यसैगरी हुँदोरहेछ सृजना !

गीता चौधरी

गीता चौधरी

Gita

कोठामा छोरा ‘आकाश’ एक्लै गुनगुनाइ रहेको थियो । कोठासँगै जोडिएको बाथरुममा म भाँडा मस्काइरहेकी थिएँ । के गरिरहेछ, कोसँग कुरा गरिरहेछ भनेर हात पखालेर हेर्छु ‘ऊ त मातृभाषाको कविता पो पढिरहेछ ।’ गोरखापत्रमा हरेकदिन मातृभाषाको दुईपृष्ठ प्रकाशन हुन्छ । हाम्रो मातृभाषा पश्चिमा डंगौराथारु । महिनाको दुईपटक मातृभाषाको खुराक पढ्न पाइन्छ । कामविशेषले गृहजिल्ला छाडेर काठमाडौं बस्नुछ । आफ्नो भाषामा बोल्ने छिमेकी, घरबेटी कोही छैनन् । सम्पर्क भाषाकै सहारामा सञ्चार गर्नुपर्ने बाध्यता । आफ्नै भाषा बिर्सने पो होकि ! चिन्ता लाग्थ्यो । छिमेकी ‘सुधा’ दिदीले ‘तिम्रो भाषाको पृष्ठ गोरखापत्रमा प्रकाशन हुन्छ नि’ भनेपछि थाहा पाएकी हुँ । हौसिएर गोरखापत्रको ग्राहक बनें । ग्राहक बनेपछि त ढुक्कै ।

करिब ८० टेक्दैगरेका घरबेटी ‘बा’ माथिल्लो तलामा बस्नुहुन्छ । म गोरखापत्रको ग्राहक बनेपछि उहाँलाई पनि काइदै भो । नियमित पढ्ने गर्नुहुन्छ । ‘नानी ! तिमी बुद्धि पु¥याएकीरहिछौ । पत्रिका भनेकै गोरखापत्र हो । अरुको त के कुरा गर्नु । चित्तैनबुझ्ने कुरा छाप्छन् । के सही हो, के गलत । पत्याउनै गाह्रो । एउटा पत्रिकाले एकथोक लेख्छ । अर्कोले त्यही कुरालाई अर्थोक । कुन पत्याउने कुन नपत्याउने । मनमा उल्टै खुल्दुल्ली । गोरखापत्र पढ्यो, तन्तैसाफ !’ बुढा ‘बा’ को तर्क सुन्दा मनमा सन्तुष्टि मिल्छ । हुनपनि हो । “बुढाहरुसँग कुरागर्दा बुद्धि बढ्छ, फटाहासँग कुरागर्दा समय वर्वाद हुन्छ” भन्छन् सही हो रहेछ । घरबेटी ‘बा’ ले पुराना कुरा सुनाएर ठूलै हौसला दिनुहुन्छ । उहाँलाई सुन्दा मन फुरुङ्ग हुन्छ ।

पत्रिका भनेकै गोरखापत्र हो । अरुको त के कुरा गर्नु । चित्तैनबुझ्ने कुरा छाप्छन् । के सही हो, के गलत । पत्याउनै गाह्रो । एउटा पत्रिकाले एकथोक लेख्छ । अर्कोले त्यही कुरालाई अर्थोक । कुन पत्याउने कुन नपत्याउने ।

घरबेटी ‘बा’ जस्तै अरु पुराना मान्छेले पनि पत्रिका भनेकै ‘गोरखापत्र’ भनेको सुन्छु । पत्रिका पढ्नु त ‘गोरखापत्र’ चियागफमा सुन्नेगर्छु । अरु पत्रपत्रिका पनि बजारमा छ्यापछ्याप्ती छन् । दैनिक बीसौं ठूला पत्रिका प्रकाशन हुन्छन् । गोरखापत्रको नाममात्र किन लिंदाहुन् मान्छेहरुले ? पहिले मनमा अनेक कुराहरु खेल्थे । पत्रिका कोठैमा आउन थालेपछि त प्रमाणितै भैगयो । सरकारका गतिविधि । लोकसेवाका तयारीकक्षाका सामग्री । पृष्ठ दुईमा प्रकाशन हुने दिनदिनैका फरक–फरक खुराक । बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ को आफ्नै दुई पृष्ठको फरक स्वाद । एउटै पत्रिकामा साताभरि अनेक स्वाद र समाचार । यत्ति भएपछि मन फुरुङ्ग त हुने नै भयो । म पनि के कम । बुढा ‘बा’ लाई सोधें– “बा तपाईको जमानामा यस्तो गोरखापत्र थियो ? कि हाम्रो जमानामा मात्रै हो ?”

प्रश्न भुइँमा नझर्दै ‘बा’ ले भन्नुभयो– ‘धत् लाटी !’ गोरखापत्रको इतिहास तिमीलाई थाहा छैन ? यो अहिलेको अखबार हो र ! म जन्मेकै   थिएन । अखबार जन्मिसकेको थियो । मेरो कपाल फुल्यो । बोली सुक्यो । छाला छाउरियो । दाँत रित्तिए । भगवानको प्यारो हुनेदिन नजिक आइपुग्यो । हेर त, यो अखबारलाई के भएको छ ? न यो बुढो भयो । न यसको कपाल फुले । न मेरोजस्तो चाउरियो । मेरो बुवाको पालादेखि निरन्तर छापिदै छ । मेरो बुवाले पनि यसैगरी मलाई यसकोबारेमा चर्चा गर्नुहुन्थ्यो । आज म यसको बारेमा कुरा गर्दैछुँ । भोलि तिमी आफ्नो छोरा, नातीसँग गर्नेछौ । हामी रहँदैनौं । तर यो त निरन्तर बाँचिरहने छ । यो सरकारको अखबार हो । यो हामी नागरिकको अखबार हो । सबैको साझा अखबार हो । अनि पो त, यसको आयु लामो भएको । ‘बा’ को कुरा सुनेर झन विश्वास बढेर आयो । ‘गोरखापत्रको ग्राहक बनेर ठीक गरेछु’ झैं लाग्यो । छिमेकी दिदीलाई मनमनै धन्यवाद दिएँ । राम्रै सल्लाह दिनुभएछ ।

बजारमा थुप्रै अखबार छन् । रङ्गीचङ्गी कलेबरमा आउँछन् । तिनका पनि पृष्ठ भरिभराउ हुन्छन् । अझ पृष्ठ बढाएर आउँछन् । सहप्रकाशन लिएर आउँछन् । तरपनि गोरखापत्र नपढी धित् मर्दैन । यी सब पत्रिकाबीच ‘गोरखापत्र एक्लो छ’ । त्यस्तो महुशस हुन्छ ।

गोरखापत्रको जन्म सामान्यज्ञान पढेर थाहा पाएकी थिएँ । वि.सं. १९५८ वैशाख २४ गते जन्मेको रहेछ । ११५ वर्ष पूराभएर ११६ मा टेक्दै  रहेछ । जतिबेला देशमा राणाशासन थियो । उदारवादी प्रधानमन्त्री देव शमशेरले शुरुगरेका रहेछन् । राणाहरु निकै कठोर थिए रे ! जनतालाई दास बनाएका थिए रे ! शोषण गर्थे । अरुलाई विद्यालय पढ्नबाट बञ्चित गरेका थिए रे ! आफ्ना बच्चामात्रै विद्यालय पढाउँथे । यस्तै–यस्तै इतिहास पाठ्यपुस्तकमा पढ्न पाइन्थ्यो । तर देव शमशेर कहाँबाट सुधारवादी निस्के ? आफ्नो मात्र हैन रहेछ । अरुको आँखा खोल्न अखबार जन्माएछन् । गोरखापत्रलाई आफ्नै सन्तानजस्तो माया गरेर हुर्काएका रहेछन् । उनको दूरदृष्टिलाई ‘धन्यवाद’ । उनकैकारण आज यो अखबार पढ्न पाएका छौं । उनकै सदस्यकोरुपमा एकाविहानै गोरखापत्र कोठामा आइपुग्छ । चियाको चुस्कीसँगै अखबार पढ्न पाइएको छ । ज्ञानज्ञुन र नयाँ विषयसँग साक्षात्कार भइन्छ । विहानै भन्न मनलाग्छ ‘धन्यवाद गोरखापत्र ।’ तिमी त हौ मेरो सूचनाको सहारा । देश दुनियाका खबर लिएर आउँछौ । गृह जिल्लाको छिमेककै खबर ल्याउँछौ । कस्तो सजिलो भएछ । कोठामा बसीबसी सबैकुरा बुझ्न पाइएको छ ।

बजारमा थुप्रै अखबार छन् । रङ्गीचङ्गी कलेबरमा आउँछन् । तिनका पनि पृष्ठ भरिभराउ हुन्छन् । अझ पृष्ठ बढाएर आउँछन् । सहप्रकाशन लिएर आउँछन् । तरपनि गोरखापत्र नपढी धित् मर्दैन । यी सब पत्रिकाबीच ‘गोरखापत्र एक्लो छ’ । त्यस्तो महुशस हुन्छ । अन्य ब्रोडसिटका अखबारजस्तो रङले पोतिएको छैन ‘गोरखापत्र ।’ सस्तो बजारका भद्दा रङ पोतेर ‘मेकअप’ कहाँ हुन्छ र ! रङ लगाउन पनि त जान्नु प¥यो । आँखामा लगाउने गाजल ओठमा लगाएर शोभा दिन्छ र ! हो, गोरखापत्र ठीक ठाउँमा ठीक रङको श्रृङ्गार गर्छ । अरुकोजस्तो जथाभावी रङ पोत्दैन । ठीक्कको ‘मेकअप’ गर्दोरहेछ । त्यसैले त यसको सुन्दरता बढ्दो छ । रङ पोतेर मात्र अखबारको आकर्षण हुँदोहो त सबै एकसेएक हुन्थे होला । त्यसभित्र लेखिएका अक्षरको श्रृङ्गार कस्तो छ । खुराक कस्तो छ । वास्तविक मेकअप त त्यो पो हो । पाठकका लागि सही र सत्य खुराक नै अखबारको सही ‘मेकअप’ हो । विना खुराकको जति रङ पोते पनि त्यसको सुन्दरता कहाँ झल्कन्छ र !

गोरखापत्र बहुआयामिक छ । आफैमा विश्वविद्यालयजस्तो । एकसय पन्ध्र वर्षदेखि नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुँदैआएको थियो । २०६४ असोज १ देखि त झन धेरै भाषामा पो आयो ।

गोरखापत्र बहुआयामिक छ । आफैमा विश्वविद्यालयजस्तो । एकसय पन्ध्र वर्षदेखि नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुँदैआएको थियो । २०६४ असोज १ देखि त झन धेरै भाषामा पो आयो । अहिले महिनाभरि विभिन्न ३० भाषाका पृष्ठ लिएर आउँछ । अंग्रेजी र नेपाली समेत जोड्दा बत्तीस भाषा । आहा ! कति राम्रो । भाषाको उत्थान र संरक्षण हुनेभयो । थप भाषाहरु थप्दैछ रे ! आफ्नो ११६ औं स्थापना दिवसको अवसरमा । थप तीनभाषा थप्ने तयारी गरेछ रे ! वैशाख २४ गते स्थापना दिवसको भव्य तयारी गरेको समाचार पढ्न पाइन्छ । पत्रिकामा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको समाचार पढ्न पाइन्छ । थपियो भने त ३३ भाषा पो पुग्नेभयो । उसो त नेपालमा जम्माजम्मी १२६ जातजाति छन् । १२३ भाषाभाषि । सबै भाषालाई क्रमशः स्थानदिने सोंचकासाथ गोरखापत्र अगाडि बढेको पो हो कि ! यदि त्यसो हो भने त भाषाको विश्वविद्यालय आफैहुन्छ गोरखापत्र । मेरो शुभकामना छ । म जिउँदै छँदा त्यसो होस् । अखबारको ग्राहकै भएर सबै भाषाका पृष्ठ देख्न, पढ्न पाउँ । मैले पनि घरबेटी ‘बा’ ले जस्तै मेरा नाती नातिनालाई यसको गुनगान सुनाउन पाउँ ।

नेपालमा जम्माजम्मी १२६ जातजाति छन् । १२३ भाषाभाषि । सबै भाषालाई क्रमशः स्थानदिने सोंचकासाथ गोरखापत्र अगाडि बढेको पो हो कि ! यदि त्यसो हो भने त भाषाको विश्वविद्यालय आफैहुन्छ गोरखापत्र । मेरो शुभकामना छ ।

गोरखापत्रले यस्तो गतिलो कामगर्दा अरु अखबार के हेरेर बसेका हुन् खै ? के उनीहरुलाई गोरखापत्रको बाटो पछ्याउन हुँदैन ? कि उनीहरुलाई देशको माया लाग्दैन ? भाषाको माया लाग्दैन ? व्यापारमात्र गर्न पत्रिका प्रकाशन गरेका हुन् र ! पत्रकारिता त समाजसेवा पनि हो सुन्छुँ । आवाजविहिनको आवाज हो सुन्छुँ । अरुलाई बाटो देखाउने अगुवा हो सुन्छुँ । खै ! मैले सही सुनेकी हुँ कि गलत, थाहाछैन । तर समाज परिवर्तन गर्नेकाम सञ्चारमाध्यमको हो । अरुलाई उत्साहित गर्नेकाम सञ्चारमाध्यमको हो भने अरु अखबारले पनि गोरखापत्रको सिको गरुन् । यसो भनिरहँदा शिक्षादिएको भन्ठान्नु होला । म को नै हुँ र ! यत्ति विघ्न जान्ने सम्पादकलाई अर्ती उपदेश नदिउँ कि ! म एउटा सामान्य पाठक न हुँ । अखबारमै छापेको खबर पढेर थाहा पाएकी त हुँ । भन्नुहोला, ‘हाम्रै लेखेको कुरा थाहापाएर हामीलाई नै सिकाउँछ ?’ त्यसो नभनुँ होला । अन्यथा भयो भने फेरि !

संविधान बन्यो । सरकार बन्यो । अब विकास बाँकी छ । ‘विकास गर्न अखबारको महत्व हुन्छ’ भनिन्छ । विकास भनेको ठूलठूला भवन र पुलपुलेसा मात्रै त होइन होला नि ! सकारात्मक सोचाई पनि त विकास नै होला । सहीपथमा समाज लम्कियो भने त विकास हुन के बेर ! घरबेटी ‘बा’ ले भन्ने गर्नुहुन्छ “सबैले सानो गरौं । थोरै गरौं । तर सही गरौं । आफैबाट सृजना सुरु गरौं ।” एकएक गरी हुनेरै’छ ठूलो सृजना । सृजनाले नै विकास हुन्छ । सबै लागौं सृजनामा । जसरी गोरखापत्रले गरिरहेको छ । छिमेकी दिदी ‘सुधा’, घरबेटी ‘बा’ र गोरखापत्रलाई फेरि धन्यवाद !
(धनगढी, कैलाली)

(आफ्नो ११६ औं वार्षिकोत्सवको उपलक्ष्यमा गोरखापत्र संस्थानद्वारा आयोजित देशव्यापी निवन्ध प्रतियोगितामा दोस्रो स्थान प्राप्त निवन्ध)

तपाईको प्रतिक्रिया