काठमाडौं चुनदेवीमा चितुवा आतंक, स्थानीय बने त्रसित
काठमाडौं, वैशाख १२ गते । चन्द्रागिरी –१२ स्थित चुनदेवीचोक माथि चुनदेवी सामुदायिक वनबाट आएको चितुवाले दुई दिनदेखि वस्तीमा आतङ्क मच्चाएपछि स्थानीय त्रसित बनेका छन् ।
चितुवाले घरमा बाँधेका जनावरमाथि आक्रमण गर्नथालेपछि स्थानीयहरु दुई दिनदेखि राती जाग्राम बस्दैआएका छन् । स्थानीय मञ्जु सापकोटाको घरमा बाँधेको कुकुरलाई मारेर गहुँबारीमा मान्छेको अगाडि नै चितुवाले...














