लोकतान्त्रिक थारु संघको केन्द्रीय अध्यक्षमा लालमणि चौधरी निर्वाचित

लोकतान्त्रिक थारु संघको केन्द्रीय अध्यक्षमा लालमणि चौधरी निर्वाचित
हमार पहुरा डट कम रुपन्देही, फागुन १९ गते । नेपाल लोकतान्त्रिक थारु संघको तेस्रो सम्मेलनले लालमणि चौधरी (चितवन) को अध्यक्षतामा १५० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । रुपन्देहीको सैनामैनामा बिहीबार भएको सम्मेलनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षहरुमा राजकुमारी चौधरी (उदयपुर), केवल चौधरी (बारा), झगरु...

कानुन बन्न नसके आदिबासीको संवैधानिक अधिकार खोसिन्छ : सभामुख मण्डल

कानुन बन्न नसके आदिबासीको संवैधानिक अधिकार खोसिन्छ : सभामुख मण्डल
हमार पहुरा डट कम जनकपुर, फागुन १३ गते । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले...

संरक्षित र विशेष क्षेत्र निर्माणका लागि ऐन ल्याउने मन्त्री मोदीको प्रतिवद्धता

संरक्षित र विशेष क्षेत्र निर्माणका लागि ऐन ल्याउने मन्त्री मोदीको प्रतिवद्धता
हमार पहुरा डट कम काठमाडौं, फागुन ७ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अल्पसङ्ख्यक, सीमान्तकृत वा लोपोन्मुख समुदायका लागि संरक्षित र स्वायत्त ऐन ल्याउने बताउनुभएको छ । मोरङको विराटनगरमा विराट राजवंशी जातिको १६ औँ शनिबार भेलालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । लामो संघर्षपछि आफूहरुले संविधानमा विशेष,...

भवन बनेको चार वर्ष बित्दा समेत सञ्चालनमा आएन थारू संग्रहालय

भवन बनेको चार वर्ष बित्दा समेत सञ्चालनमा आएन थारू संग्रहालय
हमार पहुरा डट कम कपिलवस्तु, फागुन ४ गते । थारू संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालय भवन प्रयोगबिहीन भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका –२ लोहरौलामा ३७ लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालय भवन निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा नआएको हो । भवनको २०७६...

अनेरास्ववियुको उपाध्यक्षमा रामशरणको उम्मेदवारी, सहयोग गर्न आग्रह

अनेरास्ववियुको उपाध्यक्षमा रामशरणको उम्मेदवारी, सहयोग गर्न आग्रह
हमार पहुरा डट कम काठमाडौं, माघ २६ गते । आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन गइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को उपाध्यक्षमा आफूलाई सहयोग गर्न रामशरण चौधरीले आग्रह गर्नुभएको छ । थारु समुदायबाट पदाधिकारीमा आफू एकमात्र उम्मेदवार हुने भएकाले सहयोगको उहाँले आग्रह गर्नुभएको हो । चौधरीले अनेरास्ववियुको...

उल्टो पैदल यात्रा गरेर विश्वलाई नेपाल चिनाउँदै बाँकेका रुपना थारु

उल्टो पैदल यात्रा गरेर विश्वलाई नेपाल चिनाउँदै बाँकेका रुपना थारु
हमार पहुरा डट कम झापा, माघ २४ गते । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका –७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू दमक पुग्नुभएको छ । श्रीमती सम्झना चौधरीको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किनुभएको हो ।...

फोनिज मधेस प्रदेश कार्य समिति अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित

फोनिज मधेस प्रदेश कार्य समिति अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, माघ २१ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिको अध्यक्षमा दुष्यन्त चौधरी (बारा) सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । महोत्तरीको वर्दिबासमा शनिबार भएको प्रदेश विशेष अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा प्रियासिंह थारु (सप्तरी) र अनिता चौधरी (सिराहा)...

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ
हमार पहुरा डट कम धनगढी, माघ १९ गते । ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो । ‘उहाँ पक्राउ परिसक्नु भएको छ, तर यहाँ होइन, अन्यत्र...

एसईई परीक्षा आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने
हमार पहुरा डट कम काडमाडौं, माघ १४ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले आज गरेको सार्वजनिक तालिका अनुसार परीक्षा १७ गते शुरु भएर २९ गते सम्पन्न हुनेछ । बोर्डको माघ ११ गते बसेको बैठकले परीक्षा तालिकाबारे...

सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौं : उन्मुक्ति अध्यक्ष श्रेष्ठ

सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौं : उन्मुक्ति अध्यक्ष श्रेष्ठ
हमार पहुरा डट कम घोराही, माघ ११ गते । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले वर्तमान सरकारलाई समर्थन रहे पनि आफुहरु गठबन्धन दलभित्र नरहेको बताउनुभएको छ । लुम्विनी प्रदेशमा हुन थालेको राष्ट्रिय सभाको उपनिर्वाचनको उम्मेदवारी दर्ताका क्रममा बुधवार घोराही आउनुभएकी अध्यक्ष श्रेष्ठले त्यस्तो बताउनुभएको हो । सत्ता साझेदार दलमा नभएका कारण...