नेपाल पपुवा न्यूगिनीसँग भिड्दै


काठमाडौं, कात्तिक ३० गते – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सोमबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । युएईको अबुधाबी मैदानमा हुने खेलमा नेपाल र पपुवा न्युगिनी दुवै टिमका लागि जित्नै पर्ने दवावका साथ खेल्दै छन् ।

यसअघि स्कटल्याण्ड विरुद्धका दुईवटै खेलमा पराजित भएको नेपाल आज प्रतियोगितामा पहिलो जितको लागि भिड्दै छ । पपुवा न्युगिनीले पनि प्रतियोगिता अन्तर्गत नेदरल्याण्ड विरुद्धको दुईवटै खेल गुमाएको थियो ।

जारी प्रतियोगितामा दुईवटै टीमले सुरुवाती दुई खेल गुमाएकाले अंकबिहिन छन् । पूर्व निर्धारित तालिका अनुसार काठमाण्डुमा हुनुपर्ने यो खेल नेपालको कमजोर व्यवस्थापन र भूकम्पपछिको अवस्थाले युएईमा सारिएको हो ।

नेपाल र पपुवा न्युगिनीले युएईमा सोमबार पहिलो खेल खेल्नेछन् भने बुधवार दोस्रो खेल खेल्नेछन् । च्याम्पियनसिपको ८ मध्येको शीर्ष ६ टोलीले आगामी सन् २०१८ मा बंगलादेशमा हुने विश्वकपका लागि छनोट खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

13

तपाईको प्रतिक्रिया