राजुले जी.के. स्पोर्टसको ब्याटले खेल्ने


धनगढी, मंसिर ९ गते । नेपाली यु १९ टीमका कप्तान राजु रिजाललाई धनगढी स्थित जी.के स्पोर्टस हाउँसले बार्षिक रुपमा आवश्यक सम्पुर्ण खेल सामाग्री प्रदान गर्ने भएको छ । यु १९ विश्वकपका राजुले जी.के स्पोर्टसको लोगो अंकित ब्याटबाट खेल्ने भएका छन ।

आगामी जनवरी २२ बाट बंगलादेशमा हुने यु १९ विश्वकप क्रिकेटको बन्द प्रशिक्षणका लागि काठमाण्डौ जानु अघि जी.के स्पोर्टसले राजुलाई सो सहयोग गरेको हो । ब्याट हस्तान्तरण गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीलाई प्रोत्साहनस्वरुप खेल सामाग्री प्रदान गरेकोमा जी.के स्पोर्टसलाई धन्यवाद दिनु भयो ।

ब्याट ग्रहण गर्दै राजुले विश्वकप अगाडि स्थानियस्तरबाट आफुहरुलाई साथ र सहयोग गरेकोमा जी.के स्पोर्टसलाई धन्यवाद दिएका छन । विश्वकपको तयारीबारे प्रतिक्रिया दिदै राजुले आफुहरुले नियमित प्रशिक्षण जारी राखेको र आफुहरुले नेपाली क्रिकेट समर्थकलाई निराश नतुल्याउने बताए ।

नेपाललाई विश्वकप सम्म पुर्याउन कप्तान राजुको भुमिका महत्वपुर्ण रहेको थियो । विश्वकप क्वालिफाईमा राजुले नेपालका तर्फबाट शतक प्रहारगर्नुका साथै टीमलाई च्याम्पियन बनाउन सफल भएका थिए ।

तपाईको प्रतिक्रिया