विचार
मधेसीले ‘मधेस प्रदेश’ पाए, थारुले ‘थरुहट’ पाएनन्
नेपालमा संघीयता मधेसी र आदिवासीले माग गरेका हुन् । तर, २०७२ सालको संविधानले केही हदसम्म मधेसीका लागि प्रदेश निर्माण गरेता पनि आदिवासीहरुका निम्ति गरेन । यसको एउटा प्रमुख कारण मधेसीहरुले सशक्त आन्दोलन गरेर सत्तासीन जातिको काउन्टर प्रतिकार परिचालन चिर्न सफल भए र प्रदेश नम्बर २ निर्माण गर्न बाध्य बनाए ।...
‘शरीर खोपाउने’ थारु ‘गोदना’ प्रचलन
हजारौं वर्ष पहिलेदेखि शरीर रङ्गाउन आदिबासी समुदायका महिलाले आफ्नो शरीरका विभिन्न भागमा खोप्थे । विशेषगरी विवाहित महिलाले ‘सुन्दरताको प्रतीक’को रुपमा गोडा, हात र निधारमा खोपेर टीका बनाउँथे । प्राचीन युगमा शरीरमा पहिरिने आधुनिक शृङ्गारका वस्तु उत्पादित थिएनन् । त्यहीभएर प्राकृतिकरुपमै खोपेर शरीर रङ्गाउँथे । सियो बन्नुअघि खोप्न जङ्गली काँडाको प्रयोग...
थारु मानक भाषा : समस्या र समाधान
ज्येष्ठ नागरिक हाम्रा ज्ञानका खानी
संस्कृतमा एउटा भनाइ छ, मातृदेवो भव, पितृदेवो भव । यथार्थमा ज्येष्ठ नागरिक ‘जिउँदा देवता’ हुन् । यसो भन्नुको कारण वर्तमानमा जेजति उपलब्धि भएको छ, ती सबैका हकदार ज्येष्ठ नागरिक नै हुन् । ज्येष्ठ नागरिकले विगतमा गरेको मिहिनेत, बगाएको पसिना, लगाएको बुद्धि र विवेक तथा आरम्भ गरेको आधुनिक विकासले नै वर्तमान...
मार्गनिर्देशक नेता मदन भण्डारी
आजको दिनमा मदन भण्डारीलाई सम्झिँदा उहाँको जीवनका तीन कालखण्डलाई आधार बनाएर विश्लेषण गर्दा सान्दर्भिक होला । पहिलो, उहाँ नेपालको राजनीतिभित्र अध्ययनशील, तीव्र वैचारिक सङ्घर्षमा अग्रसर कार्यकर्ताका रूपमा हुनहुन्थ्यो । पुष्पलाल समूहभित्रको एउटा गतिशील पङ्तिको उदीयमान कार्यकर्ताको पहिचान बनाउनुभयो । मुक्ति मोर्चामार्फत उहाँले विद्रोह र झापा आन्दोलनसँग जोडिनुभयो । त्यहाँ रहेको उग्रवामपन्थविरुद्धको सङ्घर्ष गरी सही...
‘हाँस्यव्यङ्ग्य’ विधामा थारु
समाजको गतिशीलता र व्यक्तिको गतिविधिसँगै हाँस्यव्यङ्ग्य विधा सिर्जना भएको मान्न सकिन्छ । मानवीय स्वभावका अनेक पक्षहरु हुन्छन् । समाजमा अथाह खुशी र मनोरञ्जन मात्र छैन । दुःख छ, वेदना छ । तनाव र गरिबी छ । बेरोजगारी, जातीय विद्वेसदेखि अनेक विकृति र विसङ्गति विद्यमान छ । त्यस्तोबेलामा मानिस राहतको ‘सास’...
कोभिडले ल्याएको अवसर
पहिलोपटक ३१ डिसेम्बर २०१९ मा चाइनाको वुहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरसले आज विश्वलाई आतङ्कित र त्रसित बनाएको छ । रोग यति चाँडै फैलिएको छ कि, हालसम्म विश्वका अधिकांश देशमा महामारिको रुप लिइसकेको छ । महामारिको रुप लिएसँगै देशको भौतिक, सामाजिक, आर्थिक, टुरिजम, राजनैतिक, मानिसको मनोवैज्ञानिक, स्वाथ्य क्षेत्र लगायतका...
‘साहुसँग ऋण लिएर गुजरा गर्नुपर्छ’
शम्भुनाथ नगरपालिका –५, मोहनपुर (सप्तरी) निवासी सत्तो सदा (६१) का परिवार तीन पुस्तादेखि नागरिकताविहिन छ । “न मेरो पूर्खाको नागरिकता थियो, न मेरो छ । मेरो र बुढा (श्रीमान) को नागरिकता र लालपूर्जा नभएपछि हाम्रा बच्चाको नागरिकता हुने कुरै भएन” सदाले भन्नुभयो, “पुस्तौनिदेखि हामी यही ऐलानी जग्गामा बसेर मालिकको हलो...
भोलेनाथ ‘बेहडाबाबा’ मन्दिरको महिमा
जय श्री बेहडा बाबा देवाधिदेव शंकर ।
प्रसन्नो भव विश्वात्मन् भोलानाथ नमोऽस्तुते ।।
भगवान भोलेनाथको महिमा अपरम्पार छ । यस ब्रहृमाण्डका कर्ताहर्ता र नियन्ता स्वयम् जगदीश्वर महादेव हुनुहुन्छ । एकबाट अनेक हुँदै चराचर जगतका सर्वसाक्षी भएर स्वयम् महारुद्र महारौद्र रुप धारण गरेर संहार गर्नुहुन्छ भने धाता–विधाता बनेर स्वयम् जगतस्रष्टा बन्नुहुन्छ । सर्वव्यापी,...