पुरातात्विक महत्वका कुवाको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा


धिरेन्द्रकुमार चौधरी
सुनसरी, मंसिर ३० गते । संरक्षणको अभावमा पुरातत्विक महत्वका प्राचीन कुवा मासिने अबस्थामा पुगेका छन् । प्राचीनकालदेखि हाम्रा पुर्खाले आफ्नो मेहनत र परिश्रमले निर्माण गरेका परम्परागत कुवाहरुको संरक्षण हुन नसक्दा लोपहुने अवस्थामा पुगेको हो ।

तराइ क्षेत्रमा पहिले हाम्रा पुर्खाहरु खानेपानीका लागि कुवामा निर्भर रहेका थिए । आदिवासी थारु समुदायको प्रत्येक गाउँमा सार्वजनिक कुवा रहेको थियो । अहिले पनि केही गाउँमा रहेको पक्की कुवा संरक्षणको पर्खाइमा जिर्ण बन्दैगएका छन् । सार्वजनिक जग्गा र केही ठाउँमा ऐलानी जग्गामा कुवा निर्माण गरिएको थियो । यसको संरक्षन र सम्बद्र्धन हुन सकेको छैन ।

परापुर्व कालदेखि जल, जमिन र जङ्गलमा आदिवासीहरु निर्भर हुँदैआएका थिए । कुवालाई जलदेवताको रुपमा पुजा गर्ने चलन रहेको छ । गाउँमा बिहेबारी हुदा कुवामा नवजोडीले पुजागरी आशीर्वाद लिने चलन छ । आधुनिक युगमा कल र खानेपानी टङकीको बिकास भएपछि पुराना कुवा र इनार लोपहुदै गएको जानकारहरु बताउँछ्न ।

रामधुनी–९ मा खानेपानीका लागि ठूलो कुवा निर्माण गरिएको थियो । यसको महत्व नबुझेर निर्माण गर्नेले मासी दिएको स्थानीय बताउँछन् । रामधुनी ३ का ६५ बर्सिय वसन्त चौधरीले परियारपुर गाउँमा सार्वजनिक जग्गामा रहेको बुढिया कुवा अहिले लोपहुने अबस्थामा पुगेको बताउनुभयो ।

खाली जग्गा अहिले बेवारिसे अबस्थामा रहेको छ । पुर्व पश्चिम राजमार्ग झुम्का छेउमै करीब पाँचधुर जग्गा क्षेत्रफल अतिक्रमण हुने सम्भावना बढेको स्थानीयले बताएका छन् । चौधरीकाअनुसार स्थानीय थारु समुदाय मिलेर बनाएको कुवा निर्माण कार्यमा प्राबिधिक स्थानीय कुम्हार खटिएका छन् ।

स्थानीय नरेश पाण्डितले आफ्नो हजुरबुबाले धेरै ठाउँमा कुवा निर्माणका लागि प्राबिधिक काम गरेको जानकारी दिनुभयो । आफ्नो दाजु सुरेश पाण्डितले काठमाडौंमा रिङ्ग कारखाना खोली कुवा निर्माणको काम गर्दै आएको बताउनुभयो । अधिवक्ता रामराज चौधरीले पुरातात्विक महत्वका पाटि, पौवा, कुवा, धार्मिक र सस्कृतिक धरोहर संरक्षन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया