क्याम्पसरोड र हसनपुरको जीत


Cricket

यज्ञराज जोशी
धनगढी, फागुन २३ गते । क्रिकेटको शहर धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्तर्गत आईतबार भएका दुईवटा खेलमा क्याम्पसरोड र हसनपुर टीमले विजयी भएका छन् ।

क्याम्पसरोडले विहान अत्तरियालाई १५ रनले पराजित गर्दै पहिलो खेलमै जित निकालेको हो । दोस्रो खेलका लागि मैदानमा उत्रेको हसनपुर रोयल्सले सन्तोषीटोललाई ४८ रनले पन्छाएको हो ।

विहान टस हारेर पहिले ब्याटिंगमा उत्रेको क्याम्पस रोडले पुरै ओभर खेल्दै १ सय २८ रन जोड्यो । सन्तोष भट्टले ३६ बलमा ४४ रनको पारी खेलेपछि क्याम्पसरोडले मध्यम स्कोर बनाएको हो । मिडिल अर्डरका ब्याट्सम्यान लोकेश बमले १६ र नारायण जोशीले १५ रनको ईनिंग खेलेर क्याम्पसरोडलाई सो स्कोरमा पुर्याएका थिए ।

विहान टस हारेर पहिले ब्याटिंगमा उत्रेको क्याम्पस रोडले पुरै ओभर खेल्दै १ सय २८ रन जोड्यो । सन्तोष भट्टले ३६ बलमा ४४ रनको पारी खेलेपछि क्याम्पसरोडले मध्यम स्कोर बनाएको हो ।

मेहबुब आलमले ३ विकेट लिएपछि क्याम्पसरोडले ठूलो स्कोर बनाउन सकेन । ७ औ ओभरमा बलिंग गर्न आएका मेहबुबले आफ्नो पहिलो बलमै विकेट दिलाए । ४ ओभरको स्पेलमा ११ रन खर्चदै ३ विकेट हात पारेका महबुबको ब्याटिंग भने चलेन । अत्तरियाका कप्तान भुवन केसी तथा नबिन भण्डारीले समान २ विकेट लिए ।

जवाफी ब्याटिंगमा उत्रेका अत्तरियाले १९.१ ओभरमा सवै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अत्तरियाका मिडिल अर्डरका ब्याट्सम्यान नरेश बोहराले ३५ रन बनाए भने उनलाई कप्तान भुवन केसीले १९ रन बनाई साथदिनु बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक स्कोर गरेनन्

क्याम्पसरोडका युवा बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो । शिवराज ऐरले ३ विकेट लिदा सागर भण्डारीले २ विकेट हात पारे । त्यस्तै नारायण जोशीले एक विकेट पाए भने अत्तरियाका ४ जना महत्वपुर्ण ब्याट्सम्यानहरु रनआउट भए । म्यान अफ द म्याच क्याम्पसरोडका सन्तोष भट्टले ५ हजार नगद हात पारे ।

त्यस्तै दिउँसो भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले १९.२ ओभर ब्याटिंग गर्दै १ सय ११ रन बनायो । उसका लागि भिम सार्कीले २९ (२६), प्रकाश थापाले १२ (१४), तथा १४ बर्षिय बसन्त थापाले ९ रनको पारी खेले । हसनपुरले २९ रन अतिरिक्त मार्फत पाएको थियो ।

रोशन अधिकारीले ३.४ ओभर बलिंग गर्दै १ ओभर मेडन राख्दै ११ रन दिए । त्यस्तै अमित बुढाले २ तथा महेश अधिकारी र प्रकाशजंग कार्कीले १ विकेट लिए ।

ओपनर विजय रानाको १३ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेपछि १७.१ ओभरमा ६३ रनमा समेटियो । हसनपुरका प्रकाश थापाले ४ विकेटकालागि सन्तोषी टोलका कप्तान राजु रिजाल (२), न्युरिन अन्सारी (०), विजय राना (१३), तथा टेकेन्द्र बोहरा (५) लाई आउट गरेपछि सन्तोषीटोल ध्वस्त भएको थियो । त्यस्तै सन्तोषीटोलका युवराज थापाले ७ रनको पारी खेले ।

प्रकाश थापासँगै सन्तोषीटोलका विनोद लामाले ३, तथा अमित पडालले २ विकेट लिए । लिग अन्तर्गत पर्सि (मंगलबार, फागुन २५ गते) विहान चौराहा र क्याम्पसरोड तथा दिउँसो सन्तोषीटोल र अत्तरियाका वीच हुनेछ ।

तपाईको प्रतिक्रिया