अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी सर्वसम्मत निर्वाचित

अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी सर्वसम्मत निर्वाचित
हमार पहुरा डट कम धनगढी, असार ८ गते । नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा झुमादेवी चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेश सम्मेलनले उहाँको नेतृत्वमा ६६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । संघको दुई उपाध्यक्षमा विना भट्ट (वैतडी)...

थारु समुदायको इतिहास नबंग्याउन थारु अगुवाहरुको सामुहिक सुझाव

थारु समुदायको इतिहास नबंग्याउन थारु अगुवाहरुको सामुहिक सुझाव
हमार पहुरा डट कम काठमाडौं, असार १ गते । थारु समुदायको इतिहास बंग्याउने र विवादमा ल्याउने काम पटक पटक भइरहेको भन्दै थारु समुदायका अगुवाले इतिहास लेखनमा खेलवाड नगरी तथ्यपरक ढङ्गले लेखनको काम गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् । थारु आयोगको सहकार्य तथा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागको आयोजनामा शुक्रबार भएको ‘थारु इतिहास...

सरकारलाई सिफारिस गरेको विषय कार्यान्वयन गर्न थारु आयोगको आग्रह

सरकारलाई सिफारिस गरेको विषय कार्यान्वयन गर्न थारु आयोगको आग्रह
हमार पहुरा डट कम काठमाडौं, जेठ ३१ गते । थारू आयोगले सरकार समक्ष पेस गरेको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले सो माग गरेको हो...

थारु समुदायका धरोहर पूर्व राज्यमन्त्री महेश चौधरीको निधन

थारु समुदायका धरोहर पूर्व राज्यमन्त्री महेश चौधरीको निधन
हमार पहुरा डट कम दाङ, जेठ २४ गते । पूर्व राज्यमन्त्री, थारु समुदायका एक धरोहर तथा संविधान सभा सदस्य महेश चौधरीको निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो । चौधरीको बुधबार मध्यान्ह राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको...

बेहडाबाबा गंगादशहरा मेला शुरु, उपमहानगरभरी सार्वजनिक विदा

बेहडाबाबा गंगादशहरा मेला शुरु, उपमहानगरभरी सार्वजनिक विदा
हमार पहुरा डट कम धनगढी, जेठ १५ गते। कैलालीको धनगढी उपमहानगरपालिका वडा १६ रामपुरमा पर्ने प्रसिद्ध बेहडाबाबा मेला शुरुभएको छ । मंगलबार पर्ने गंगादशहराका अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गङ्गा दशहराको अवसरमा धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय...

नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी रिहा, कार्यकर्तामा उत्साह

नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी रिहा, कार्यकर्तामा उत्साह
हमार पहुरा डट कम काठमाडौं, जेठ १५ गते । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा दोषी ठहर भई जेल जिवन विताउँदै आएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी जेलबाट आज गणतन्त्र दिवसका दिन रिहा हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा उहाँको कैद सजाय...

संवैधानिक व्यवस्थाअनुसार कानुन बनाई लागू गर्न सर्वोच्चको आदेश

संवैधानिक व्यवस्थाअनुसार कानुन बनाई लागू गर्न सर्वोच्चको आदेश
हमार पहुरा डट कम काठमाडौं, जेठ १३ गते । सर्वोच्च अदालतले संघीय संसदबाट संवैधानिक व्यवस्थाअनुसार बनाइनु पर्ने कानुनहरु निर्माण गर्न सरकार तथा मातहत निकायको नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश गरेको हो । थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलालप्रसाद...

पुनःस्थापना गर्न बाँकी रहेका मुक्त कमैया र हलियाको पुनःस्थापना गर्न माग

पुनःस्थापना गर्न बाँकी रहेका मुक्त कमैया र हलियाको पुनःस्थापना गर्न माग
हमार पहुरा डट कम काठमाडौं, वैशाख ३० गते । मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनःस्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरवारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पुनःस्थापना हुन बाँकी रहेका मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको समस्याबारे आफू...

मातृभाषा पत्रकारिताको व्यावसायिकतामा सरकार उदासिन रहेको आरोप

मातृभाषा पत्रकारिताको व्यावसायिकतामा सरकार उदासिन रहेको आरोप
हमार पहुरा डट कम काठमाडौं, वैशाख २२ गते । मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासिन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् । धर्मादित्य धर्माचार्य (जगतमान) बैद्यले नेपाल भाषामा सबैभन्दा...

विरामी श्रीमान् बचाउन सावित्री चौधरीद्वारा आर्थिक सहयोगको आग्रह

विरामी श्रीमान् बचाउन सावित्री चौधरीद्वारा आर्थिक सहयोगको आग्रह
हमार पहुरा डट कम काठमाडौं, वैशाख १५ गते । काठमाडौंको वीर अस्पतालमा उपचाररत रहेका चितवन निवासी महेन्द्र चौधरीको उपचारमा समस्या भएपछि उहाँकी श्रीमती सावित्री चौधरीले आर्थिक सहयोगको अपिल गर्नुभएको छ । चितवनको खैरहनी नगरपालिका १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएपछि उपचारमा समस्या भएको बताउनुभएको छ । एक महिनाअघि उहाँले ३६ वर्षीय...