सरकारका कारण दोस्रोचरणको निर्वाचन अन्यौलमै छः नेता नेपाल
काठमाडौं, वैशाख २८ गते । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको रवैयाले अझै दोस्रोचरणको निर्वाचन अन्यौलमै रहेको बताउनुभएको छ ।
एमालेको नियमित पत्रकार सम्मेलनमा नेता नेपालले त्यस्तो बताउनुभयो । “पहिलो चरणको निर्वाचन अब कसैले रोकेर रोकिदैन, तर दोस्रोचरणको निर्वाचन अझै अन्यौलकै भुमरीमा छ” उहाँले भन्नुभयो ।...














