प्रवुद्ध समूहको सातौं बैठक सम्पन्न, आठौ बैठक मार्चमा नयाँ दिल्लीमा बस्ने
लक्की चौधरी
काठमाडौं, फागुन १४ गते । नेपाल–भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपीजी) को दुई दिने बैठक सम्पन्न भएको छ । समूहको अर्को आठौं बैठक मार्च अन्तिम (चैतको अन्तिम) तिर नयाँ दिल्लीमा बस्ने समूहका सदस्यले बताएका छन् ।
शनिबारदेखि शुरुभएको समूहको सातौं बैठक आइतबार सम्पन्न भएपछि समूहका सदस्यहरुले बैठक उत्साहप्रदरुपमा सम्पन्न भएको...














