थारु समुदायको धार्मिक आस्थाको केन्द्रः थारु ग्रामथान चौतर्फी संकटमा


धिरेन्द्रकुमार चौधरी
रामधुनी, जेठ २७ गते । इटहरी उपमहानगरपालिकाको थारु बस्तीमा रहेको ग्रामथान प्राय सार्बजनिक जग्गामै रहेको छ । त्यस्तै रामधुनी नगरपालिकाको बडा नं. ९ को दश ठाउँमा ग्रामथान छ । तर सबै ग्रामथान ऐलानी जग्गामा निर्मित छन् । यी त ग्रामथानका उदाहरणमात्र  हुन् ।

इटहरी र रामधुनीमा मात्र होइन्, नेपालभरी रहेका थारु गाउँका प्रायः ग्र्रामथान प्राय सबै ठाउँमा एलानी जग्गामा नै निर्मित छन् । गाउँको सामुहिक पूजा र संरक्षणकालागि ग्रामथान (देउथान) मा गाउँलेहरुले सामुहिक पूजापाठ गर्ने गर्छन् । ग्रामथान समाज बिकासको एक आधार रहेको थारु अगुवाहरु बताउने गर्छन् ।

थारु कल्याणकारीसभाका केन्द्रिय सल्लाहकार रामराज चौधरीले पौराणिक कालदेखी तराईमा बसोबास गर्ने थारुहरुले जंगल फडानी गरी बस्तीबस्न योग्य बनाए र ग्रामथान स्थापना गरी धार्मिक आस्थाका लागि पूजापाठको शुरुवात गरेका थिए ।

नेपालका आदिबासी तथा यहाँ सबैभन्दा अगाडि आएका पुरानो जाती थारु हो । आईएलओ १६९ अन्तर्राष्ट्रिय महासन्धिमा उल्लेख भएअनुसार जमिन, जल र जंगलमा आदिबासीको अग्राधिकार संरक्षित छ ।

यहाँ पुजागर्दा परिबार र समाज सुख शान्ति हुने जनबिश्बास रहिआएको छ । थारु समुदायका सदस्यले विवाह गर्दा समेत ग्रामथानमा पूजा गरेपछि मात्र विवाह पूर्ण भएको मानिन्छ ।

थारु जातिको धार्मिक आस्थाको केन्द्र रहेको ग्रामथान संरक्षणको पर्खाइमा रहेको छ । सबै मिलेर पूजा गर्ने ग्रामथानका अगुवालाई गहदार भन्ने चलन छ । थारु गाउँमा सामुहिक पूजापाठ गर्ने देउथानले थारु समुदायको एकता र सामुहिकताको भावनाको विकास गर्ने गरेको थारु अगुवाहरु स्वीकार्छन् ।

ग्रामथानमा ५६ करोड देबी देबताको पूजा हुँदैआएको जनबिश्वास थारु समुदायमा रही आएको छ । रामधुनीका स्थानीय गणेश चौधरीकाअनुसार राजाजी र बिच्छु धामीको नाममा पूजा गरीने थान यस नामबाट पनि चिनिने गरीएको छ ।

यहाँ बिभिन्न देबी देबताहरु लाटी बौकी, खाखी बाबा, तुमरुम मुखिया, भोलानाथ सुब्बा, फुलिया धमयाइन, लक्ष्मी, सुकल र मुसन सरदारको पूजा गरिन्छ । त्यसैगरी कमला कोइथ (जब्दी माता) लगायत देबीदेबता र पितापुर्खाहरुको पूजा गर्नेगरेको जानकारहरु बताउँछन ।

सामुहिकरुपले पूजा गर्नुकासाथै बिबाह र शुभ कार्यमा पूजागर्ने र आशीर्वाद लिने चलन छ । यहाँ पुजागर्दा परिबार र समाज सुख शान्ति हुने जनबिश्बास रहिआएको छ । थारु समुदायका सदस्यले विवाह गर्दा समेत ग्रामथानमा पूजा गरेपछि मात्र विवाह पूर्ण भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया