कल्भर्ट निर्माणको विकासे बजेट रक्सी र मासु पार्टीमा धमाधम खर्च हुँदै
भगतराम थारु
बर्दिया, असार १७ गते । बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा कल्भर्ट निर्माणको बजेट वियर, रक्सी, र मासु पार्टीमा खर्च गरिएपछि विकास ठप्प हुने भएको छ ।
प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने कल्भर्ट निर्माणको उपलक्ष्यमा साँझा अवेरसम्म रक्सी पार्टीमा जमेका...














