टीकापुर घटनाको एकवर्ष, थारुमा कसको नजर लाग्यो ? (विश्लेषण)


7

लक्की चौधरी
काठमाडौं, भाद्र ७ गते । गतसालको भाद्र ७ अथवा टीकापुरमा विभत्स घटना भएको दिन । जहाँ आठ सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाउनुप¥यो । घटना थारुले घटाए या पर्दापछाडिको पात्रले आशंका, टिप्पणी र आ–आफ्नै विश्लेषण चलिरहेकै छ । सरकारले समेत आधिकारिक प्रतिवेदन दिन सकेको छैन ।

२०६४ र ०६५ ताका तराई–मधेसमा पछिल्लो आन्दोलन चर्केको थियो । त्योभन्दा अघि थारु समुदायले तराईमा किसान आन्दोलन पनि चर्काउँदैआएका थिए । कतिपय आन्दोलन देखिनेगरी भयो, कति देखिएनन् । सञ्चारमाध्यमको नजरपुग्दा आन्दोलन देखियो, नपुग्दा जहाँ भयो त्यही विलायो । थारु समुदायमात्र यस्तो समुदाय हो जसले पीढि दरपीढि दासदासी जीवन वितायो । कमैया, कमलरी, ओर्गानी, वुक्रहीको नाममा जीवन जिउन बाध्य भयो । त्यो पीडाको आक्रोश त उनीहरुमा छँदैथियो ।

थारुलाई कमैया बनाउने समुदाय एकआध थारुबाहेक सबै गैरथारु नै थिए । टाठाबाठा नै थिए । जसले आफ्नो चलाकीपूर्ण र कुनीयतकासाथ थारुलाई दासताको जन्जीरमा कैद गरे । त्यस उकुसमुकुसबाट थारु समुदाय उम्किन नखोजेको होइन । तर दासताको जन्जीर यत्ति बलियो थियो कि मानौं जालमा माछा फँसेको छ । जालबाट बाहिर निस्कन माछाझैं शिकारीकै सहयोग अपरिहार्य थियो ।

Laxman-Tharu-

०६४ सालमा मधेसमा आन्दोलन चर्कियो । एक मधेस एक प्रदेशको नारा जवर्जस्तरुपमा उठ्यो । वैधानिकरुपमा थारुलाई मधेसी कोटामा राख्नेकाम शासकहरुले नै गरे । त्यसपछि थारुको आन्दोलन तराईमा ०६५ मा चर्कियो । एक मधेस एक प्रदेश कुनै हालतमा स्वीकार नगर्ने बरु बलिदानी दिनुपरे तयार हुने थारु समुदायको उद्घोष थियो । मधेसी समुदायलाई तराईका आदिबासी थारुले टक्कर दिए । मधेसको आन्दोलन भारतीय सहयोगमा थियो । थारुको आन्दोलनमा कसैको सहयोग थिएन । गैरथारुहरु तमासा हेरेर बसे । राष्ट्रियताको मुद्दा त्यतिबेला कसैले उठाएनन् ।

तराईमा उर्लेको थारुको आन्दोलनले ‘एक मधेस एक प्रदेश’ को नारा मत्थर भयो । रातारात मधेसी नेताहरुले तराईमा दुई प्रदेशको नीति   लिए । पहाडिया समुदायले थारुको प्रसंशा गरेको गाइँगुइ सुनियो । थारुलाई राष्ट्रवादीको संज्ञा दिइयो । तराईका मूल बासिन्दा भनेर सम्बोधन गरियो । बुझ्नेले थारुको पक्षमा मत जाहेर ग¥यो । नबुझ्नेले थारुको एकतारुपी शक्ति देखेर डाह ग¥यो ।

तराईमा मधेसीमात्र होइन, थारु समुदाय पनि बलियोगरी बसेको छ भन्ने सन्देश त्यस आन्दोलनले प्रवाह ग¥यो । आन्दोलनबाट तराईको प्रमुख शक्तिकोरुपमा थारु देखियो । भारतीय पक्षको उहिल्यैदेखिको रणनीति हो, तराईको भूभागमा चलखेल गर्ने । त्यस भेगमा बस्नेलाई आफ्नो पक्षमा पारेर अनेक स्वार्थपूर्ति गर्ने । हिजोसम्म भारतीय नजर केवल मधेसीमूलका मानिसमा थियो । अब थारुतिर तेर्सियो ।

तराईमा मधेसीमात्र होइन, थारु समुदाय पनि बलियोगरी बसेको छ भन्ने सन्देश त्यस आन्दोलनले प्रवाह ग¥यो । आन्दोलनबाट तराईको प्रमुख शक्तिकोरुपमा थारु देखियो । भारतीय पक्षको उहिल्यैदेखिको रणनीति हो, तराईको भूभागमा चलखेल गर्ने । त्यस भेगमा बस्नेलाई आफ्नो पक्षमा पारेर अनेक स्वार्थपूर्ति गर्ने । हिजोसम्म भारतीय नजर केवल मधेसीमूलका मानिसमा थियो । अब थारुतिर तेर्सियो ।

भारतले नेपालस्थित आफ्नै दुताबासको संयन्त्र प्रयोग गरेर थारु नेताहरुसँग बाक्लो उठबस गर्न शुरुग¥यो । थारु नेताहरुलाई अनेक प्रलोभनमा पार्ने प्रयास ग¥यो । कसैलाई राजनीतिकरुपमा प्रभावित ग¥यो । कसैलाई पैसाको लोभ देखायो । थारु सांसदहरुलाई रात्रीभोजमा दुताबासमै आमन्त्रण ग¥यो । कसैको सन्तानलाई भारतमा छात्रबृत्ति प्रदान गरेर, नोकरी दिएर यस्तै यस्तै । अद्यापि त्यो कदम जारी राखेकै छ ।

भारतकै चलखेल र दवावमा थारु नेताहरु हेर्दाहेर्दै मधेसवादी दलमा लहसिन पुगे । तराईलाई आफ्नो कब्जामा पार्न हिजोसम्म मधेसी नेता र जनतालाई बसमा पार्नुपथ्र्यौ । अब थारु नेता र नागरिकलाई पनि पार्नुपर्ने बाध्यता भारतसामु आइलाग्यो । त्यो रणनीतिलाई राम्रोसँग अध्ययन गरेपछि भारतको नजर अहिले थारुतिर जवर्जस्तरुपमा छ ।

थारुको समस्या भारतलाई राम्रोसँग थाहा छ । गैरथारुले, शासकहरुले थारुलाई अन्यायमा पारेको विषय पनि भारतलाई थाहा छ । त्यसैले उसले अशिक्षा, गरिबी, भेदभाव, नयाँ संविधान, समानुपातिक अधिकारजस्ता विषयलाई पकडेर थारु समुदायमा खेलिरहेको छ । टीकापुर घटना कहीं न कहीं त्यसबाट प्रभावित छ । जोडिएको छ ।

टीकापुर घटनापछि भारतीय सीमा क्षेत्रमा नेपाली थारु र भारतीय थारुबीच केयौं अन्तरक्रिया र छलफल भइरहेको छ । कहिले भारतीय सीमा चन्दनचौकीमा, कहिले चित्तवनमा, कहिले टिकुनियामा त कहिले भारतीय सीमा क्षेत्रको अज्ञात ठाउँमा । यसकालागि नेपाली र भारतीय थारुको ‘कोर समूह’ नै सक्रिय छ ।

साउन २८ गते टीकापुरमा भएको विशाल थारु आमसभामा मधेसी नेताहरु पुग्नुको पछाडिको राज पनि त्यही नै हो । भारतले मधेसी र थारुलाई एक ठाउँमा ल्याउन प्रयास गरिरहेको छ । तराइ मधेसका शक्तिलाई एक ठाउँमा ल्याउन सके पहाडियाहरुसँग लड्न सहज हुन्छ भन्ने भारतीय विश्लेषण देखिन्छ ।

टीकापुर घटनापछि भारतीय सीमा क्षेत्रमा नेपाली थारु र भारतीय थारुबीच केयौं अन्तरक्रिया र छलफल भइरहेको   छ । कहिले भारतीय सीमा चन्दनचौकीमा, कहिले चित्तवनमा, कहिले टिकुनियामा त कहिले भारतीय सीमा क्षेत्रको अज्ञात ठाउँमा । यसकालागि नेपाली र भारतीय थारुको ‘कोर समूह’ नै सक्रिय छ । त्यसमा आर्थिक सहयोग गरिरहेको छ नेपालस्थित भारतीय राजदूताबासले । कैयौं कार्यक्रममा दूताबासका उच्चपदस्थ कर्मचारी पनि पुग्नेगरेका छन् ।

थारु र मधेसी समुदाय राज्यबाट शोषित छन्, यो सत्य हो । त्यसैलाई हतियार बनाएर भारत नेपालको आन्तरिक मामिलामा चलखेल गर्नु गद्दारी हो । नेपालको समस्या नेपाली स्वयम्ले समाधान गर्नुपर्छ । अधिकारविहिनलाई अधिकार दिनुपर्छ । सबैलाई समान व्यवहार गर्नु  पर्छ । राज्य संयन्त्रमा सबैको सहभागिता सुनिश्चित् गर्नुपर्छ । यसतर्फ शासनसत्ताको जिम्मेवारी सम्हाल्दैआएका गैरथारुले पनि बुझ्नुपर्छ । अन्यथा मुलुकलाई जहिले द्वण्द्व र संघर्षको शिकार हुनुपर्नेछ । टीकापुरजस्ता घटना दोहोरिई रहनेछन् ।

तपाईको प्रतिक्रिया