थारू र माझी महिलालाई स्वरोजगार बनाउन च्याउ खेती तालिम
हमार पहुरा डट कम
सुनसरी, असोज २५ गते । रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो ।
युएनडिपि, साना अनुदान कार्यक्रम र विश्व वातावरण कोसको आर्थिक सहयोगमा स्थानीय संस्था मानव विकास तथा वातावरण...














