आजभोली सञ्चारमाध्यममा भ्रष्टाचारको सवालले प्रमुख स्थान पाउन थालेको छ । नुनदेखि सुनसम्म र नीति निर्माता देखि नीति कार्यान्वयनका तहसम्म भ्रष्टाचार हुनेगरेको तथ्य देखिन थालेको छ । उच्च पदस्थ कर्मचारी तथा नेताहरुबाटै नीतिगतरुपमै भ्रष्टाचार गर्ने गराउने परम्परा व्याप्त देखिन्छ । भ्रष्टाचार निवारण गर्नकालागि निर्माण भएका कानुन र सोही बमोजिम भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्ने संरचनाले भ्रष्टाचारीउपर अनुसन्धान र अनुसन्धानका आधारमा कारबाही प्रक्रिया प्रारभ्म गरेको जस्तो देखिए पनि सो कार्यले अपेक्षाकृत सफलता प्राप्त गरेको पाईदैन । यो तथ्यले कानुन निर्माण र कारबाहीले मात्र भ्रष्टाचार निवारण हुन नसक्ने तथ्यतर्फ संकेत गर्दछ । यस्को अर्थ भ्रष्टलाई उन्मुक्ती दिनु पर्दछ भन्ने होइन । बिश्वमै पुर्ण भ्रष्टाचाररहित राज्य पाउन प्राय असम्भव रहेको तथ्यलाई समेत नजरअन्दाज गर्न भने मिल्दैन ।
भ्रष्टाचार समकालिन बिश्वकै प्रमुख समस्या हो । यो समस्या समाधानका लागि कानुनी प्रयत्नमात्र प्रयाप्त हुदैन । भ्रष्टसंग आचरणसमेत जोडिएर भ्रष्टाचार बनेको छ र समाजको आचारणकै पृष्ठभुमिमा यस्को समाधान खोजिनु पर्दछ भन्ने हो । आचारण भन्नासाथ ब्यक्तिको बानी बेहोरा, आनीबानी वा चरित्र र नैतीकताका आधारमा हेरिने मानिसको ब्यबहार, शिलस्वाभाव, अनुशासन र कर्तब्यलाई बुझाउँछ । त्यसैले आचरण निर्माणमा परिवार, समाज, चिन्तन, ब्यवहार, समकालिन परिस्थीति, धर्म, सस्कृति र परम्परा समेतले महत्व राख्दछ । सामाजिकिकरणको प्रकृयाले ब्यक्तिका सोचाई र चिन्तन लाई प्रभाव पार्ने हुँदा यो समस्याको निराकरण समेत यही पृष्ठभुमिमा खोजिनु पर्दछ । नेपाली समाजमा भ्रष्टाचार सस्कृति भएकाले यो सस्कृति परिवर्तन आजको आवश्यकता हो । सास्कृतिकरुपमै अनुमोदन भैसकेको परम्पराको समाधान समेत त्यहि पृष्ठभुमिमा खोजिनु पर्दछ ।
नेपाली समाजमा भ्रष्टाचार सस्कृति भएकाले यो सस्कृति परिवर्तन आजको आवश्यकता हो । सास्कृतिकरुपमै अनुमोदन भैसकेको परम्पराको समाधान समेत त्यहि पृष्ठभुमिमा खोजिनु पर्दछ ।
नेपालमा हाल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन २०५९ ले सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितकालागि समाजमा आर्थिक अनुशासन र सदाचार कायम राख्ने उद्देश्य राखेको पाईन्छ । तर उद्देश्य अनुरुप परिणाम आएको छैन । सदाचार शब्दले नै ब्यक्तिका बयक्तिक बिषयतर्फ संकेत गरेको र यो ब्यक्तिको निजि स्वभाव भएकोले यस्तो स्वभाव परिबेशले निर्माण भएकाले परिबेश सुधारमै हस्तक्षेप गर्न राज्य उन्मुख हुनुपर्दछ । यसका लागि ब्यक्तिहरुको चिन्तनमा परिर्वतन ल्याउन सक्नु पर्दछ । नेपालमा भ्रष्टाचार निवारण सम्बन्धी कानुनको शुरुवात बि.स.२०१० देखि नै प्रारभ्म भएको भए तपनि यसले समय अनुसारकोरुपमा परिवर्तन आएको भएपनि सारमा भ्रष्टाचारको अवस्था थप जटिल बन्दै गैरहेको छ । एकातिर कानुन निर्माण हुनु र अर्कोतिर सजायको ब्यवस्था भै सोही बमोजिम कारबाहीको प्रक्रिया थालनी हुनुले डर त पैदा गर्न सक्दछ तर चिन्तनमा परिर्वतन सम्भव छैन ।
नेपालको भ्रष्टाचारको मौजुदा अवस्था हेर्ने हो भने सेवाग्राहीले सेवा लिनेक्रममा उनीहरुको सन्तुष्टिको मात्रा अन्तयन्त न्युन छ । समान प्रकृतिका कार्यमा समेत दोहोरो मापदण्डकाकारण सर्वसाधारणको राज्य र नीति नियमप्रति बिश्वास उठेको अवस्था छ । ठूलाबडाका लागि सहजहुने सेवा सर्वसाधारणका लागि असहज बन्न पुगेको छ । प्रत्येक बर्ष सार्वजनिक गरिने ट्रान्परेसेन्सी ईन्टरनेसनले १६८ देशमा भ्रष्टाचारको अवधारणा मापन गरेकोमा नेपालको अवस्था खस्कदो छ । बिश्वबैक, वल्र्ड इकनोमिक फोरम, वर्टेस्मयान फाउन्डेसन, वल्र्ड जस्टीस प्रोजेक्ट र ग्लोवल ईन्साईट समेत गरी ५ वटा संस्थाद्वारा गरीएको सर्वेक्षणका आधारमा नेपालले कुल १०० अकंमा २७ अंक प्राप्त गरी सन् २०१४ को तुलनामा २ अंक कम प्राप्त गरी १३० औं स्थानमा झरेको छ । बिश्वको १५ औं भ्रष्ट मुलुकमा नेपाल छ । दक्षिण एशियामा भुटानले ६५, भारत ३८, श्री लंका ३७, पाकिस्तान ३०, बगंलादेश २५ र अफगानिस्थानले ११ अकं प्राप्त गरेका छन् ।
सन् २०१४ को तुलनामा २ अंक कम प्राप्त गरी १३० औं स्थानमा झरेको छ । बिश्वको १५ औं भ्रष्ट मुलुकमा नेपाल छ । दक्षिण एशियामा भुटानले ६५, भारत ३८, श्री लंका ३७, पाकिस्तान ३०, बगंलादेश २५ र अफगानिस्थानले ११ अकं प्राप्त गरेका छन् ।
उपरोक्त तथ्यांकले नेपाल १६८ देशमध्ये १३० औं स्थान प्राप्त गर्न सफल भएको छ । १६८ देशमा गरिएको सर्बेक्षणमा डेनर्माक ९१ अंक प्राप्तगरी प्रथम स्थानमा रहेको छ भने सोमालिया र उत्तर कोरीया ८ अंक प्राप्तगरी सबैभन्दा बढी भ्रष्टाचार हुनेमा दरिएका छन् । त्यस्तै सुडान, दक्षिणी सुडान र अगोला समेतको अवस्था चिन्ताजनक छ । राम्रो अवस्थामा रहेका फिनल्याण्ड, स्वीडेन, न्युजीलेण्ड, नेदरल्याण्ड, नर्वे छन । धेरै भ्रष्टाचार हुने मुलुकको अवस्थाले युद्ध, जतिय युद्ध, अस्थीर राजनीति र ईच्छाशक्तिको अभावकाकारण नै भ्रष्टाचार मौलाएको संकेत गर्दछ ।
उपरोक्त तथ्यांकका आधारमा नेपालमा भ्रष्टाचार मौलाएको पाईन्छ । यसका कारकतत्वका रुपमा पदको दुरुपयोग गर्नेमाथि कारबाही कम हुनु, नियन्त्रण प्रभावकारी नहुनु, अनुसन्धान गर्ने निकायले नै गरेको भ्रष्टाचार हेर्ने निकाय नहुनु, सुशासनको मुद्दा प्राथकितामा नपर्नु, कानुन कार्यान्वयन नहुनु, सदाचार स्खलीत हुदैजानु, न्यून पारिश्रमिक हुनु र राजनैतिक ईच्छाशक्तिको अभावलाई मान्न सकिन्छ ।
भ्रष्टाचारको दायरा अत्यन्त ब्यापक भएको सन्दर्भमा आर्थिक चलखेलमात्र भ्रष्टाचार हो भन्ने बुझाई सर्वथा गलत हो । सर्वसाधारणको जिवनसंग प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्ध राख्ने बिबिध बिषयहरु भ्रष्टाचारको दायरामा पर्दछन् र पार्नु पर्दछ । सार्वजनिक सेवामा बसेकाहरु कार्यालय समयमा कार्यालयमा नबस्दा दुरदराजबाट आएका सेवाग्राहीहरुलाई एक रात होटलमा बस्नु पर्ने अवस्था सृजना भै थप आर्थिक ब्यभार प¥यो भने पनि भ्रष्टाचार निवारण ऐनको उद्देश्य बर्खिलाप हुनजानेतर्फ सेवा प्रदायक सचेत हुन आवश्यक छ । राजनैतिक दलभित्रै अन्तरपार्टी लोकतन्त्र नहुन र पारदर्शिता समेत नहुनुले पनि भ्रष्टाचार हो भन्ने कुरा हेक्का राख्नु पर्दछ । दुबै पक्षको सहमतिमा गोप्यमा हुने भएकाले भ्रष्टाचार निवारण आफैमा कठिन बिषय हो ।
भ्रष्टाचार हाम्रो संस्कृति बनिसकेको सन्र्दभमा भ्रष्टाचार न्युनिकरणका लागि तत्कालीन र दीर्घकालिन योजना बनाइ अगाडि बढ्न आवश्यक छ । तत्कालै गर्नुपर्ने कार्यमा राजनैतिक प्रतिबद्धता र उदाहरण आवश्यक छ । ओठे प्रतिबद्धता मात्र होईन । ब्यबहारमा देखीनेखालको हुनुपर्दछ । दृढ इञ्छाशक्ति, दोहोरो मापदण्डको अन्त्य, उच्च प्रशासनिकतहमा इमान्दारीता, कानुनको कार्यान्वयन आवश्यक छ । दीर्घकालिनरुपमा गर्ने कार्यमा नैतिक शिक्षामा जोड, सामाजिक सचेतना, संस्थागत सुधार, आचरण र ब्यबहारमा परिर्वतन, सामाजिक सुरक्षा र सामाजिक सम्मान कायम हुनेखालका गतिबिधि अगाडि बढाउनु अनिर्वाय छ ।
दृढ इञ्छाशक्ति, दोहोरो मापदण्डको अन्त्य, उच्च प्रशासनिकतहमा इमान्दारीता, कानुनको कार्यान्वयन आवश्यक छ । दीर्घकालिनरुपमा गर्ने कार्यमा नैतिक शिक्षामा जोड, सामाजिक सचेतना, संस्थागत सुधार, आचरण र ब्यबहारमा परिर्वतन, सामाजिक सुरक्षा र सामाजिक सम्मान कायम हुनेखालका गतिबिधि अगाडि बढाउनु अनिर्वाय छ ।
नेपाली समाजको परम्परा बमोजिम आफ्नो लागि नभइ सन्तान सुरक्षाका लागि आर्जनगर्ने प्रबृतिले भ्रष्टाचार मौलाएकोतर्फ ध्यानजान आवश्यक छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभुत बिषयमा राज्यले प्रभावकारी हस्तष्क्षेप गरी सामाजिक न्यायका आधारमा बितरण प्रणाली ब्यवस्थापन गर्नसके भ्रष्टाचार न्युनीकरण हुने प्रायः निश्चिित छ । निजामती सेवालाई क्षमता र योग्यता को आधारमा सञ्चालन गर्ने परीपाटीको बिकास गरी राजनतिी बाट अलग राख्न आवश्यक छ । ट्रान्सपरेन्सीको प्रतिबेदनले समेत कम भ्रष्टाचार हुने मुलुकको सुचिमा रहेका देशहरुमा सामाजिक न्यायको अवस्था बलियो रहेको छ । सदाचार, इमान्दारीता, इञ्छाशक्ति, नैतिकतामा बृद्धिगरी जसरी पनि पैसा कमाउने र समाजमा ब्यक्तिको ब्यक्तित्वको मापन पैसाको आधारमा मात्र गरिने पुँजीबादी चिन्तन लाई समाजका प्रत्येक तहबाट अपनाउन सके संस्कृतीकै रुपधारण गरेको नेपालमा भ्रष्टाचार कमहुने अपेक्षा गर्न सकिन्छ ।
(लेखक अधिवक्ता हुन् ।)