युरो कपकालागि छनौट भयो हंगेरी


काठमाडौं, कात्तिक ३० गते । नर्वेलाई प्ले अफमा पराजित गर्दै हंगेरी युरो कप फुटबलका लागि छनोट भएको छ ।

हंगेरीले सन् १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाउन सफल भएको हो । सन् १९८६ मा हंगेरीले विश्वकप खेलेको थियो ।

आइतबार राति भएको प्ले अफको दोस्रो लिगमा हंगेरीले नर्वेलाई २–१ ले पराजित गरेको छ ।

१४ औं मिनेटमा टामस प्रिस्किनको गोलबाट अग्रता लिएको थियो । ८३ औं मिनेटमा उपहार गोल पायो । नर्वेका नाइल्याण्डले आत्मघाती गोल गरे ।

त्यसको चार मिनेटपछि नै हेनरिकसनले नर्वेका लागि गोल गरेपनि हार टार्न सकेनन् ।

पहिलो लेगमा १–० ले जितेको हंगेरी समग्रमा ३–१ ले विजयी हुँदै युरो कपमा छनोट हुन सफल भएको हो ।

15

तपाईको प्रतिक्रिया