परिवर्तनका सम्वाहक युवा

रमेश टमट्टा

रमेश टमट्टा

Ramesh

संसारमा कुनै पनि परिवर्तन र विकास कसैले गर्नसक्छ भने केवल युवाले गर्न सक्छ । देशको विकास गर्नकालागि युवामा भएको शक्तिलाई सदुपयोग गरेर, युवालाई शसक्तीकरण गरेर मात्र सम्भव हुन्छ । समग्र विकासकालागि परिवर्तनको संवाहक युवा हो । त्यसैले युवाको सीप, क्षमता सम्भावनाको पहिचान, शसक्तिकरण गरी अगाडि बढ्न सकेमा हामी विकासमा पछाडि नपर्ने निश्चित छ । युवा त्यो हो जोसंग वेग, गति उर्जा र केही गर्ने हिम्मत र आँट हुन्छ । युवा सँधै आशावादी, दृढ निश्चयी बलिष्ठ र स्वस्थ हुनुपर्छ । पछिल्लो जनगणनाअनुसार नेपालमा युवाको जनसंख्या कुल जनसंख्याको ३८ दशमलब ८ प्रतिशत छ । भोलीका कर्णधार परिवर्तनका संवाहक भनेर युवालाई भन्ने गरिन्छ । युवाबाट समाजले धेरै अपेक्षा राखेको हुन्छ । तर यी युवाबाट केवल अपेक्षा राखेर मात्र कहा हुन्छ र ! राज्यले यीनिहरुको सीप विकासमा लगानी पनि गर्न जरुरी देखिन्छ । युवा जिवनप्रति संधै उत्साहित हुनुपर्छ । समस्या पर्दा डराउने युवा होईन ।

यी युवाबाट केवल अपेक्षा राखेर मात्र कहा हुन्छ र ! राज्यले यीनिहरुको सीप विकासमा लगानी पनि गर्न जरुरी देखिन्छ । युवा जिवनप्रति संधै उत्साहित हुनुपर्छ । समस्या पर्दा डराउने युवा होईन ।

हामीले नेपाली युवाहरुको प्रशंसा गर्नुपर्छ । २०७२ सालको महाभुकम्प पछि उद्धारमा सबैभन्दा बढी खटिने भनेका देशभरिका युवा नै हुन । निस्वार्थ भावना हुन्छ युवामा । पछिल्लो समयमा विश्वसामु खेलक्षेत्रमा पनि नेपाली खेलाडीहरुले सीमित पुर्वाधारका वावजुद गरिरहेको प्रगति प्रशंसनीय छ । सन् २०१६ मा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली युवाले उत्कृष्ट प्रदर्शन गरी देशको शीर उच्च बनाएका छन् । नेपाली खेलाडीहरुले भारतको गुवाहाटीस्थित ईन्दिरा गान्धी स्टेडियममा भएको साग फुटबलको फाईनल खेलमा भारतलाई पराजित गरेर शानदार जीत दिलाए । को पश्चिमको को, पुर्वको, को कुन धर्मको, को कुन क्षेत्रको, को बाहुन, को थारु, को मधेसी भन्ने भावना कुनै पनि युवामा आउदैन । त्यहा केवल देशभक्ती, देशप्रेम हुन्छ । जब देश अप्ठेरो संकटमा परेको हुन्छ तव संकट समाधान गर्न युवाको आवश्यकता हुन्छ । देश निर्माणमा युवाको योगदान अतुलनीय रुपमा हुन्छ भन्ने कुरा हामी नेपालको एतिहासिक घटनाक्रम अध्ययन गरेर पनि आंकलन गर्नसक्छौ । युवालाई सही नेतृत्व र सही मार्गनिर्देश गर्न सकेमा देशका ठूला ठूला समस्याहरु समाधान गर्न सकिन्छ ।

पछिल्लो समयमा नेपालको तराई र मधेशमा भइरहेको बन्द हढ्ताल र हिंसाले सबै नेपालीको मन रोएको छ । समस्या हाम्रो परिवारको हो, हामी नेपालीको हो । हामी सबै मिलेर एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना युवामा जागृत भएको देखिन्छ । युवा शक्तिलाई दुरुपयोग गरेर समाज भड्काउने, समाजमा बैमन्स्यता ल्याउन चाहने थुप्रै फटाहाहरुको फटाहा राजनीतिको खेल पनि कतिपयले गरिरहेको हामीले देखेका छौ । भोगेका पनि छौ । युवालाई कसैले उक्साएर भड्काएर समाजको एकतालाई भाँड्ने चेष्टा गर्न सक्छन् तर युवा कहिल्यै पनि कुनै पनि किसिमको लोभमा फँस्नु हुदैन । किनकी युवा आफैभित्र सबथोक छ । युवामा जस्तो हिम्मत र आँट अरु कसैलाई हुदैन । युवालाई प्रयोग गरेर आफ्नो स्वार्थपुर्ती गर्न खोज्ने मान्छेहरुले समाजको भलाईको साटो विभाजन र विभेदको राजनीति गर्न सक्छन । युवा आफैमा एउटा महान शक्ती हो तर पछिल्लो समयमा युवा शक्तीको दुरुपयोग भइरहेको यथार्थ हामीले देखे भोेगेका छौ । सही मार्गनिर्देश नहँुदा थुप्रै युवा दुव्यर्सनीमा फसेका छन ।

युवा आफैमा एउटा महान शक्ती हो तर पछिल्लो समयमा युवा शक्तीको दुरुपयोग भइरहेको यथार्थ हामीले देखे भोेगेका छौ । सही मार्गनिर्देश नहँुदा थुप्रै युवा दुव्यर्सनीमा फसेका छन ।

हामीकहां युवा बेरोजगारीदर २.७ प्रतिशत छ । गरिवी अशिक्षा बेरोजगारी दुव्र्यसनजस्ता समस्याहरु नेपाली युवाहरुले खेप्दै आइरहेका छन् । पछिल्लो समयमा युवाहरुमा बेरोजगारी समस्याले पनि डिप्रेसनजस्ता थुपै समस्याहरु देखिएका छन् । किन सरकारले पनि युवाको शक्तिलाई सदुपयोग गर्न सकिरहेको छैन ? के यो देश बुढाहरु मात्रै भएर चल्ने हो त ? दैनिक हजारौँ युवाहरु अर्काको देशमा रगत र पसिना बेच्न गइरहेका छन् । किन सरकार मौन छ ? गाउँका युवा सबै विदेश गएपछि खेताला नहुँदा खेतहरु बाँझा रहदै छन् । भुकम्पपीडीतहरुको उद्धार अझैसम्म हुन सकेको छैन । युवालाई परिचालन गरेर थुप्रै काम सरकारले निपट्याउन सक्छ । देशभित्र रहेका केही सीमित युवाहरु समेतमा वितृष्णा छाएको छ । बिए, एमए पढेर पनि देशमा रोजगारी नपाएर खाडी मुलुक जानुपर्ने र त्यहाँ जस्तोसुकै दुख पनि स्वीकार्नु पर्ने बाध्यता किन परिरा’छ ? यहाँ जागिरका लागि कुनै ठाउँमा निवेदन गर्दा पहँुच नै नभएको युवालाई जागिर नै पाउन मुस्किल छ । यहाँ जागिर पाउनेहरुमा जस्को राजनीतिक पहुँच बलियो छ । जस्ले घुसपैठ गर्नसक्छ तीनीहरु नै छन् । समस्या युवाका ज्युका त्यु छन् । जसोतसो स्वदेशमै काम गरिरहेका युवा पत्रकारहरु, कतिपय राम्रो भविष्य बोकेका खेलाडीहरुसमेतले आफुसुहाउँदो रोजगार अवसर नपाएर वा विविधकारणले विदेश पलायन हुनुपरिरहेको छ । सरकारले युवा शसक्तिकरणलाई निकै जोड दिनुपर्छ ।

यहाँ जागिर पाउनेहरुमा जस्को राजनीतिक पहुँच बलियो छ । जस्ले घुसपैठ गर्नसक्छ तीनीहरु नै छन् ।

सोचाई र कामले मान्छेलाई युवा बनाउने हो । उमेरले कोही बुढो र युवा हुने होईन । युवालाई सामान्यतया यती उमेरदेखी यती उमेर समुहको मानिस हो भनेर जवाफ दिएर मात्र हुँदैन । विभिन्न दृष्टिमा युवालाई परिभाषित गर्ने गरेको पाइन्छ । राष्ट्रिय युवानीतिले १६ देखी ४० वर्ष सम्मका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । युवालाई विभिन्न मानिसले आ–आफ्नो किसिमले परिभाषित गर्नेगरेका छन् । आजको युवा भोलीको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, डाक्टर, ईन्जीनियर, पाईलट, शिक्षक, समाजसेवी, खेलाडी, पत्रकार ईत्यादी मध्ये जे पनि हुनसक्छ । यी सबै बन्ने हिम्मत र आँट युवामा हुन्छ । युवालाई शिक्षा, सिप, तालिम, दिएर स्वरोजगार बनाउन अग्रसर गराएर, यीनीहरुको क्षमता अभिवृद्धी गरेर आत्मनिर्भर बन्न प्रोत्साहन गर्न सरकारले सक्छ । तर लामो समयदेखि सरकार युवाको भविष्यप्रति उदासिन हुनु डिम्वना हो । रोजगारीको समस्याले गर्दा थुपै्र युवाहरु दिनहँुजसो विदेश पलायन हुने समस्या रोकिएको छैन ।

आन्तरिक बजारमा रोजगारीका प्रयाप्त आधार नहुँदा युवा जनशक्ती विदेश पलायन हुन बाध्य भएको देखिन्छ । दशवर्ष अघि प्रतिवर्ष २ लाख युवा बाहिरिने नेपालबाट अहिले ५ लाख युवा वार्षिकरुपमा कामकालागि बाहिरिन्छन् । यस्तै परिस्थितीमा जारी भएको संविधानले देशलाई प्रगतिमा डोर्याउँछ की भन्ने आशा त गरिएको छ तर त्यो हेर्न बाँकी नै छ । तर पनि आजका युवालाई विगत फर्केर हेर्दा केही होला भन्ने विश्वास लाग्न सकेको छैन । कुनै पनि राजनीतिक पार्र्टीले आफु सरकारमा भएकाबेला आफ्ना केही युवा कार्यकर्तालाई भर्ति गरेर सबै युवाको भलाई हुदैन । युवाको लागि कुशल नेतृत्व हुन सकेको छैन र सरकारले पनि युवाको सशक्तीकरणको कार्यक्रमलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यति दिएको देखिदैन ।

कुनै पनि राजनीतिक पार्र्टीले आफु सरकारमा भएकाबेला आफ्ना केही युवा कार्यकर्तालाई भर्ति गरेर सबै युवाको भलाई हुदैन । युवाको लागि कुशल नेतृत्व हुन सकेको छैन र सरकारले पनि युवाको सशक्तीकरणको कार्यक्रमलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यति दिएको देखिदैन ।

श्रम तथा रोजगार मन्त्रालयकाअनुसार २०६२÷०६३ को जनआन्दोलन यता गत साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने युवा कामदारको संख्या ३९ लाख ९८ हजार २४ जना पुगेको छ । अवैध तरिकाले भारतीय मार्ग भएर जानेको संख्या करिब २० लाखसम्म रहेको अनुमान छ । देशभित्र औधोगिक क्रान्ति गरेर रोजगारीका प्रयाप्त अवसरहरु सिर्जना गर्न सकियो भने नेपाली युवा बाध्यतामा विदेशिनुपर्ने अवस्था केही हदसम्म रोक्न सकिने देखिन्छ । अहिले विदेशबाट नेपाली युवाले कमाएर पठाउने रेमिट्यान्स रकमले नेपालको झन्डै २५ देखि ३० प्रतिशत अर्थतन्त्र थेगेको छ । बढ्दो व्यापारघाटा बराबरको रकम यही रेमिट्यान्सबाट आउदा देशको वित्तिय अवस्था सन्तुलनमा छ । कृषिजन्य उत्पादनका न्युनतम आधारभुत खाद्य सामग्रीका लागि पनि भारतमा निर्भर नबनौँ । देशभित्रै लगानीको बातावरण सरकारले चाँडोभन्दा चाँडो गर्नुपर्छ । निजी क्षेत्रलाई पनि औधोगिक विकासका लागि हौसला दिने किसिमका कार्यक्रमहरु ल्याउनु पर्छ ।

देशभित्रै लगानीको बातावरण सरकारले चाँडोभन्दा चाँडो   गर्नुपर्छ । निजी क्षेत्रलाई पनि औधोगिक विकासका लागि हौसला दिने किसिमका कार्यक्रमहरु ल्याउनु पर्छ ।

देशमा उधोगधन्दाको विकास विस्तार नुहुनुको मुख्यकारण राजनीति नै हो । यसैकारणले रोजगारीका अवसर पनि सिर्जना हुन सकेका  छैनन् । पाँच महिनासम्म तराईमा भएका बन्द, हड्ताल र भारतीय नाकाबन्दीकाकारण करिब २ हजार बढी उधोगहरु बन्दभएको तथ्यांकले देखाउँछ । स्वदेशमै भएका जिर्ण अवस्थामा रहेका उधोगहरुको सन्चालन गर्ने सम्बन्धमा पनि सरोकारवालाहरुको चासो देखिदैन । विभिन्न पुर्वाधार विकासका लागि सरकारले छुट्याउने गरेको बजेट कयौँपटक फ्रिजहुने गरेको तितो यथार्थ हामीसामु छ । अब राजनैतिक दलहरुले पनि राजनैतिक खिचातानीको खेल खेल्नु हुदैन । राजनीतिक दलहरुले देशको भलाई र विकाश निर्माणलाई आत्मसात गर्दै सहमती गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । हाम्रो नेपालसँग भएको स्रोतसाधन नै परिचालन गर्नसकेमा मात्रै पनि हामी देशको विकास तिव्ररुपमा गर्नसक्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया