यौनइच्छा बढाउने सूत्र


7

के तपाइँलाई थाहा छ ? कामेच्छा बढाउने मामिलामा कतिपय तरकारी तथा सागसब्जीहरु भियग्रा जत्तिकै प्रभावकारी हुन्छन् । थाहा छैन भने जानिराख्नुस्, यौनेच्छा बढाइदिने तरकारीका बारेमा

गोलभेँडा

गोलभेँडालाई रातो रंग दिने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहयोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा पनि कम गरिदिन्छ ।

पालुंगो

यौन क्षमता बढाउने मामिलामा पालुंगो निकै प्रभावकारी हुन्छ । यसले यौनांगमा रक्तप्रवाह समेत बढाइदिन्छ ।

भिन्डी

भिन्डीमा विभिन्न खाले भिटामिन तथा जिंक तत्व पाइन्छ । जिंक तत्वको कमी हुँदा सम्भोग सँग सम्बनिधत समस्या पैदा हुन्छन् ।
भिन्डीको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या दूर गर्न सकिन्छ र यौन क्षमतामा वृद्धि हुन्छ । यसको सेवनले छिटै थाक्ने समस्या कम हुन्छ ।

प्याज

प्याजको नियमित सेवनले पनि यौनांगको स्वास्थ्यमा सुधार ल्याउँछ र यौन इच्छा प्रवर्धन गर्न सहयोग गर्छ ।

ब्रोकाउली

ब्रोकाउलीमा पाइने पौष्टिक तत्व पनि यौनक्षमता वृद्धि तथा शरीरको समग्र स्वास्थ्य प्रवर्धनमा सहयोगी हुन्छ ।

लसुन

लसुनमा कामोत्तेजक गुण हुन्छ । यसले सरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई पनि संकुचन हुनबाट रोक्दछ ।

गाजर

गाजरमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । भिटामिन ए ले पुरुषमा शुक्रकिट बढाउन सहयोग गर्छ । साथै गाजरको नियमित सेवनले पुरुषलाई बढि आकर्षक तथा कामुक देखाउने विभिन्न अधययनले पनि पुष्टि गरेको छ ।

गान्टे मुला

गान्टे मुलामा प्रसस्त नाइट्रेट पाइन्छ । यसले यौनांगमा रक्तप्रवाह बढाइदिन्छ । जसका कारण यौनक्षमता बढ्दछ । साथै यसले हर्मोन सन्तुलनमा पनि सहयोग गर्दछ र व्यक्तिको यौन स्वास्थ्यमा सुधार आउँछ ।

तपाईको प्रतिक्रिया