थारु कल्चरलाई चिनाउनेछुँः लेखी थारु


20160413_092614

वातावरण विज्ञानकी २२ वर्षिया विद्यार्थी वर्षा लेखी थारु हालै भएको मिस नेपाल प्रतियोगितामा तेस्रो स्थान हातपार्न सफल हुनुभयो । अहिलेसम्म थारु चेलीको तर्फबाट यति उचाइको सफलता पाउने उहाँ पहिलो हो । यो अवस्थासम्म पुग्न उहाँले कस्तो मेहनत गर्नुप¥यो, जीवनको बाँकी लक्ष्य के हो ? यावत विषयमा लेखी थारुसँग हमार पहुरा डट कमका रामलाल चौधरीले गर्नुभएको कुराकानीको संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

थारुबाट पहिलो पटक मिस इन्टरनेशनल हुनुभयो, कति मेहनत गर्नुप¥यो ?
धेरै मेहनत गरें । विहान ४ बजेदेखि विभिन्न भेराइटीको तालिम लिएँ । सबै तालिमको आफ्नो ठाउँमा महत्व थियो । घर आउँदा साँझको ७ बज्थ्यो । कसरी आफूलाई परिपक्व बनाउने भन्ने इन्टरनेटको धेरै सहयोग लिएँ । टप १० मा पर्छु भन्ने त एकदम कन्फिडेन्ट थिएँ । तर सोचेको भन्दा बढी सफलता हात लाग्यो । टप थ्रीमा आउन सफल भएँ । साथीहरु रोए । तर मलाई त्यस्तो केही भएन ।

भविष्यको योजना के हो ?
मिस इन्टरनेशनलको तयारीमा छुँ । थारु चेलीलाई मिस नेपाल बनाउन सकिएको छैन । निस्मा चौधरी पोहोर टप पाँचमा पुग्नुभएको थियो । आफूमा विश्वास राख्नुपर्छ । कोही मानिस पूर्ण हुँदैन । कमी कमजोरी चिनेर सुधार्दै अघि बढ्दा जित्न सकिन्छ । नेपाललाई इन्टरनेशनलरुपमा चिनाउन एक वर्षसम्म पूरै समय दिनेछुँ । थारु कल्चरको प्रोमोट गर्नेछु ।

20160413_092923

यो क्षेत्रमा आउने बाटो कसरी तय भयो ?
मिस नेपाल मेरो बच्चाको सपना थिएन । तीन चार महिना अगाडि मात्र योजना बनाएकी थिएँ । कहीं कतैबाट प्रेरणा पाएकोजस्तो त    लाग्दैन । पोहोरसाल पनि खासै हेरिन प्रतियोगिता । यो वर्ष खाली थिएँ । त्यसैले प्रतियोगितामा गएकी हुँ । निस्मा चौधरीलाई पोहोरको प्रतियोगितामा हेर्दा भने अलि हौसला मिलेको थियो । मिस नेपालमा आउने थारुचेली, नेपाली दिदीवहिनीहरुलाई मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु ।

खास रुचि के छ ?
खाना पकाउन मलाई धेरै रुचि लाग्छ । मिठाई बनाउन धेरै मन पराउँछु । खाली समयमा पेन्टिङ पनि गर्छु । मिठाइका विभिन्न परिकार बनाउन मलाई आउँछ ।

बाँकी लक्ष्य के हो ?
स्नातकोत्तर गर्ने सोच छ । वातावरण विज्ञानमै गर्नेछुँ । दोस्रो, राजनीति गर्ने सोच पनि छ । आर्थिकरुपमा सबल भएरपछि मात्र राजनीतितिर लाग्छु होला । जीवनको उत्तराद्र्धतिर राजनीतिमा जान्छु । महिलाहरुको राजनीतिमा कम सहभागिता भएकाले जाने सोच छ । वातावरण प्रोमोट गर्ने विद्यालय खोल्ने पनि सोच छ । हेरौं अब के के गर्न सकिन्छ । इको स्कूल खोल्ने मेरो लक्ष्य हो ।

जीवन के हो लाग्छ ?
जीवन संघर्ष हो । हाँसखुशी सबैचिज जीवनमा छ । जीवन एउटा चक्र हो । बाँचेर मात्र पनि हुँदैन, बाँच्ने तरिका पनि सिक्नुपर्छ । बाँच्न त सबैले बाँचेका छन् । तर कसरी बाँचेका छन् भन्ने पत्ता लगाउनुपर्छ ।

अन्त्यमा केही भन्नु छ ?
सबैकुरा भनिसकें । नयाँ वर्ष २०७३ को अवसरमा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सबैको लागि यो वर्ष शुभ रहोस् । प्रगति होस् ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया