दर्ता प्रक्रियामा नजाँदा आदिवासी थारु समुदायको ग्राम थान संकटमा


धिरेन्द्रकुमार चौधरी
सुनसरी, मंसिर २८ गते । नेपालको तराइ क्षेत्रमा आदिवासी थारु समुदायको संख्या उल्लेख्य छ । तर प्राचीन कालदेखि बस्दैआएका यी समुदाको पहिचान संरक्षणको अभावमा औझेलमा पर्दैगएको छ । पौराणिक पहिचानको रुपमा रहेकोे ग्राम थान, पोखरी, इनार, बैठार संकटमा छन् ।

थारु समुदाको प्रत्येक गाउँमा पौराणिक ऐतिहासिक सम्पदा रहे तापनि यसको संरक्षण नहुँदा कालान्तरमा पहिचान गुम्ने खतरा बढेको छ । थारु महिला सभाकि केन्द्रिय अध्यक्ष तथा इटहरी ६ स्थित मुख्यबजार नजिक रहेको ग्राम थान संरक्षण समितिका अध्यक्ष शुशिला चौधरीले पुर्वमा ग्राम थान संरक्षणको अभार रहेको बताउनुभयो ।

तराइको थारु गाउँमा असंख्य रुपमा थारुका थान छन् । तर यसको आधिकारिक तथ्यांक कुनै निकायसँग छैन । जिल्लामै एक दुई वटा थान मात्र कानुनी प्रक्रियामा दर्ता छन् । सुनसरीमा पहिलो पटक रामधुनी ः १, लगौनाको मुख्यबजार नजिक रहेको ग्राम थान दर्ता गरिएको छ । समितिको अध्यक्षमा घुरन चौधरी रहेका छ्न । यहाँ परापुर्व कालदेखि पुजा गरीदै आएको बताइन्छ ।

बि.स.२०७३ सालमा जितनधामी ग्राम थान ब्यबस्थापन समिति दर्ता गरेको प्रमाणपत्र समितिसँग छ । नेपाललाई जोडने मुख्य राजमार्ग छेउमै थान छ । समितिका पदाधिकारीले थान जाने बाटो नरहेको बताउँछन् । पहिले राजमार्गदेखि जाने बाटो थियो तर छेउका जग्गाधनीले आफ्नो जग्गा रहेको बताएपछि थान जाने बाटो बन्द भयो ।

प्रायः ऐलानी जग्गामा स्थापित ग्राम थान केही ठाउँमा नम्बरी जग्गामा समेत स्थापित भएको छ । ग्राम थानमा माटोको ढिस्को बनाइ अन्न र भुमिको पुजा गरिदैआएको छ । शुरुमा काठको खावा, बासको टाटि र परालको छानामुनी ग्राम थानमा पुजा गरिदैआएको थियोे । पछिल्लो समयमा केही ठाउँमा स्थानीय सरोकारबालासँग सहयोग रकम संकलन गरी विभिन्न निकायको सहयोगमा ग्राम थानको पक्की घर निर्माण गरेको पाइन्छ ।

झापा जिल्लाको कमलामाई नपा ६ स्थित थारु गाउमा ग्राम थानको नाममा रहेको जग्गामा संरक्षण रहेको रमानन्द चौधरीले बताउनुभयो । त्यसैगरी मोरङको सुन्दर हरैचा नपा ६ बस्ने रामलाल गच्छदार स्थानीय ठाउँमा ग्राम थान संरक्षण समितिको अध्यक्ष हुनुहुन्छ । ग्राम थान स्थानीय प्रशासनमा दर्ता रहे पनि नबिकरणको काम बाँकी रहेको बताउनुभयो ।

थारु कल्याणकारीणि सभाका केन्द्रीय सल्लाहकार तथा थारु कानुन ब्यबसायी सभाका अध्यक्ष रामराज चौधरीले सचेतनाको अभावमा तथा राज्यले संरक्षणमा चासो नदेखाउँदा थारु समुदायको थान ओझेलमा परेको बताउनुहुन्छ । उहाकाअनुसार थारु समुदायको ग्राम थानमा इतिहास छ । यो समुदायको जन्म, बिबाहदेखि मृत्युसम्मको संस्कार ग्राम थानमा रहेको उहाँले चर्चा गर्नुभयो ।

परापुर्वकालदेखी खाली तथा ऐलानी जग्गामा ग्राम थान रहेकोले भुमाफिया तथा थान संरक्षकको चासो नहुँदा थान ओझेलमा पर्दैगएको अधिबकक्ता सुकदेब चौधरी बताउनुहुन्छ । थान संरक्षनका लागि कानुनी प्रक्रियामा नजाँदा संकटमा पर्दैगएको उहाँको बुझाई छ ।

हालै इटहरीमा मानव अधिकारका लागि वकिलहरुको समूह (लाहुर्निप) को आयोजनामा भएको कार्यक्रममा ग्राम थान संरक्षनका लागि स्थानीय तहमा दर्ता प्रक्रिया अगाडि बढाउनु पर्ने रणनीतिक योजना अभियान सुनसरी, मोरङ र झापाका सहभागीले पारीत गरेका थिए ।

तपाईको प्रतिक्रिया