मैत्रीपूर्ण खेलमा हसनपुर विजयी


धनगढी, मंसिर ३ गते । भारतको भोपाल विश्व विद्यालयसंग बिहीवार धनगढीमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा धनगढीको हसनपुर युवा क्लब विजयी भएको छ ।

यहाँको क्षेत्रीय रंगशालामा विहिबार भएको खेलमा हसनपुरले भोपाल विश्वविद्यालयमाथि ९–१ गोल अन्तरले जित दर्ता गरेको हो । हसनपुरको तर्फबाट कमल देउवा एक्लैले चार गोल प्रहार गरे । त्यस्तै, बल बहादुरसिंहले दुई गोल, कप्तान सन्दिप कुँवर, जीवन चौधरी र विजयसिंह ठकुरीले समान एक÷एक गोल प्रहार गरेका थिए ।

भोपालको तर्फबाट शिखर भैनागरले सान्त्वना गोल फर्काए । १९ वर्ष मुनीको खेलाडी सहभागी होम एण्ड अवे संरचनाको सो प्रतियोगिता अन्तर्गत अर्को खेल अब भारतमा हुने आयोजक हसनपुर युवा क्लबले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया