प्रवक्ता थारुको स्वास्थ्यमा क्रमिक सुधार, अब बस्नसक्ने अवस्थामा
काठमाडौं, पुस ९ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको स्वास्थ्यअवस्थामा क्रमिक सुधार भएको छ । गत मंगलबार उहाँको ढाडको शल्यक्रिया सफल भएपछि स्वास्थ्यमा सुधार भएको हो ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंका डा. गौरव ढकालको समूहले थारुको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि प्रवक्ता थारुले स्वास्थ्यमा क्रमिक सुधारको...














