रोपाइँको काम सकिएपछि कामको खोजीमा थारु युवाहरु शहर प्रवेश गर्दै
अविनाश चौधरी
धनगढी, असार ३१ गते । कैलारी गाउँपालिका– ७ का प्रदीपकुमार चौधरी विगतमा भारत गएर मजदुरी गर्नुहुन्थ्यो । रोपाइँ सकिएलगत्तै हरेक वर्ष उतै गएर पसिना बगाएको अनुभव छ, उहाँसँग । यस वर्ष भने उहाँ भारत नगई धनगढीमै मजदुरी गरिरहनुभएको छ । ‘कोरोना भाइरस व्यापक भइरहेको बेला भारतबाट फर्केर आएँ’ चौधरीले...














