पायोनियर्सले मालिकालाई जित्यो


Cricket

धनगढी, फागुन ७ गते । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन् । शुक्रवार भएको पहिलो खेलमा पायोनियर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ ।

टस जितेर व्याटीङ गरेको पायोनीयर्सले निर्धारित १२ ओभरमा ६ विकेटको क्षतीमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको मालीका १० दशमलव २ ओभरमा ५४ रनमा समेटियो ।

शुक्रवार नै भएको दोस्रो खेलमा क्यास्पीयन एकेडेमी विजयी भएको छ । टस जितेर व्याटीङ गरेको क्यास्पीनले १२ ओभरमा ७ विकेट गुमाउदै ८७ रन बनायो । ८८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको ग्ली एकेडेमी ७७ रनमा समेटिएपछि क्यास्पीयन १० रनले विजयी भएको   हो ।

शुक्रवार नै भएको तेस्रो तथा अन्तिम खेलमा फारवेष्टले सत्यवती अत्तरीयालाई ५३ रनको फराकीलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटीङ गरेको फारवेष्टले १२ ओभरमा ७ विकेटको क्षतिमा १ सय ७ रन बनायो । सत्यवती ५४ रनमा समेटीएपछि फारवेष्टले सहज जित हात पारेको हो ।

तपाईको प्रतिक्रिया