थान समाजले महिला शसक्तिकरणकालागि शन्देस दिन सफल भएको छ ।

उत्थान समाजको अयोजनामा शनिवार बनभोज कार्यक्रममा सहभागी भएका महिलाहरुले अब महिलाको नेतृत्व क्षमतामा बृद्धि हुँदैगएको बताएका छन् । थारु समुदायमा महिलाहरु कामबिशेषले घरबाहिर जाँदा बिभिन्न नाकारात्म टिकाटिप्पणी गर्ने संस्कारले महिला हिंसा बढदोक्रममा रहेको हुँदा बनभोजको आयोजना गरेरै भएपनि उत्थान समाजले महिला शसक्तिकरणकालागि शन्देस दिन सफल भएको छ ।

समाजमा पुरुषहरुले मात्र बाहिर गएर बनभोज गर्न पाउने तर महिलाहरु घरको काम गर्नुपर्ने परम्परालाई हटाउँदै एकदिने भएपनि भेला भएर रमाईलो गरेसंगै महिला जागरुताकालागि सन्देशमुलक कार्यक्रमसमेत गरेको छ । वनभोजको नाममा जनचेतनामुलक कार्यक्रम पनि समाजले सम्पन्न गरेको उत्थानकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

समाजमा थारु महिला खुलेर बाँच्नकालागि चाहदाचाहँदै पनि त्यो अवस्था अझै आउन नसकेको अवस्थामा उत्थानले त्यसलाई चिर्ने प्रयास गर्दैआएको अध्यक्ष चौधरीको तर्क छ । थारु महिला पढेलेखेका छन् तर समाजमा बिद्यमान केहि कुसंस्कारले अगाडि आएर काम गर्न अझै पाएका छैनन् चौधरीको बुझाई छ । समाजमा विद्यमान कुसंस्कारको अन्त्य गरी थारु महिला एकजुट भएर अगाडि बढ्ने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

माघी महोत्सवको तयारी
त्यसैगरी महिलाकै नेतृत्व बिकासका लागि २०७४ सालको माघी महोत्सव महिलाकै नेतृत्वमा गर्ने तयारी उत्थान समाजले गरेको छ । यसअघिको वर्षमा पनि सो संस्थाले महोत्सव सफलतापूर्वक गर्दैआएको थियो ।

सुनसरीको रामधुनीस्थित झुम्का बजारमा सातदिने माघी महोत्सवको तयारी भएको सो संस्थाले बताएको छ । २०७३ सालमा उत्थान समाजले गरेको ५ दिने माघी महोत्वमा थारु परिकारले खुवै चर्चा पाएको थियो ।

महोत्सवमा थारु परिकार घुंगी, सिपि, बगीया, भुजाको लड्डु, तिलको लड्डु, परेवाको मासु लगायतका परिकारको स्वदले सबैको ध्यान तान्ने गरेको छ । परिकार बेचेर मात्र संस्थाले एकलाख रुपैयाँभन्दा बढि आम्दानी गरेको संस्थाकी कोषाध्यक्ष आशा चौधरीले बताउनुभयो ।

थारु परिकारको स्वाद लिनकालागि महोत्सवमा ईलाम, धनकुटा, भेडेटार, भोजपुरबाट समेत दर्शक तथा ग्राहक आउने गरेका छन् । महोत्सवका कारण रामधुनीमा आन्तिरीक पर्यटन प्रवद्र्धनमा बृद्धि भएको छ ।

गत सालभन्दा यस बर्ष अझ ब्यवस्थित ढंगले माघी महोत्सवको तयारी गरिएको कोषध्यक्ष चौधरीले बताउनुभयो । महोत्वसले थारु संस्कार र संस्कृति संरक्षण हुने भएकाले यस बर्ष पुर्वका थारुको भाषाअनुसार तिला संक्रईत महोत्सव बनाउन लागेको संस्थाले जनाएको छ ।

पूर्वका थारुको भाषामा माघीलाई तिला संक्राईत भन्ने गरिन्छ । सो पर्वमा थारुहरुले सख्खर मिश्रित भुजाको लड्डु, तिलको लड्डु त्यसैगरी माछा लगायतका परिकारहरु खाएर मनाउने गर्छन् ।

घरमा भित्र्याइएको नयाँ अन्नपातले बनेको परिकार कुलदेवतालाई चढाएर प्रसादकारुपमा थारुले खाने गर्छन् । यस किसिमका परिकार खानाले जाडोमा शरीरको तापक्रम नियन्त्र र जाडोबाट हुने संक्रमणबाट बच्नमा सघाउ पुग्नेगरेको थारु बुद्धिजिवीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया