कांग्रेस राजनीतिक आवरणमा व्यापार गर्ने पार्टी होः महासचिव पोखरेल

कांग्रेस राजनीतिक आवरणमा व्यापार गर्ने पार्टी होः महासचिव पोखरेल
लक्की चौधरी धनगढी, असार ११ गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आइतबार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पहिलो चरणको निर्वाचनबाटै एमालेमा जनलहर भएकाले दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई नै मतदान गर्न सर्वसाधारणमा आव्हान गर्नुभयो । दोस्रो चरणमा पनि एमाले पहिलो शक्ति बन्ने उहाँले दावी गर्नुभयो । नेपाली कांग्रेस व्यापार गर्ने...

दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानमा जित्छः नेपाल

दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानमा जित्छः नेपाल
लक्की चौधरी धनगढी, असार ११ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने दावी गर्नुभएको छ । पार्टीको आन्तरिक मूल्याङ्कनका आधारमा सो आँकडा आएको उहाँको भनाई छ । “दुनियाँले के भन्छ, त्योसँग हाम्रो सरोकार रहेन, हामी के गर्दैछौं...

कांग्रेस र माओवादी पार्टी विकृतिका अर्को रुप हुन्ः नेता नेपाल

कांग्रेस र माओवादी पार्टी विकृतिका अर्को रुप हुन्ः नेता नेपाल
लक्की चौधरी कञ्चनपुर, असार १० गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले विकासप्रेमी पार्टी एमालेलाई मतदान गरी देशलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न कञ्चनपुरबासीसँग आग्रह गर्नुभएको छ । नेकपा (एमाले) प्रचार प्रसार कमिटी कञ्चनपुरको आयोजनामा शनिबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले त्यस्तो बताउनुभयो...

कोहलपुर नगरलाई भ्रष्टचारमुक्त बनाउँछुः प्रमुख पदका उम्मेदवार थारु

कोहलपुर नगरलाई भ्रष्टचारमुक्त बनाउँछुः प्रमुख पदका उम्मेदवार थारु
भगतराम थारु नेपालगञ्ज, असार ८ गते । बाँकेको कोहलपुर ७ मा जन्मिएर आफ्नो राजनीतिलाई अगाडि बढाएका फुलाराम थारु छोटो उमेरमै धेरै समाजिक कार्य गरेर परिचित हुनुहुन्छ । उहाँले अहिले कोहलपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । २०५३ सालमा सप्तरी जिल्लाबाट नेविसंघको सदस्यबाट राजनीतिक जीवन उहाँले सुरु गर्नुभएको थियो । क्रमशः राजनीतिमा...

रेडियो उदघोषण तालिम सफलतापूर्वक सम्पन्न

रेडियो उदघोषण तालिम सफलतापूर्वक सम्पन्न
कुलदिप चौधरी सु्नसरी, असार ७ गते । थारु पत्रकार संघ नेपालको आयोजनामा सुनसरी जल्लिाको झुम्कामा थारु भाषामा पहिलो पटक आयोजित रेडियो उदघोषण तालिम सम्पन्न भएको छ । थारु पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यकासाथ सघंले आयोजना गरेको सो तालिम तीन दिनसम्म चलेको थियो । तालिममा एक्वा, बकलौरी, खरिटोल, बसविटि गाँउबाट आएका महिलाहरुको लगभग...

पक्राउ परेका राजपाका केन्द्रीय सदस्य फोनिराम चौधरीको रिहाई

पक्राउ परेका राजपाका केन्द्रीय सदस्य फोनिराम चौधरीको रिहाई
धनगढी, असार ५ गते । आइतबार पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सुनिता चौधरी सोमबार प्रहरी हिरासतबाट रिहाई हुनुभएको छ । धनगढी, असार ५ गते । आइतबार पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सुनिता चौधरी...

राजपाका केन्द्रीय सदस्य फोनिराम चौधरीसहित केही थारु पक्राउ

राजपाका केन्द्रीय सदस्य फोनिराम चौधरीसहित केही थारु पक्राउ
कैलाली, असार ४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य र कैलाली जिल्ला उपाध्यक्षसहित केही थारुलाई प्रहरीले कैलालीबाट आइतबार पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी गर्नेक्रममा उहाँहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेको बताएको छ । केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीसहित केही...

कपिलवस्तुमा बम विस्फोट, दुई थारु सहित चार गम्भीर घाइते

कपिलवस्तुमा बम विस्फोट, दुई थारु सहित चार गम्भीर घाइते
कपिलवस्तु, असार ४ गते । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा आइतबार दिउँसो बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूह माओवादीले गराएको आशंका सुरक्षाकर्मीले गरेका भएपनि घटनाको जिम्मा कसैले लिएको छैन । चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर...

पत्रकार सर्वहारीलाई पितृशोक

पत्रकार सर्वहारीलाई पितृशोक
छविलाल कोपिला लमही, असार ४ गते । साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ । उहाँको बुवा टिकाराम चौधरीको ६४ बर्षको उमेरमा शुक्रवार निधन भएको हो । २०१० कार्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनुभएको उहाँलाई मुटु र दमको समस्या थियो । लामो समय शिक्षक तथा फरेस्टरको जागिरमा...

थारु पत्रकारका लागि रेडियो उदघोषण तालिम, ३५ सहभागी

थारु पत्रकारका लागि रेडियो उदघोषण तालिम, ३५ सहभागी
कुलदिप चौधरी सुनसरी, असार ३ गते । थारु पत्रकार संघ नेपालको आयोजनामा सुनसरी जिल्लाको झुम्कामा ३ दिने  रेडियो उदधोषण तालिम शुरुभएको   छ । तालिम सोमबारसम्म चल्ने छ । थारु पत्रकारको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा ३५ जनाको सहभागिता रहेको संघ सुनसरीले जनाएको छ । तालिममा पत्रकार कुलदीप...