ब्यानर समाचार
अवको दुई दिनमा पार्टी एकता भई माओवादी सरकारमा आउँछः मन्त्री पण्डित
काठमाडौं, फागुन ४ गते । नवनिर्वाचित जनसंख्या तथा वातावरणमन्त्री लालवावु पण्डितले अवको दुई दिनभित्र एमालेसँग माओवादी केन्द्रको औपचारिक एकता भएर माओवादी सरकारमा सहभागी हुने बउनुभएको छ ।
रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा शुक्रबार यहाँ बोल्दै मन्त्री पण्डितले त्यस्तो बताउनुभयो । पार्टी एकतापछि सबै नेता र कार्यकर्ताको व्यवस्थापन हुन्छ, कसैको केही गुनासो रहँदैन...
एमाले नेता वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त
बुटवल, फागुन ३ गते । नेकपा (एमाले) का प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नवलपरासीको वर्दघाट सुस्ता पश्चिम सरवल गाउँपालिका २ मगरमुडाहामा तेत्तरप्रसाद थारु र फूलमती थारुको कोखबाट २०२२ साल असार १४ गते...
पहिलो चरणमा किन गएन माओवादी केन्द्र सरकारमा ? यस्ता छन् कारण
काठमाडौं, फागुन ३ गते । सरकारमा जाने या नजाने विषयमा एमालेसँग कुनै लिखित सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा सहभागी नभएको बताएको छ । सरकार गठनभन्दा आफ्नो लागि एकताको विषय महत्वपूर्ण रहेको सो दलको जिकिर छ ।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली विहबिार शपथ लिएलगत्तै ओलीले तीन सदस्यीय मन्त्रीमण्डल बनाउनुभयो...
प्रधानमन्त्रीमा ओली नियुक्त, देश हितलाई सर्वोपरी राखेर काम गर्ने प्रतिवद्धता
लक्की चौधरी
काठमाडौं, फागुन ३ गते । मुलुकको ४१ औं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली विहिबार नियुक्त हुनुभएको छ । उहाँलाई राष्टपति विद्यादेवी भण्डारीले सो पदमा नियुक्त गर्नुभयो । प्रम ओलीले विहिबारै तीन सदस्यीय सानो मन्त्रीमण्डल गठन गर्नुभएको छ ।
जनसंख्या तथा वातावरण मन्त्रीमा नेता लालबावु पण्डित र महिला तथा बालबालिका...
विकास पत्रकारिता सम्मान २०७४ वरिष्ठ पत्रकार मोहन मैनालीलाई
काठमाडौं, फागुन ३ गते । विकास पत्रकार मञ्च (फोडेज) नेपालद्वारा स्थापित विकास पत्रकारिता सम्मान २०७४ वरिष्ठ पत्रकार मोहन मैनालीलाई प्रदान गरिएको छ ।
मञ्चको विहिबार यहाँ आयोजित वार्षिक कार्यक्रममा पत्रकार मैनालि सम्मानित भए । सो संस्थाले गत सालदेखि वर्षमा एकजनालाई विकास पत्रकार पुरस्कार र एकजनालाई विकास पत्रकारिता सम्मान प्रदान गर्दैआएको छ...
थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष अष्टभूजाप्रसाद चौधरीको निधन
काठमाडौं, फागुन २ गते । थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा आफ्नै निवास भैरहवामा निधन भएको छ । चौधरी वि.सं. १९९२ मा जन्मभएको थियो ।
पूर्व अध्यक्ष चौधरी सुगर र उच्च रक्तचापका विरामी हुनुहुन्थ्यो । उहाँको अन्तिम दाहसंस्कारको तयारी भइरहेको सभाका महासचिव अमिरीलाल चौधरीले बताउनुभयो ।...
प्रणय दिवस र पुराणका पुराना प्रेम प्रसंग
रामप्रसाद धिताल
२०७४ प्रेम र विवाह एकअर्काका परिपूरक हुन् भन्ने मान्यता छ, पूर्वीय परम्परामा। प्रेमपछिको विवाह वा विवाहपछिको प्रेम भन्ने भनाइ पनि छ। पूर्वीय परम्परामा दुवै किसिमको व्यवस्था भएको बुझिन्छ। धर्मशास्त्रमा बताइएका ८ प्रकारका विवाहमध्ये ब्राह्म, आर्ष, प्राजापत्य र दैव लाई उत्कृष्टको कोटिमा राखिएको छ।
ब्राह्म विवाह– पितालगायत मान्यजनले दोस्रो पक्षका अभिभावकसँग...
महिलाको आधिकारिक थर विहे अघिको कि पछिको ? शुरुभयो वहस
काठमाडौं, फागुन १ गते । आरक्षण गरिएका जाति समुदाय र पछाडि पारिएकाहरुको प्रतिनिधित्व सुनिश्चितताकालागि छुट्याइएको समानुपातिक सिटमा दलहरुले आफू अनुकुल व्याख्या गरी सांसद चुनेपछि महिलाको आधिकारीक थर विवाह अघिको कि पछिको वहस शुरुभएको छ ।
ब्राह्मण परिवारमा जन्मिएकी यशोदा सुवेदी माओवादी नेता देव गुरुङसँग विवाह गरेको आधारमा आदिबासी जनजाति कोटाबाट समानुपातिक...
शिक्षणमा उत्कृष्ट नाइटिङ्गेल विद्यालयले मनायो आफ्नो रजत महोत्सव
काठमाडौं, फागुन १ गते । ललितपुरको कुपण्डोलस्थित रहेको नाइटिङ्गेल विद्यालयले स्थापनाको रजत महोत्सव भव्यताकासाथ मनाएको छ । २०४९ सालमा स्थापना भएको विद्यालयका संस्थापक तेजुलाल चौधरी हुन् ।
कार्यक्रममा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा क्षेत्रमा नाइटिङ्गेलको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । शिक्षा क्षेत्रको विकासमा विद्यालयले प्रभावकारी भूमिका खेलेको श्रेष्ठले बताउनुभयो ।
विद्यालयका सञ्चालक...














