धनगढीमा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेलहुने


Football

धनगढी, मंसिर २ गते ।
धनगढी रंगशालामा हुने नेपाल र भारतवीचको मैत्रीपुर्ण फुटवल खेलको सम्पुर्ण तयारी पुरा भएको छ । आज आयोजक हसनपुर युवा क्लवले पत्रकार सम्मेलन गर्दै सवै तयारी सकिएको क्लवका उपाध्यक्ष ठक्कर देउवाले जानकारी दिनुभयो ।
विहिबार दिउँसो २ वजेदेखि धनगढी रंगशालामा मैत्रीपुर्ण खेल हुन लागेको हो । भारतको तर्फवाट भोपाल विश्व विद्यालय र नेपालको तर्फवाट हसनपुर युवा क्लवले प्रतिनिधित्व गर्र्दैछन । मैत्रीपुर्ण खेलको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले उद्घाटन गर्ने खेलका संयोजक तेज वमले जानकारी दिनुभयो ।

यता नेपालको प्रतिनिधित्व गर्ने हसनपुर युवा क्लवको १८ सदस्यीय टीम पनि घोषणा गरिएको छ । १६ खेलाडी र दुई अफिसियल गरी १८ सदस्यीय टीमको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । सन्दीप कुँवरको कप्तानीमा रहेको टोलीको उपकप्तानमा भीष्म भाट र गोलरक्षकमा अमानत सेख रहेका छन । टोलीका अन्य खेलाडीहरुमा प्रेम चौधरी, दिपेन्द्र वुढा, कमल देउवा, सुवाश राना, जीवन चौधरी, कालु थापा, सन्तोष कार्की छन । त्यसैगरी रोशन खत्री, विजय सिंह ठकुरी, सुसिल पाण्डेय, वलवहादुर सिंह, नरेन्द्र चौधरी र वादल पाख्रीन टोलीमा छन ।

टीम व्यवस्थापकमा कुमार शाही र टीम प्रशिक्षकमा यज्ञ श्रेष्ठ छन । हार जीत जे भए पनि खेलाडीहरुले धेरै कुराहरु सिक्न पाउने र आफ्नो टीमले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक यज्ञ श्रेष्ठले वताउनुभयो ।
होम एण्ड अवे संरचनामा खेलिने मैत्रीपुर्ण खेल धनगढी पछि भोपाल विश्वविद्यालयमा खेल हुनेछ ।

तपाईको प्रतिक्रिया