रोपाइँ सकाएपछि रुपन्देहीका थारु समुदायले सुरु गरे गाउँमा सावनी पूजा
हमार पहुरा डट कम
बुटवल, साउन २० गते । रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सुरु गरेका छन् । रोपाइँ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं कीरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तुसमेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक वर्ष तराईमा रोपाइँ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको...














