पूर्व राज्यमन्त्री चौधरीको वडामा उन्मुक्ति पार्टीका अनर चौधरी निर्वाचित
हमार पहुरा डट कम
धनगढी, जेठ ४ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो ।
नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको छ ।...














