विरामी श्रीमान् बचाउन सावित्री चौधरीद्वारा आर्थिक सहयोगको आग्रह

विरामी श्रीमान् बचाउन सावित्री चौधरीद्वारा आर्थिक सहयोगको आग्रह
हमार पहुरा डट कम काठमाडौं, वैशाख १५ गते । काठमाडौंको वीर अस्पतालमा उपचाररत रहेका चितवन निवासी महेन्द्र चौधरीको उपचारमा समस्या भएपछि उहाँकी श्रीमती सावित्री चौधरीले आर्थिक सहयोगको अपिल गर्नुभएको छ । चितवनको खैरहनी नगरपालिका १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएपछि उपचारमा समस्या भएको बताउनुभएको छ । एक महिनाअघि उहाँले ३६ वर्षीय...

लुम्विनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी

लुम्विनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी
हमार पहुरा डट कम बुटवल, बैशाख १४ गते । लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस...

कोहलपुर नपाले सिकलसेल विरामीको निःशुल्क स्वास्थ्य बीमा गर्ने

कोहलपुर नपाले सिकलसेल विरामीको निःशुल्क स्वास्थ्य बीमा गर्ने
हमार पहुरा डट कम नेपालगञ्ज, बैशाख ११ गते । पश्चिम नेपालका थारु समुदायमा बढी देखिएको वशांणुगत रोग सिकलसेल र थालेसेमियाका विरामीको उपचारलाई सहज बनाउन कोहलपुर नगरपालिकाले बिरामीको निःशुल्क स्वास्थ्य बीमा गर्नेभएको छ । सिकलसेल र थालेसेमिया रोग नियन्त्रण अभियान सञ्चालन गरेर विभिन्न कार्यक्रमहरु गरिरहेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ देखि सो...

थाकस उपत्यका समिति सभापतिमा पुनः सुमन चौधरी निर्वाचित

थाकस उपत्यका समिति सभापतिमा पुनः सुमन चौधरी निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, वैशाख १० गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका कार्य समितिको आठौं अधिवेशनले पुनः सत्यनारायण चौधरी सुमन (सप्तरी) लाई सर्वसम्मत सभापति निर्वाचित गरेको छ । हिजो शनिबार भएको उपत्यका समितिको अधिवेशनले सुमनलाई सभापतिमा निर्वाचित गरेको हो । त्यस्तै अधिवेशनले १८ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन...

‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ देशव्यापी रक्तदान अभियान

‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ देशव्यापी रक्तदान अभियान
हमार पहुरा डट कम काठमाडौं, वैशाख ९ गते । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै आज देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरी आज एकता दिवस मनाइएको हो । सो अवसरमा १२१ जनाले रक्तदान गरेको निरंकारी...

मन्त्री मोदीसहित थारु आयोगका पदाधिकारी अमेरिका भ्रमणमा

मन्त्री मोदीसहित थारु आयोगका पदाधिकारी अमेरिका भ्रमणमा
हमार पहुरा डट कम काठमाडौं, वैशाख १ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३...

टीकापुर विद्रोहले जन्मायो नागरिक उन्मुक्ति पार्टी : मन्त्री श्रेष्ठ

टीकापुर विद्रोहले जन्मायो नागरिक उन्मुक्ति पार्टी : मन्त्री श्रेष्ठ
हमार पहुरा डट कम काठमाडौं, चैत २८ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले आफू नेतृत्वको पार्टीलाई टीकापुर विद्रोहले जन्माएको बताउनुभएको छ । स्थानीय प्रशासनले थारुमाथि दमनगरेपछि पार्टी जन्मेको उहाँको भनाइ छ । आज मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको...

सरकारसँग पुनःस्थापनाको माग गर्दै हरवा चरवाहरु सडकमा

सरकारसँग पुनःस्थापनाको माग गर्दै हरवा चरवाहरु सडकमा
हमार पहुरा डट कम बारा कलैया, चैत २६ गते । मधेसका आठ जिल्लामा रहेको दास प्रथा हरवा चरवाको पुनःस्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ शनिबारदेखि सुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच हिजो सो अधिकार यात्राको रिबन काटेर सुभारम्भ गर्नुभएको हो । राष्ट्रिय हरवा चरवा अधिकार मञ्च...

थाकस पर्साको जिल्ला अध्यक्षमा रामेश्वरप्रसाद महतो थारू निर्वाचित

थाकस पर्साको जिल्ला अध्यक्षमा रामेश्वरप्रसाद महतो थारू निर्वाचित
शम्भुप्रसाद महतो थारु पर्सा, चैत १८ गते । थारू कल्याणकारिणी सभा (थाकस) पर्साको अध्यक्षमा रामेश्वरप्रसाद महतो थारु निर्वाचित हुनुभएको छ । आज शनिबार भएको जिल्लाको आठौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनको उदघाटन थाकसका महामन्त्री प्रेमीलाल चौधरीले गर्नुभएको थियो । सो अवसरमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो धारणा राख्नुभएको थियो...

कैलालीको जोशीपुरमा ट्याक्टर दुर्घटना : २ थारुको ज्यान गयो २८ घाइते

कैलालीको जोशीपुरमा ट्याक्टर दुर्घटना : २ थारुको ज्यान गयो २८ घाइते
अविनाश चौधरी धनगढी, चैत ७ गते । कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्र्याक्टर गएराति जोशीपुर गाउँपालिका –७ हजारी भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी भजनी...