थारू साहित्यमा नाटक विधालाई पनि अन्य विधाझैं स्थान दिइनुपर्छ


सवि थारु
घोराही, कात्तिक ११ गते । थारु साहित्यकारहरुले थारु भाषा साहित्यमा नाटकको विशेष स्थान रहेको बताएका छन् । साहित्यको अन्य विधाजस्तै नाटकले पनि स्थान पाउनुपर्ने माग उहाँहरुको छ ।

हर्चाली समूहको मुख्य आयोजना, ख्याल बगाल र थारू पत्रकार संघ दाङको सहआयोजनामा शनिबार घोराहीमा भएको कार्यक्रम हर्चालीम अक्षर नामक एक साहित्यक कार्यक्रममा बोल्ने थारू साहित्यकार र कलाकारहरूले त्यस्तो धारणा राखनुयभो ।

थारू भाषाको नाटकलाई पनि साहित्यको अन्य बिधाजस्तै नाटकलाई पनि विशेष महत्त्व दिनुपर्ने उहाँहरुको तर्क छ । ख्याल बगालका संयोजक सबि थारूको सभापतित्व र लौव अग्रसानका प्रधान सम्पादक एवम् प्राध्यापक केबि चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न थारू पत्रकार, साहित्यकार र कलाकारले कार्यक्रमको पहिलो शृङ्खलामा आफ्नो रचना वाचन गरेका थिए।

त्यसैगरि दोस्रो शृङ्खलामा नाट्य बिमर्श भएको थियो। प्रणव आकाशको निर्देशनमा भएको थारू नाटक भूरभुरा रहरका बारेमा बिस्तृत छलफल गरिएको थियो । भुरभुरा रहरलाई दाङमा कसरी ल्याउन सकिन्छ भनेर छलफल गरिएको थियो।

कार्यक्रममा केबि चौधरी, छबिलाल कोपिला, लक्ष्मीमान चौधरी, रोशन रट्गैया, प्रणव आकाश, लब्लिन क्यानभास, कृष्ण समर्पण, राजकुमार कान्छाले आफ्नो बिचार व्यक्त गरेका थिए ।

सोहीअनुसार कार्यक्रममा गायक शालिकराम चौधरीले आफूद्वारा लिखित वृतचित्र बल्लु ओ जोगणी लाई छिट्टै निर्माण गर्न लागेको घोषणा गरेका थिए । साहित्यक क्रान्तिमा म मुल नारा बोकेको कार्यक्रममा सबैले साहित्यमार्फत समाजलाई अगाडी बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा थारू साहित्य र थारू भाषाको नाटक क्षेत्रको अवस्थाबारे छलफल गरिएको थियो। त्यसैगरि कार्यक्रममा केबि चौधरी, छबिलाल कोपिला, लक्ष्मीमान चौधरी, रोशन रट्गैया, प्रणव आकाश, लब्लिन क्यानभास, कृष्ण समर्पण, राजकुमार कान्छाले आफ्नो बिचार व्यक्त गरेका थिए ।

साथै कार्यक्रम हर्चालीमा अक्षर प्रत्येक महिनाको पहिलो शनिबार राख्ने निर्णय गरेको छ। थारू पत्रकार संघ दाङकी सदस्य एवम् साहित्यकार बिष्णु कुसुमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको समापन ख्याल बगालका संयोजक सबि थारूले गरेका थिए । सविता चौधरीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया