संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु


Sonu

थारु चलचित्र बनाउनुको प्रमुख चुनौति के हो ?
शुरुमा मैले कला भनेको रफ विषय हो सोचेको थिएँ । तर त्यस्तो रहेनछ । यसको गहिराईमा पस्दा यो विशाल समुन्द्रजस्तो लाग्यो । दर्शकलाई हलसम्म ल्याउन सक्नु, प्राविधिक हिसावले सन्तुलन मिलाउन सक्नु नै प्रमुख चुनौत हो । पहिलो कुरा नेपाली दर्शकलाई हलसम्म ल्याउनै चुनौति छ, दोस्रो थारु भाषाको चलचित्रमा त झन समस्या पर्ने नै भयो । चलचित्र क्षेत्रलाई समाजसेवा र आधुनिक सञ्चार माध्यमकोरुपमा दर्शकलाई बुझाउन नसक्नु नै कमजोरी भएको छ ।

कलाक्षेत्र र गृहणी क्षेत्रमा काम गर्दा के फरक पाउनु भयो ?
अकाश जमिनको फरक छ । राजनीति र कला क्षेत्र उस्ताउस्तै हो । यसमा धेरै सीमाहरु छन् । तर घरमा अलि सहज छ । तर त्यहाँ पनि काम गर्ने सीमा त छ नै । बाहिर बढी औपचारिकता छ तर घरमा त्यति छैन । आर्थिक, प्राविधिरुपमा फरक छ । घरभन्दा बाहिर बढी संघर्ष छ ।

SAM_2417

नेपाली र थारु चलचित्रमा काम गर्दा के फरक पाउनु भयो ?
नेपाली फिलिममा बढी लगानी चाहिन्छ । थारुमा कम लगानी गर्दा पनि पुग्छ । क्यामेराको हिसाबले पनि नेपाली चलचित्रमा बढी महंगो   पर्छ । भाषागत समस्या छ । थारु गाउँमा थारु चलचित्र प्रदर्शन गर्दा सहज हुन्छ तर त्यही चलचित्र काठमाडौं लगायतका शहरमा प्रदर्शन गर्दा बुझ्नमा समस्या हुन्छ । भाषा नबुझ्दा दर्शक हलसम्म आउँदैनन् ।

चलचित्र बनाउनुको प्रमुख उद्देश्य के हो ?
ठोस सन्देश दिने र चेतना जागृत गराउने नै प्रमुख लक्ष्य हो । थारु चलचित्रमा मेरो प्रमुख उद्देश्य विकृति विसंगति र पछाडि परेको वर्गलाई सचेत गराउने लक्ष्य राख्ने गर्छु । चलिचत्र क्षेत्र राजनीति गर्ने थलो पनि हो । राजनीतिक चेतना पनि चलचित्रमा हुन्छ । मैले बनाउने चलचित्रमा सन्देश दिने प्रमुख लक्ष्य हुन्छ । चलचित्र समाजसेवा पनि हो । समाजसेवामा मेरो फिलिमको कथा बढी केन्द्रित रहनेगर्छ । थारु भाषा कला, संस्कृति र भाषा संरक्षणमा पनि लक्ष्य हो ।

SAM_2424

कला क्षेत्रमा लागेको कति समय भयो ?
दश वर्ष भयो । तर छोरी जन्मिएपछि छ वर्ष ग्याप भयो । आर्थिक, भौतिक र अन्य कारणले चलचित्रलाई परिस्कृत र निरन्तरता दिन सकिरहेको छैन । फिलिमको च्यारेटी सो गर्दा ५० देखि ७५ हजारसम्म शुल्क तिर्नुपर्छ । आर्थिकपक्ष पनि चलचित्रको लागि प्रमुख स्रोत हो ।

थारु समुदायबाट अपेक्षा के छ ?
पहिलो कुरा थारु समुदाय चलचित्र क्षेत्रमा जागरुक छैन । थारु चलचित्रलाई माया गर्नुपर्छ भन्ने सचेत्ना आइसकेको छैन । ठूलो लगानी गरेर हामी चलचित्र बनाउँछौं तर हलसम्म दर्शक नआए त्यो लगानी मिथ्या हुन्छ । त्यसैले मेरो आग्रह छ, थारु चलचित्रलाई पहिले थारु समुदायले माया गर्नुपर्छ, दोस्रो कला क्षेत्रलाई माया गर्ने सबै समुदायले प्राथमिकता दिनुपर्छ ।
थारु समुदायको आफ्नो चलचित्र हल छैन । लगानी छैन । च्यारेटी सो गर्नलाई पनि समस्या परिरहेको छ । ठूलो रकम तिर्नुपरिरहेको छ । थारु समुदायले यतातिर ध्यान दिनुपर्छ होला ।

नयाँ आउने चलचित्र कुन हो अब ?
तुँ मिल गैलो थारु चलचित्र प्रदर्शनको तयारीमा छ । माघ १ गते प्रदर्शन गर्ने तयारी थियो, तर प्राविधिक समस्याले भएन । आगामी नयाँ वर्ष वैशाख १ गते देखि प्रदेर्शनमा ल्याउने तयारीमा जुटेको छुँ । चलचित्र बनाउने ठूलो कुरा होइन, त्यसलाई चलाउन सक्नु ठूलो काम हो ।

तुँ मिलगैलो फिलिमके प्रमुख पक्ष के हो ?
लभ स्टोरी, समसामयिक विषय समेटेको फिलिम हो । स्वादिष्ट खानाके लागि ठिक्कमात्रामा नुन, तेल, खुर्सानी र मसालाको आवश्यकता पर्छ, त्यसैगरी यस फिलिममा सबै खुराक छ । दर्शकले यस फिलिमलाई माया गर्नुहुन्छ भन्ने मलाई पूरा विश्वास छ ।
सोनु थारु, संगत चौधरी, राज कुश्मी, राकेश चौधरी, प्रमिला चौधरीको जोड्दार अभिनय छ । यस फिलिमको निर्देशन शंकर महर्जन र चन्द्र चौधरीले गर्नुभएको छ ।

Sonu1

चलचित्र क्षेत्रमा टिक्नु पछाडिको राज के हो ?
संघर्ष र परिस्कृतता नै हो । यो क्षेत्रमा लाग्न सुन्दरतासँगै, शिक्षा, योग्यता, दक्षता र ग्लामर पनि आवश्यक पर्छ । मलाई त लोटरी लागेको हो कला क्षेत्रमा । मैले यो क्षेत्रमा आउँछु भनेर सोचेको थिएन । म अहिले चलचित्र आफै बनाउन सफल भएको छुँ, स्क्रीप्ट राईटरको जिम्मेवारीमा छुँ । जन्जिर तोडेर म यो क्षेत्रमा आएको हुँ । अझै धेरै संघर्ष गर्नुछ । यो क्षेत्रमा धेरै प्रतिस्पर्धा चाहिन्छ । मैले पनि अहिलेसम्म प्रतिस्पर्धा गरेरै टिकेको छुँ ।

जीवन के हो ?
पूरै संघर्ष हो । प्रतिस्पर्धा हो । पहिचान गर्न सक्दा जीवन व्युटिनेस पनि हो ।

अहिलेसम्म कति चलचित्र बनाउनुभयो र कतिमा अभिनय गर्नुभयो ?
मैले बनाएको चलचित्रमा दरार, यी कैसिन नाता, डगर हो । तुँ मिलगैलो र मस्तैली आउने तयारीमा छ । अभियन गरेको नेपाली चलचित्रमा प्रेमके जाल, करम, बुह्रान, द क्राइम, देवरबाबु, हिम्मत–२, त्वहार प्यारमे, उपहार, मस्ती आदि हुन् ।

जाँदाजाँदै दर्शकलाई केही भन्नु छ ?
छ वर्षपछि नयाँ चलचित्र तुँ मिलगैलो लिएर आउँदैछुँ । वैशाख १ गते सम्भवतः जयनेपाल हलमा च्यारेटिसो गर्छु । दर्शकहरुले मलाई माया गरेर मेरो चलचित्रलाई माया गरेर हलसम्म आइदिनु होला भन्ने आग्रह गर्छु । सोनु थारु धेरै ठूलो संघर्ष गरेर चलचित्र क्षेत्रमा आएको हो, अब मलाई स्थापित गर्ने काम दर्शकहरुको हो । मलाई विश्वास छ, मेरो कला, अभिनयलाई मन पराएर दर्शकहरु हलसम्म आउनु हुनेछ ।
प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया